Nepal Views

Nepal Views Be yourself. There is no one better

27/06/2025

पत्रकार तथा साहित्यकार विराट अनुपम भन्छन् - "मेरो बुझाइमा अभिभावकहरूले SEE को ग्रेड मात्र खोज्नु हुँदैन । धेरै ग्रेड आउनु खराब कुरा होइन, राम्रो नै हो तर मूल कुरा खोजिनु पर्ने SLC हो —

S = Skill (सीप): विश्वमा बिक्ने सीपहरू — चाहे त्यो नेल पेन्टिङ होस् वा एआई जस्ता आधुनिक सीप — बालबालिकालाई यस्ता व्यवहारिक सीपमा दक्ष बनाउने ।

L = Language (भाषा): एक मातृभाषा, एक देशको औपचारिक भाषा, एक अन्तर्राष्ट्रिय भाषा र एउटा शौखको भाषा सिक्न प्रेरित गर्ने । यसले उनीहरूलाई विश्वको विशाल समुदायसँग जोडिन मद्दत गर्छ । जागिर, जहान र जिन्दगी तीनै मोर्चालाई सहज हुन्छ ।

C = Creativity र Confidence (सृजनात्मकता र आत्मविश्वास): घोकेर सिक्ने भन्दा मौलिक रूपमा आफैं गर्न सक्ने क्षमतामा जोड दिने । साथै, माथिका सबै कुरा प्रस्टसँग बुझाउन सक्ने आत्मबल पनि विकास गर्नु सुन्दर हो ।

22/04/2025

सर भन्नुहुन्छ, उता शिक्षकले निजामती सरह सेवा सुविधा चाहियो भन्दै माग गर्दै थिए । यता निजामतीले शिक्षक सरह काम गर्ने भए । हिसाब किताब बराबर ।।। शिक्षा

जब भारतीय अर्बपति रतन टाटालाई टेलिफोन अन्तर्वार्तामा रेडियो प्रस्तोताले सोधे — सर, जीवनमा सबैभन्दा खुसी पाउँदा के सम्झनु...
12/04/2025

जब भारतीय अर्बपति रतन टाटालाई टेलिफोन अन्तर्वार्तामा रेडियो प्रस्तोताले सोधे — सर, जीवनमा सबैभन्दा खुसी पाउँदा के सम्झनुहुन्छ ?

रतन टाटाले भने — मैले जीवनमा खुशीका चार चरण पार गरेको छु, र यी चार चरण पश्चात खुसीको अर्थ बुझ्न सके ।

पहिलो चरणमा धन र सम्पति कमाउनु थियो । तर यो चरणमा मैले चाहेको खुशी पाउन सकिन ।

त्यसपछि दोस्रो चरणमा आफूलाई मन परेका महंगा र वहुमुल्य सामन जोड्नु, सोख पुरा गर्नु थियो । तर यो कुराको प्रभाव पनि क्षणिक हुन्छ र बहुमूल्य वस्तुको चमक धेरै दिन टिक्दैन भन्ने बुझेँ ।

त्यसपछि तेस्रो चरणमा ठूलो परियोजना प्राप्त गर्नु थियो । त्यो बेला भारत र अफ्रिकामा डिजेल सप्लाई गर्ने प्रोजेक्ट पाए । म भारत र एशियाको सबैभन्दा ठूलो स्टिल कारखानाको मालिक पनि थिएँ। तर यहाँ पनि मैले सोचे जस्तो खुशी पाउन सकिन ।

चौथो चरण थियो जब मेरो एक साथीले मलाई अपाङ्गता भएका बालबालिकाका लागि ह्वीलचेयर किन्न आग्रह गरे । साथीको आग्रहमा मैले तुरुन्तै ह्वीलचेयरहरू किनें ।

तर साथीले मलाई उनीसँगै गएर बच्चाहरूलाई ह्वीलचेयर वितरण गरिदिन आग्रह गरे। म तयार भएँ र उनीसँगै गएँ । त्यहाँ मैले यी बालबालिकाहरूलाई आफ्नै हातले ह्वीलचेयर दिएँ । ती बालबालिकाको अनुहारमा अनौठो खुशीको चमक देखेँ । मैले ती सबैलाई ह्वीलचेयरमा बसेर, घुमफिर गरेको र रमाइलो गरेको देखेँ ।

मैले आफू भित्र साँच्चै खुशी महसुस गरें।

जब कार्यक्रम सकियो र म फर्कन लागेको थिए, एउटा बच्चाले मेरो खुट्टा समात्यो। मैले बिस्तारै खुट्टा छोड्ने कोसिस गरें, तर बच्चाले मेरो अनुहार हेर्यो र मेरो खुट्टालाई समातिरह्यो । मैले झुकेर बच्चालाई सोधें — तिमीलाई अरू केही चाहिन्छ?

यो केटाले दिएको जवाफले मलाई स्तब्ध बनाएको मात्र होइन, जीवनप्रतिको मेरो दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गरिदियो ।

यो बच्चाले भन्यो — "म तपाईँको मुहारलाई हेरेर सम्झन चाहन्छु ताकि जब म तपाईलाई स्वर्गमा भेट्नेछु, त्योबेला म तपाईलाई चिन्न सकूँ र फेरि एकपटक धन्यवाद दिन सकूँ।"

Story : Shrestha Sajan

20/02/2025

ठेकदारले पुल बनाएछ, पुलको उदघाटन गर्न लाई मंत्री बोलाएछन।
मंत्रीले नरिवल फोडदा पुल भतकिएछ।
पुल भतकिनूको कारणको लागी छानबिन समिति गठन भएछ।
छानबिन समिति संग पैसाको सेटिंग मिले पछि नरिवल बलियो भएको कारण पुल भतकीएको निष्कर्ष निकालेछन। नरिवल बेच्ने लाई दोषी ठहर गरेर नरिवल वालालाई पक्राऊ गरेछन।

12/02/2025

विद्यार्थीहरूले खाजा खाने एउटा क्यान्टिनमा सधैँ चाउमिन मात्र पाउँदा विद्यार्थीहरू वाक्क भएका थिए। चाउमिन मात्रै भएकोमा 80 जनाले क्यान्टिनमा गुनासो पोखे । हरेक दिन फरक फरक खाजा दिन तयार भयो। तर 100 जना विद्यार्थी मध्ये 20 जनालाई भने चाउमिन धेरै मन पर्ने रहेछ। उनिहरु सधैँ चाउमिन पाएकोमा खुशी हुन्थे। बाँकी 80 विद्यार्थी भने खाजामा परिवर्तन चाहन्थे। खाजाको विषयमा सधैँ विवाद हुन थाल्यो। विवाद बढेपछि खाजाको लागि चुनाव गर्ने निर्णय भयो । जुन खाजा धेरैले मन पराउछन त्यही पकाउने कुरा भयो ।

ती 20 विद्यार्थी जसलाई चाउमिन प्यारो थियो, उनीहरूले चाउमिनमै भोट हाले । बाँकी रहेका 80 जनाले कुनै सरसल्लाहबिना आफ्नो रुचिले अलग अलग खाजामा भोट हाले। मत परिणाम यस्तो आयो
*20 चाउमिन
*18 समोसा,
*17 रोटी पराठा,
*16 पुरी तरकारी
*15 म:म:
*14 दही चिउरा
सबै भन्दा धेरै भोट चाउमिनमा परेकोले त्यस क्यान्टिनमा आज पनि सधैँ चाउमिन मात्र बन्छ । चित्त नबुझे पनि बाकी 80 जना चाउमिन खान बाध्य छन । परिवर्तन हुनु पर्यो भनेर गुनासो गर्न पनि छोडेका छैनन। हाम्रो अवस्था नि यस्तै हो 🤨😃

11/02/2025

भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२४ सार्वजनिक भएको छ । १८० देशमा नेपाल १०० अङ्कमा ३४ अङ्क सहित सूचीको १०७ औँ स्थानमा परेको छ । पछिल्लो सूचकाङ्कमा नेपाल ३५ अङ्कसहित १०८ औँ स्थानमा परेको थियो । सूचीको पहिलो स्थानमा ९० अङ्कसहित डेनमार्क रहेको छ भने ८ अङ्कसहित दक्षिणी सुडान अन्तिम अर्थात १८० औँ स्थानमा छ ।।।

गण्डकीमा भोलि बिदा !!!
03/02/2025

गण्डकीमा भोलि बिदा !!!

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो। मूल्य राती १ बजे बाट लागू हुने।
31/01/2025

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो। मूल्य राती १ बजे बाट लागू हुने।

30/01/2025

2022: ChatGPT will take our jobs.
2023: ChatGPT will take our jobs.
2024: ChatGPT will take our jobs.
2025: DeepSeek takes ChatGPT's job 😂

19/01/2025

गणित पनि गडबड विषय नै हो । नपत्याए यो हेर्नोस् :☺️

"१० मान्छेले एउटा घर ३० दिनमा बनाउन सक्छन् ।"

ल यो ठिक छ।

त्यसोभए:
के ३०० मान्छेले १ दिनमा,
७२,०० मान्छेले १ घण्टामा
र ४,३२,००० मान्छेले १ मिनेटमा त्यही घर बनाइसक्छन् त ?

Via: MRR

बलिउड अभिनेता सैफ अलि खानलाई उनको निवासमा घुसेको आक्रमणकारीले धारिलो हतियारले घाइते बनाएका छन्। घाइते अभिनेतालाई मुम्बईक...
16/01/2025

बलिउड अभिनेता सैफ अलि खानलाई उनको निवासमा घुसेको आक्रमणकारीले धारिलो हतियारले घाइते बनाएका छन्। घाइते अभिनेतालाई मुम्बईको लीलावती अस्पताल लगिएको छ। पछिल्लो जानकारी अनुसार, सैफ अलि खानको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ र उनी खतरा मुक्त छन्।।

13/01/2025

स्वास्थ्य बीमा सम्बन्धि महत्त्वपूर्ण जानकारी:

१. बीमा कार्ड वा बीमा नम्बर/ फोटो/ HIB Profile (Play store App) देखाएर देशैभरीका बीमा कार्यक्रम संचालित अस्पतालहरुमा आकस्मिक स्वास्थ्य सेवा लिन सकिन्छ । आकस्मिक सेवा लिन रिफर कागज चाहिदैन ।

२. कुनै बिरामीको अभिभावक धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिकाबाट स्वास्थ्य बीमा गर्नु भएको छ । तर सो परिवारका छोराछोरी काठमाडौं बस्दछन भने जसलाई जुन जिल्ला र नजिकको अस्पताल पायक पर्छ सम्बन्धित जिल्लाको स्वास्थ्य बीमा कार्यालयमा मनासिब कारण सहितको निवेदन पेश गरेर नविकरण गर्ने समयमा सो अस्पतालमा प्रथम सेवा विन्दु (सुरुको सेवा लिने अस्पताल) परिवर्तन गर्न सकिन्छ ।

३. दीर्घ रोगी भएका र एक रोगका लागि रिफर भएर उपचार सुरु भैइ पुन: जाँच (Follow Up) मा जादा रिफर कागज चाहिदैन ।

४. बीमा कार्ड हराएमा वा च्यातिएमा सम्बन्धित जिल्लाको स्वास्थ्य बीमा कार्यालयबाट पुन: बनाउन सकिन्छ ।

५. स्वास्थ्य बीमा नविकरणका लागि म्याद बाकी रहेको १२० दिन देखि ३० दिन बाकी हुँदा सम्म गरिसक्नुपर्दछ । ३० दिन भन्दा कम समय बाकी हुदा नवीकरण गरिए ३ महिना पछि मात्र सेवा क्रियाशील हुनेछ ।

६. नविकरणका लागि दर्ता सहयोगी वा अनलाइन मार्फत ( Khalti, Esewa को Government Payment को Health Insurance Board portal मा गएर Head of Family को Insurance नम्बर राखेर नवीकरण गर्न सकिन्छ ।

Address

Kathmandu
Kathmandu

Telephone

+9779846291000

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Views posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Views:

Share