02/12/2025
पृथ्पी सुब्बा गुरुङ भन्ने वलिको हली पुर्ब सन्चार मन्त्री अझै पनि सामाजिक सन्जाल बन्द गर्नुपर्छ भन्दै खोक्दै हिंड्न थालेछ । यो गोरुहरुलाई तह लगाउन जनताको मत भन्दा अर्को बिकल्प वा शक्ती छैन । आउने चुनावमा नेपाली जनताले मत दिंदा आफ्नो बिवेक राम्रोसँग प्रयोग गर्नुपर्ने देखिन्छ ।
त्यसको लागी देश बिदेशमा छरिएर रहेको जेन्जी पुस्ताले अलि बढि ध्यान दिन जरुरी छ । यो एमाले भन्ने पार्टीलाई जनताको मतको शक्तीले भुईमा पछारेपछी मात्र यिनिहरुको चुरिफुरी सकिने देखियो । त्यति धेरै बिध्यार्थी मारीए अनि कति घाइते अपांग भए तर एमाले र पृथ्वि सुब्बाहरुलाई आफ्नो गल्तिको अलिकता पनि पश्चताप देखिंदैन ।
उल्टै अझै सामाजिक सन्जाल बन्द गर्नुपर्छ भन्दै खुल्लम खुल्ला जेन्जी पुस्तालाई ज्यालेन्ज गरिरहेको देख्दा युवाहरुको रगत तातेको छ कि छैन ? चुनावमा राम्रोसँग जवाफ दिनुपर्छ ।