15/10/2025
🔴 घरेलु मैदानमै ओमानविरुद्ध नेपालको शानदार जित
🟢 आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गतको खेलमा ओमानविरुद्ध नेपालले शानदार जित हात पारेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । सो लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा ११३ रन मात्रै बनाउन सकेको हो ।
त्यसो त छनोट खेलमा अपराजित रहेको ओमानले नेपालसँग पहिलोपटक हार व्यहोरेको हो । यद्यपि नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेका छन् ।