12/09/2026
संघीय सांसद खगेन्द्र सुनार नेपाल प्रहरी जस्तो गरिमामय संगठनको शिर्ष नेतृत्वप्रति हात धोएर पछि लागेको देखेर वरिष्ठ पत्रकार मनोज सार्थक लेख्छन्- व्यक्तिगत रूपमा हामी वर्तमान आईजीपी दानबहादुर कार्कीलाई चिन्दैनौँ, नयाँ बानेश्वर वृत्तको डीएसपी हुदैदेखि उहाँको कार्यसम्पादन शैलीको नियमित फलोअपचैँ हाम्रो जानकारीमा रहेको हो ।
देशमा कानुन छ, अनुसन्धान गर्ने निकायहरु छन् प्रकृया हुन्छ, प्रमाण हेरिन्छ, यत्तिकै कानुन हातमा लिएर माननीय भएँ भन्दैमा जे पायाे त्यही भन्न मिल्दैन ।
जोसुकै होऊन् मर्यादाभित्र बसेर कानुनी बाटाे अवलम्बन गर्नुपर्छ । हावादारी आराेप लगाउनुभएन ।
साँच्चै! दलित अभियन्ता हुन् भने गणेश नेपालीको आत्मदाह र बिमला पासवान फुटपाथमा सुत्केरी हुनुपर्थेन ।
एक दलित महिला पैसा नभएकै कारण सरकारी अस्पताल बाहिर फुटपाथमा बच्चा जन्माउन बाध्य हुन्छिन् भने दलित अभियन्ता कहिँकतै 'चूँ' बोलेको सुनिएन ।
वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी लेख्छन्- यी पात्र दलित आन्दोलन तुहाउन जन्माइएका पात्र हुन् अब कुनै शंका रहेन ।
दानबहादुर कार्की, नेपाल प्रहरीको इतिहासमै सर्वाधिक बेदाग सीमित प्रहरी अधिकारीहरूमध्ये पर्छन् ।
एक विशुद्ध व्यवसायिक प्रहरीका रूपमा चिनिने कार्की कहिल्यै 'कन्ट्रोभर्सियल' रहेनन् ।
खरो, इमान्दार र स्पष्ट व्यक्ति भएकोले कसैको अवाञ्छित इच्छा या योजनाको सारथी बन्ने तत्परता उहाँमा कहिल्यै देखिएन ।
कसैले कार्कीप्रति असन्तुष्टि प्रकट गरिरहेका छन् भने बुझ्नुपर्छ- या त त्यो व्यक्ति अपराधिक पृष्ठभूमिको हो या उसको गैरकानुनी आकाङ्क्षा पूरा हुन सकिरहेको छैन ।
राष्ट्रको एक जिम्मेबार सुरक्षा निकायको नेतृत्वको तेजोबध गरेर कुनै पनि सरकारले आफ्नो सकारात्मक लक्ष्य हासिल गर्न सक्ने छैन ।
सडकमा अचानक साङ्लोमा बेरिएर चिच्याएकै भरमा कोही सांसद, मन्त्री बन्न सक्छन् भन्ने त देखियो तर, त्यसरी आईजीपी त परै जाओस् एउटा प्रहरी जवान पनि बन्न सकिँदैन ।
सम्बन्धित पक्षले हेक्का राख्नुपर्छ ।
#ठामकोठाम्🎷