JanaKura

JanaKura www.janakura.com is one of the online news portals of Nepal.

३ हजार ९६७ जनाको हवाई उद्धार, खोजी र राहत जारीकाठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, ...
06/09/2026

३ हजार ९६७ जनाको हवाई उद्धार, खोजी र राहत जारी

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, राहत र स्वास्थ्य सेवा जारी राखेको छ।नेपाली सेनाका अनुसार हालसम्म स्वदेशी ३ हजार ६९२ र विदेशी २७५ गरी ३ हजार ९६७ जनाको हवाई उद्धार गरिएको छ।प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा सेनाका ९ हजार ३ सयभन्दा बढी जनशक्ति परिचालन गरिएको छ। सेनाले खोज तथा उद्धारसँगै शव व्यवस्थापन, राहत ढुवानी, सडक तथा पुल सञ्चालन र स्वास्थ्य सेवा प्रदान गरिरहेको जनाएको छ।हालसम्म त्रिशूली र धुन्चेमा सञ्चालित आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट ३ हजार २९८ जनाले स्वास्थ्य सेवा लिएका छन्।

४० वर्षमा पनि खेल जीवनलाई निरन्तरता दिँदै मोड्रिचकाठमाडौं । क्रोएसियाका स्टार तथा कप्तान लुका मोड्रिचले ४० वर्षको उमेरमा...
06/09/2026

४० वर्षमा पनि खेल जीवनलाई निरन्तरता दिँदै मोड्रिच

काठमाडौं । क्रोएसियाका स्टार तथा कप्तान लुका मोड्रिचले ४० वर्षको उमेरमा पनि राष्ट्रिय टोलीबाट खेललाई निरन्तरता दिने भएका छन्।विश्वकपपछि सन्यास लिन सक्ने अनुमान भइरहेका बेला मोड्रिचले यूईएफए नेसन्स लिगका आगामी खेलका लागि आफू उपलब्ध रहने बताएका हुन्।मोड्रिचले चेकिया, स्पेन र इंग्ल्यान्डविरुद्ध खेल्नेछन्। उनले क्रोएसियाका लागि हालसम्म २०२ खेल खेलिसकेका छन्। क्लब फुटबलमा उनी एसी मिलानबाट खेलिरहेका छन्।२०२६/२७ को नेसन्स लिग सेप्टेम्बर २४ देखि सुरु हुँदैछ।

ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता काठमाडौं । ग्यासको सहज आपूर्ति नहुँदा काठमाडौंको जडीबुटीस्थित ग्यास डिपोमा उपभोक्ताक...
06/09/2026

ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता

काठमाडौं । ग्यासको सहज आपूर्ति नहुँदा काठमाडौंको जडीबुटीस्थित ग्यास डिपोमा उपभोक्ताको लामो लाइन लागेको छ।ग्यास सिलिन्डर लिन बिहानैदेखि डिपो पुगेका उपभोक्ताहरू घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन्। लामो समय कुर्नुपर्दा ज्येष्ठ नागरिक, महिला तथा दैनिक ज्यालादारीमा काम गर्ने उपभोक्तालाई थप सास्ती भएको छ।

भोटेकोशी–लाङटाङ बाढीपीडितप्रति काठमाडौंको ऐक्यबद्धताकाठमाडौं । रसुवाको भोटेकोशी र लाङटाङ बाढीमा ज्यान गुमाएकाप्रति श्रद्...
06/09/2026

भोटेकोशी–लाङटाङ बाढीपीडितप्रति काठमाडौंको ऐक्यबद्धता

काठमाडौं । रसुवाको भोटेकोशी र लाङटाङ बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै काठमाडौंमा ऐक्यबद्धता कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा उपप्रमुख सुनिता डंगोलसहित सहभागीहरूले बेपत्ताको खोजी, प्रभावितको उद्धार तथा राहत र पुनःस्थापनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

साउदीमाथि नेपालको सानदार जित, सेमिफाइनलमा प्रवेशकाठमाडौं, २१ भदौ । नेपालले एसिसी पुरुष प्रिमियर कपमा साउदी अरेबियालाई ५ ...
06/09/2026

साउदीमाथि नेपालको सानदार जित, सेमिफाइनलमा प्रवेश

काठमाडौं, २१ भदौ । नेपालले एसिसी पुरुष प्रिमियर कपमा साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै एक खेलअगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। गुलशनकुमार झा र ईशान पाण्डेले समान ४४ रन बनाए। बलिङतर्फ सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिए।लगातार तेस्रो जितसँगै नेपाल ६ अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा छ। नेपालले अब मंगलबार हङकङसँग अन्तिम खेल खेल्नेछ।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये कीर्तिपुर पाँगाका कविर महर्जनको पनि जीवितै उद्धार गरिएको छ।उद्ध...
04/09/2026

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये कीर्तिपुर पाँगाका कविर महर्जनको पनि जीवितै उद्धार गरिएको छ।
उद्धारकार्य जारि नै छ।

चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठकाठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त...
02/09/2026

चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनामा सम्पर्कविहीन रहेका नागरिक तथा राष्ट्रसेवकको खोजी अन्तिम सम्भावनासम्म जारी राख्ने बताएका छन्।परिवारजनसँग भेट गर्दै मन्त्री श्रेष्ठले एक सातासम्म आफन्तको अवस्थाबारे जानकारी नपाउनुको पीडा गहिरो रहेको भन्दै सरकार पनि उत्तिकै मर्माहत रहेको बताए।उनले खोजी तथा उद्धारका लागि राज्यका सबै संयन्त्र, दक्ष जनशक्ति, प्रविधि र स्रोतसाधन परिचालन गरिएको जानकारी दिए। ‘एउटा पनि जीवनको खोजीमा राज्यले कुनै कसर बाँकी राख्नु हुँदैन र राखेको पनि छैन,’ उनले भने।मन्त्री श्रेष्ठले अझै आशा मार्ने बेला नभएको भन्दै परिवारजनलाई धैर्य राख्न आग्रह गरे। ‘हामी अन्तिम सम्भावनासम्म प्रयास गरिरहनेछौँ,’ उनले भने।

आशिका तामाङसँगको विवादमा वडा अध्यक्ष अधिकारीको स्पष्टीकरणकाठमाडौं । गल्छी–४ का वडा अध्यक्ष राजु अधिकारीले बैंकको भल्ट प्...
02/09/2026

आशिका तामाङसँगको विवादमा वडा अध्यक्ष अधिकारीको स्पष्टीकरण

काठमाडौं । गल्छी–४ का वडा अध्यक्ष राजु अधिकारीले बैंकको भल्ट प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। आफूले नै रकमबारे प्रहरीलाई जानकारी गराई रकम बुझाएको उनले बताए।राहत वितरणका विषयमा आशिका तामाङसँग सामान्य विवाद भएको र आफूहरू सुरुदेखि नै उद्धार तथा राहतमा खटिएको अधिकारीको भनाइ छ। उनले विवादको भिडियो सम्पादन गरी आफूलाई गलत रूपमा प्रस्तुत गरिएको आरोपसमेत लगाए।

रसुवाका बाढीपीडितको उद्धार तीव्र, १२ जनाको उद्धारकाठमाडौं । भोटेकोशी बाढी प्रभावित रसुवाका विभिन्न क्षेत्रमा नेपाली सेना...
02/09/2026

रसुवाका बाढीपीडितको उद्धार तीव्र, १२ जनाको उद्धार

काठमाडौं । भोटेकोशी बाढी प्रभावित रसुवाका विभिन्न क्षेत्रमा नेपाली सेनाले उद्धार कार्य तीव्र बनाएको छ। सेनाका अनुसार हालसम्म १२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।स्याफ्रुबेँसीबाट ६, मैलुङबाट २ र धुञ्चेबाट ४ जनाको उद्धार गरिएको हो। उद्धारका लागि नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ।यस्तै, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा प्रभावित तथा उद्धार गरिएकाहरूलाई आकस्मिक उपचार सेवा प्रदान गरिरहेको जनाएको छ।

टनेलमा फसेकाको उद्धार चुनौतीपूर्ण : प्रधानमन्त्री शाहकाठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीसँगै आएको हिलामाटोले टनेल ...
02/09/2026

टनेलमा फसेकाको उद्धार चुनौतीपूर्ण : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीसँगै आएको हिलामाटोले टनेल पूर्ण रूपमा थुनिएकाले त्यहाँ फसेकाहरूको उद्धार निकै चुनौतीपूर्ण बनेको बताएका छन्।प्रतिनिधिसभामा भोटेकोशी बाढीबारे जानकारी दिँदै उनले यस्तो प्रकृतिको विपत्ति विश्वमै दुर्लभ रहेको र तत्काल उद्धारका लागि आवश्यक प्रविधि तथा विशेषज्ञता उपलब्ध हुन कठिन रहेको बताए।

Address

Kathmandu
44608

Alerts

Be the first to know and let us send you an email when JanaKura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to JanaKura:

Shortcuts

Share