SMRIT NEWS SERVICE

SMRIT NEWS SERVICE Smrit News Service is completed news media.

भागेको होइन, सबैसँग चित्त दुखेर हिँडेको हो : कुञ्जना घिमिरे🔴🔴🔴नेपाली हास्य तथा मनोरञ्जन क्षेत्रकी चर्चित कलाकार कुञ्जना ...
07/06/2026

भागेको होइन, सबैसँग चित्त दुखेर हिँडेको हो : कुञ्जना घिमिरे
🔴🔴🔴
नेपाली हास्य तथा मनोरञ्जन क्षेत्रकी चर्चित कलाकार कुञ्जना घिमिरे ले आफू नेपाल छोडेर भागेको नभई विभिन्न कारणले मन दुखाएर विदेशिएको बताएकी छन्।

पछिल्लो समय सामाजिक सञ्जालमा कलाकारहरू विदेश बसाइँ सर्ने विषयले चर्चा पाइरहेका बेला कुञ्जना घिमिरेको अभिव्यक्तिले पनि धेरैको ध्यान तानेको छ। उनले आफूले देश, दर्शक र आफ्नो कर्मभूमिप्रति कुनै गुनासो नराखेको भए पनि केही व्यक्तिगत तथा सामाजिक परिस्थितिले चित्त दुखेको महसुस गर्दै विदेश बसाइँ रोज्नुपरेको संकेत गरेकी छन्।

एक समय नेपाली टेलिसिरियल र हास्यव्यंग्य क्षेत्रमा अत्यन्त लोकप्रिय बनेकी कुञ्जनाले दर्शकलाई हँसाउने काम गरिन्। तर कलाकारहरूको जीवन पर्दामा देखिएजस्तो मात्र सहज नहुने तथ्य उनको भनाइले पनि उजागर गर्छ। बाहिरबाट सफल देखिने व्यक्तिहरूले पनि भित्रभित्रै विभिन्न संघर्ष, अपेक्षा र निराशासँग जुध्नुपर्ने अवस्था रहन्छ।

“भागेको होइन, सबैसँग चित्त दुखेर हिँडेको हो” भन्ने उनको अभिव्यक्ति केवल व्यक्तिगत पीडाको अभिव्यक्ति मात्र नभई देशभित्र अवसर, सम्मान र मानसिक सन्तुष्टिको खोजीमा रहेका धेरै नेपालीहरूको भावनासँग पनि जोडिएको देखिन्छ। पछिल्ला वर्षहरूमा हजारौँ युवाहरूले आर्थिक अवसरका लागि मात्र होइन, सामाजिक वातावरण र व्यक्तिगत सन्तुष्टिको खोजीमा पनि विदेश रोजिरहेका छन्।

कुञ्जनाको भनाइले एउटा गम्भीर प्रश्न पनि उठाउँछ— के हामी आफ्ना कलाकार, स्रष्टा र प्रतिभाहरूलाई सम्मानजनक वातावरण दिन सफल भएका छौँ त? समाजमा योगदान दिएका व्यक्तिहरूले समेत कहिलेकाहीँ उपेक्षा, आलोचना वा असन्तुष्टिको अनुभव गर्नुपर्दा उनीहरू विदेशिन बाध्य हुने अवस्था सिर्जना हुन सक्छ।

उनको अभिव्यक्तिले दर्शकलाई भावुक बनाएको छ भने नेपाली समाजले आफ्ना प्रतिभाहरूको भावना र संघर्षलाई बुझ्नुपर्ने आवश्यकता पनि औँल्याएको छ। कलाकारहरू केवल मनोरञ्जन दिने पात्र होइनन्, उनीहरू पनि भावना, सपना र अपेक्षा भएका सामान्य मानिस नै हुन्।

यसैले कुञ्जना घिमिरेको यो भनाइलाई केवल व्यक्तिगत गुनासोका रूपमा होइन, समाज र सम्बन्धहरूभित्र बढ्दै गएको भावनात्मक दूरीमाथिको एउटा गम्भीर संकेतका रूपमा पनि हेर्न सकिन्छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओली ले प्रतिनिधिसभा बैठक लामो समयसम्म स्थगित गरिएको विषयमा ...
07/06/2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओली ले प्रतिनिधिसभा बैठक लामो समयसम्म स्थगित गरिएको विषयमा प्रश्न उठाएकी छन्।

आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सदन स्थगनको वास्तविक उद्देश्यबारे स्पष्टता मागेकी हुन्। संसद् पाँच दिनदेखि स्थगित रहे पनि राजनीतिक संवाद, सहमति वा समाधान खोज्ने कुनै पहल नभएको उनको टिप्पणी छ।

उनले प्रतिनिधिसभा नियमावली पारित गर्ने क्रममा प्रतिपक्षी दलका मात्रै नभई सत्तारूढ पक्षका सांसदहरूले दर्ता गरेका संशोधन प्रस्तावहरूलाई समेत बेवास्ता गरिएको दाबी गरेकी छन्। यिनै विषयलाई लिएर संसद् अवरुद्ध भएको उनको भनाइ छ।

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिपछि थप प्रश्नहरू उठेको उल्लेख गर्दै ओलीले प्रतिपक्षी दलहरूले संसदीय जवाफदेहिता र राष्ट्रिय हितका विषयमा निरन्तर संवादको माग गरिरहेको बताएकी छन्।

उनले पाँच दिनको अवधिमा कुनै सार्थक वार्ता नभएको भन्दै सदन स्थगनको निर्णयले राष्ट्रिय मुद्दाभन्दा दलगत आवश्यकतालाई प्राथमिकता दिएको आशंका व्यक्त गरेकी छन्। यसै सन्दर्भमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशनलाई सहजीकरण गर्न संसद् स्थगित गरिएको हुनसक्ने आरोपसमेत लगाएकी छन्।

ओलीले संसद् जनताको सार्वभौम इच्छाको प्रतिनिधित्व गर्ने सर्वोच्च लोकतान्त्रिक संस्था भएकाले यसको सञ्चालन कुनै दल वा व्यक्तिको सुविधाअनुसार हुन नहुने धारणा राखेकी छन्।

काठमाडौंको प्रसिद्ध अशोक विनायक (जसलाई मरु गणेश वा काठमाडौं गणेश पनि भनिन्छ) को  धार्मिक महिमा र विश्वास 🔶🔶🔶​मरूगणेश भगव...
07/06/2026

काठमाडौंको प्रसिद्ध अशोक विनायक (जसलाई मरु गणेश वा काठमाडौं गणेश पनि भनिन्छ) को धार्मिक महिमा र विश्वास
🔶🔶🔶

​मरूगणेश भगवानसँग जोडिएका केही अत्यन्तै रोचक र महत्त्वपूर्ण जानकारीहरू यस प्रकार छन्:

​१. उपत्यकाका
चार विनायक मध्ये एक
🔴🔴🔴

​काठमाडौं उपत्यकाको सुरक्षा र समृद्धिका लागि चार दिशामा चारवटा प्रमुख गणेश (विनायक) स्थापना गरिएका छन्। ती हुन्: अशोक विनायक (मरु), सूर्य विनायक (भक्तपुर), कार्यविनायक (बुङ्गमती), र जलविनायक (चोभार)। यी मध्ये अशोक विनायकलाई सबैभन्दा जेठो वा प्रमुख विनायकका रूपमा पनि लिइन्छ।

​२. गजुर नभएको अनौठो मन्दिर
🔴🔴🔴

​सामान्यतया हिन्दू मन्दिरहरूको धुरीमा गजुर हुने गर्दछ। तर, काठमाडौं दरबार क्षेत्र (वसन्तपुर) को मरु टोलमा अवस्थित यस अशोक विनायक मन्दिरको छानोमा गजुर छैन। यस्तो हुनुको पछाडि एउटा रोचक कथा छ:

​लोककथा अनुसार, मन्दिर बनाउने क्रममा गजुर राख्न खोज्दा राति सपनामा भगवान गणेशले "मलाई खुला आकाश मनपर्छ, मेरो टाउको माथि गजुर नराख्नु" भनेकाले यस मन्दिरमा गजुर नराखिएको जनविश्वास छ।

​३. नाम कसरी रहन गयो?
🔴🔴🔴

​यो मन्दिरको स्थानमा पहिले एउटा ठूलो अशोकको रुख थियो। त्यही रुखको फेदमा गणेशको मूर्ति उत्पत्ति भएको हुनाले यिनलाई 'अशोक विनायक' भनिएको हो। मरु टोलमा रहेकाले स्थानीय भाषामा यिनलाई 'मरु गणेश' पनि भनिन्छ।

​४. नेवार संस्कृति र
जात्राहरूमा महत्त्व
🔴🔴🔴

​काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा (येँया पुन्हि) का समयमा कुमारी, भैरव र गणेशको रथयात्रा गराइन्छ। उक्त रथयात्रामा रथमा विराजमान गराइने गणेश यही मन्दिरका गणेशको स्वरूप (चल मूर्ति) हुन्। काठमाडौंका रैथाने नेवार समुदायमा कुनै पनि शुभ कार्य वा नयाँ व्यवसाय सुरु गर्नुअघि मरु गणेशको पूजा गर्ने बलियो परम्परा छ।



#नेपालीपन #वास्तुटिप्स #मन्दिर

धनकुटाको चुली वनमा रहेको गर्भवती स्त्रीको आकृतियुक्त शिलालाई स्थानीय जनविश्वास अनुसार मातृशक्ति तथा वनदेवीको दिव्य स्वरू...
07/06/2026

धनकुटाको चुली वनमा रहेको गर्भवती स्त्रीको आकृतियुक्त शिलालाई स्थानीय जनविश्वास अनुसार मातृशक्ति तथा वनदेवीको दिव्य स्वरूप मानिन्छ।

लोककथा अनुसार कुनै दुःखद घटनापछि देवीस्वरूप प्रकट भएको उक्त शिलाको दर्शन र पूजाअर्चना गर्दा निःसन्तान महिलाले सन्तानप्राप्तिको आशिष् पाउने, साथै गर्भवती महिलाले पूजा गरेमा गर्भस्थ शिशु र आमाको रक्षा, स्वास्थ्य तथा कल्याण हुने जनविश्वास रहिआएको छ।

त्यसैले परापूर्वकालदेखि नै श्रद्धालुहरू उक्त स्थानलाई मातृकरुणा र देवीअनुग्रहको पवित्र केन्द्रका रूपमा सम्मानपूर्वक मान्दै आएका छन्।

💐🙏🌺 In the Chuli Forest of Dhankuta, a stone sculpture depicting a pregnant woman is regarded by local beliefs as a divine manifestation of maternal power and the goddess of the forest. According to folklore, after a tragic event, the goddess appeared in the form of this stone. It is traditionally believed that childless women who visit and worship the stone receive blessings for progeny. Similarly, pregnant women who perform rituals there are said to gain protection, health, and well-being for both the unborn child and the mother. Since ancient times, devotees have honored this site as a sacred center of maternal compassion and divine grace. 💐🙏🌺

सक्नेले त्याग गरौं, सरकारले सम्मान गर्छ भनियो । तर अहिलेसम्म एक जनाले त्यागेको रेकर्ड छैन । अर्बपति होस् कि करोडपति । ने...
07/06/2026

सक्नेले त्याग गरौं, सरकारले सम्मान गर्छ भनियो । तर अहिलेसम्म एक जनाले त्यागेको रेकर्ड छैन । अर्बपति होस् कि करोडपति । नेता होस् कि मन्त्री । आजसम्म कसैले पनि म अब सामाजिक सुरक्षा भत्ता त्याग गर्छु भनेर आएनन् । त्यसरी हेर्दा के भन्न सकिन्छ भने सरकारले बजेटमा आह्वान गरेर वा अभियान चलाएको भरमा सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा भइहाल्छ भन्न गाह्रो छ ।

मनछुने कथा-💕अधुरो सम्बन्ध🔶🔶🔶सन्तोष र उमाले सम्बन्धविच्छेद गरेको दस वर्ष बितिसकेको थियो। समयले धेरै कुरा बदलिसकेको थियो, ...
07/06/2026

मनछुने कथा-
💕

अधुरो सम्बन्ध
🔶🔶🔶

सन्तोष र उमाले सम्बन्धविच्छेद गरेको दस वर्ष बितिसकेको थियो। समयले धेरै कुरा बदलिसकेको थियो, तर केही सम्झनाहरू भने अझै मनको कुनामा जीवित थिए।
एक दिन उनीहरूको भेट एउटा विवाह समारोहमा भयो।
हलभरि मानिसहरूको भीड थियो। हाँसो, रमाइलो र संगीतको आवाजबीच उनीहरू एकाएक आमनेसामने भए। वर्षौँपछि देख्दा दुवै एकछिन स्तब्ध बने। नजिकैको खाली कुर्सीमा सन्तोष गएर बस्यो।
दुवैले एकअर्कालाई हेरे, तर नदेखेजस्तो गरे।
आठ वर्ष सँगै बिताएका मानिसहरूका लागि त्यो मौनता निकै भारी थियो। ती वर्षहरूमा झगडा पनि थिए, मनमुटाव पनि थियो, तर प्रेम, विश्वास र हजारौँ मीठा सम्झनाहरू पनि थिए।
धेरै बेरपछि सन्तोषले मौनता तोड्यो।
"उमा, कस्ती छौ?"
उमाले मुस्कान ल्याउने प्रयास गर्दै भनिन्,
"धेरै राम्रो छु। दोस्रो विवाह गरेको पनि आठ वर्ष भइसक्यो। दुईवटा बच्चा छन्।"
सन्तोषले उनको अनुहारतिर हे¥यो। त्यो अनुहारमा पहिलेको चमक थिएन। आँखामा थकान थियो। कहिल्यै गहनाले सजिन मन पराउने उमा आज सामान्य कपडामा थिइन्।
सन्तोषको मनमा पुराना दिनहरू एकाएक फर्किए।
त्यो बेला उमा हाँस्दा घर नै उज्यालो हुन्थ्यो। उनको अनुहारको रौनक हेरेर दिनभरको थकान बिर्सन्थ्यो।
उता उमाले पनि सन्तोषलाई नियालिरहेकी थिइन्।
पहिलेभन्दा निकै वृद्ध देखिन्थ्यो। कपाल सेताम्मे भएको थियो। अनुहारमा समयका गहिरा डोबहरू देखिन्थे।
आफ्नो मनलाई सम्हाल्दै उनले सोधिन्,
"तपाईंको खबर के छ? अनि हाम्रो छोरा रुपेश कस्तो छ?"
सन्तोषको अनुहारमा हल्का मुस्कान आयो।
"ठिकै छु। दोस्रो विवाह गरेको छ वर्ष भयो। एउटी छोरी छ। रुपेश अहिले नौ कक्षामा पढ्दै छ।"
केही क्षण रोकेर उसले थप्यो,
"हामी पनि खुसी नै छौँ।"
तर उसको आवाजमा खुसीभन्दा बढी खालीपन थियो।
दिनभर उनीहरू एउटै कार्यक्रममा रहे। कहिलेकाहीँ आँखा जुध्थे, फेरि दुवैले नजर अन्तैतिर मोड्थे।
साँझ पर्‍यो।
कार्यक्रम सकियो।
सबै जना घर फर्किन थाले।
उमाले झोला समातिन्। सन्तोष उनको नजिक आयो।
"उमा, एउटा कुरा भनूँ?"
"भन्नुस्।"
सन्तोष केही बेर चुप लाग्यो। उसका आँखा कतै टाढा पुगे।
अनि बिस्तारै भन्यो,
"तिमीसँग बिताएको जीवन नै मेरो वास्तविक जीवन थियो। अहिले त बस... दिनहरू काटिरहेको छु।"
यति सुन्नासाथ उमाको मन थर्थरायो।
दस वर्षदेखि मनभित्र गाडेर राखेको पीडा एकाएक बाहिर निस्किन खोज्यो।
उनले आँसु रोक्ने प्रयास गरिन्।
तर सकेनन्।
"म पनि खुसी छैन, सन्तोष..." उनको स्वर काँप्यो।
"मैले सोचेजस्तो जीवन पाएनँ। दिनहुँ रुनु नै मेरो बानी बनेको छ।"
दुवै चुप लागे।
साँझको चिसो हावाले उनीहरूका पुराना घाउहरू फेरि खोलिदिएको थियो।
सन्तोषले गहिरो सास फेर्यो।
"हामी दुवै मूर्ख थियौँ, होइन?"
उमाले आँसु पुछिन्।
सन्तोष फेरि बोल्यो,
"सानातिना कुरालाई ठूलो बनायौँ। एकअर्कालाई बुझ्ने धैर्य राखेनौँ। अहंकारलाई प्रेमभन्दा ठूलो ठान्यौँ।"
उमाले टाउको झुकाइन्।
त्यो सत्य थियो।
सन्तोषको स्वर झन् भावुक बन्यो।
"तिमीलाई थाहा छ? आज पनि कसैले सोध्छ—जीवनको सबैभन्दा सुन्दर समय कुन थियो भनेर, म तिमीसँग बिताएका ती दिनहरू सम्झिन्छु। तिमी मेरो अनुहार हेरेर भोक लागेको छ कि छैन, दुःखी छु कि खुसी छु, सबै बुझ्थ्यौ।"
अब उमाले आँसु रोक्न सकिनन्।
उनी रुन थालिन्।
"म पनि ती दिनहरू सम्झेरै बाँचेकी छु, सन्तोष..."
त्यसपछि उनीहरूले एकअर्कालाई हेरे।
त्यो नजरमा गुनासो थिएन।
घृणा थिएन।
केवल पछुतो थियो।
र एउटा अधुरो प्रेम, जसलाई समयले अलग गरिदिएको थियो।
उमाले आफ्नो झोला उठाइन्।
बिस्तारै फर्किइन्।
केही कदम हिँडेपछि एकपटक पछाडि हेरिन्।
सन्तोष त्यहीँ उभिएको थियो।
आँखा रसाएका थिए।
उनी फेरि अगाडि बढिन्।
सन्तोषले उनलाई तबसम्म हेरिरह्यो, जबसम्म उनी भीडमा हराइनन्।
त्यो दिन उनीहरू फेरि एक भएनन्।
तर दुवैले एउटा कुरा बुझेर फर्किए—
कहिलेकाहीँ जीवनमा मानिसहरू छुट्टिन्छन्, प्रेम भने छुट्टिँदैन। समय बित्छ, वर्षहरू बदलिन्छन्, तर केही सम्बन्धहरू मनको कुनामा सधैँ अधुरा कथाजस्तै बाँचेका हुन्छन्। ❤️
— सन्तोष कार्की मौसुफ

जय पलान्चोक भगवती माता
07/06/2026

जय पलान्चोक भगवती माता

अमेरिकाको एक अदालतले ३९ देशबाट आउने आप्रवासीहरूमाथि विभिन्न प्रकारका प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति ख...
07/06/2026

अमेरिकाको एक अदालतले ३९ देशबाट आउने आप्रवासीहरूमाथि विभिन्न प्रकारका प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति खारेज गरिदिएको छ।

यसअघि ट्रम्प प्रशासनले ती ३९ देशका नागरिकहरूलाई शरण, वर्क पर्मिट, स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) तथा नागरिकतासम्बन्धी आवेदनमा निर्णय प्राप्त गर्नबाट रोक लगाएको थियो ।रोड आइल्यान्डको प्रोभिडेन्सस्थित मुख्य जिल्ला न्यायाधीश जोन म्याकोनेलले अमेरिकी नागरिकता तथा अध्यागमन सेवाका ती नीतिहरू खारेज गरिदिएका हुन् ।

उनले यी नीतिहरूले अफ्रिका, एसिया, ल्याटिन अमेरिका र मध्यपूर्वका दर्जनौँ देशका नागरिकलाई अनिश्चित कानुनी अवस्थाको सामना गर्न बाध्य बनाएको बताए ।नयाँ नीतिको कडा आलोचना गर्दै न्यायाधीश म्याकोनेलले यसबाट प्रभावित आप्रवासीहरूले अमेरिकी कङ्ग्रेसले तोकेको कानुनी प्रक्रियाको पूर्ण पालना गरेको उल्लेख गरे । साथै, उनले अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले कानुनको बेवास्ता गरेको टिप्पणी गरे ।

उनका अनुसार अमेरिकी नागरिकता तथा अध्यागमन सेवाले स्पष्ट वैधानिक तथा नियामक अधिकारबिना र आप्रवासी–विरोधी दृष्टिकोणका आधारमा ट्रम्प प्रशासनका यी नीतिहरू लागू गरेको थियो ।

यो फैसलालाई आप्रवासी अधिकारसम्बन्धी संस्था तथा श्रमिक संगठनहरूको गठबन्धनका लागि ठूलो जितका रूपमा हेरिएको छ । यी संगठनहरूले यसै वर्ष मार्चमा अमेरिकी नागरिकता तथा आप्रवासन सेवाको उक्त नीतिविरुद्ध मुद्दा दायर गरेका थिए।

सत्य तथ्य छानबिन गर्न अनुरोधपूर्व गृहमन्त्री सुदन गुरुङ बालाजु प्रहरी कार्यालय पुगेका छन्। नेपाली सेनाकी ईश्वरी भुजेलको ...
07/06/2026

सत्य तथ्य छानबिन गर्न अनुरोध
पूर्व गृहमन्त्री सुदन गुरुङ बालाजु प्रहरी कार्यालय पुगेका छन्। नेपाली सेनाकी ईश्वरी भुजेलको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक गर्न र आरोपित कुमार थापा मगर ‘नेपाली ब्रो’माथि कानुनअनुसार कडा कारबाही गर्न उनले माग गरेका छन्।

‘ए माली बा...’ : फूलको कथा होइन, समाजको पीडा बोल्ने गीत🔶🔶🔶अमेरिकामा रहेका संघर्षशील नेपाली गीतकार तथा कलाकार रविन पिया ल...
07/06/2026

‘ए माली बा...’ : फूलको कथा होइन, समाजको पीडा बोल्ने गीत
🔶🔶🔶

अमेरिकामा रहेका संघर्षशील नेपाली गीतकार तथा कलाकार रविन पिया ले सार्वजनिक गरेको ‘ए माली बा...’ गीत केवल बगैंचाका फूलहरूको कथा मात्र होइन, समाजका पीडित छोरी–चेली, अन्यायमा परेका बालबालिका र न्यायको खोजीमा रहेका आवाजहरूको प्रतीकात्मक अभिव्यक्ति बनेर आएको छ।

गीतकार रविन पियाका अनुसार यो गीत फूलको संरक्षण वा बगैंचाको सौन्दर्यको विषयमा सीमित छैन। यसले समाजमा भइरहेका विभेद, हिंसा, शोषण र न्याय नपाएका निर्दोषहरूको वेदनालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। विशेषगरी समाजका कमजोर वर्ग, बालबालिका र महिलामाथि हुने अन्यायप्रति गीतले प्रश्न उठाउने प्रयास गरेको देखिन्छ।

गीतको शीर्षकमा रहेको ‘माली’ पात्रलाई केवल बगैंचाको रक्षकका रूपमा होइन, समाजका जिम्मेवार व्यक्ति, अभिभावक, राज्य संयन्त्र वा नेतृत्वको प्रतीकका रूपमा पनि व्याख्या गर्न सकिन्छ। जसरी मालीले फूलको संरक्षण गर्नुपर्छ, त्यसरी नै समाजले आफ्ना छोरी–चेली र बालबालिकाको सुरक्षा तथा सम्मान सुनिश्चित गर्नुपर्ने सन्देश गीतले दिन खोजेको देखिन्छ।

विशेष चासोको विषय के छ भने यो गीतको स्वर, संगीत तथा भिडियो निर्माणमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग गरिएको छ। नेपाली संगीत क्षेत्रमा एआईको प्रयोग अझै प्रारम्भिक चरणमै रहेको अवस्थामा रविन पियाको यो प्रयासलाई नयाँ प्रयोगका रूपमा लिन सकिन्छ। प्रविधि र सिर्जनशीलताको संयोजनमार्फत कम स्रोतमा पनि प्रभावशाली सांगीतिक सामग्री उत्पादन गर्न सकिने सम्भावना यसले देखाएको छ।

दर्जनौँ गीत सार्वजनिक गरिसकेका रविन पिया फाइन आर्टका सिद्धहस्त कलाकारका रूपमा पनि परिचित छन्। चित्रकला र संगीत दुवै क्षेत्रमा सक्रिय उनले सामाजिक विषयवस्तुलाई सिर्जनात्मक माध्यमबाट प्रस्तुत गर्ने प्रयास गर्दै आएका छन्। उनका सिर्जनामा मनोरञ्जनभन्दा बढी सामाजिक चेतना र संवेदनाको पक्ष बलियो रूपमा देखिने गरेको छ।

‘ए माली बा...’ गीतको मूल शक्ति यसको भावनात्मक सन्देशमा छ। समाजमा दबिएका आवाज, पीडित बालबालिका र न्यायको प्रतीक्षामा रहेका नागरिकहरूको मौन आक्रोशलाई गीतले प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ। त्यसैले यो गीत केवल संगीतको उत्पादन नभई सामाजिक विमर्शलाई जागृत गराउने एउटा सांगीतिक दस्तावेजका रूपमा पनि हेरिन सक्छ।

आजको डिजिटल र एआई युगमा प्रविधिको प्रयोग गर्दै सामाजिक सन्देश बोकेको सिर्जना सार्वजनिक गर्नु रविन पियाको साहसी र नवीन प्रयोग मान्न सकिन्छ। ‘ए माली बा...’ ले मनोरञ्जनसँगै समाजलाई आत्मसमीक्षा गर्न प्रेरित गर्ने प्रयास गरेको देखिन्छ।

https://youtu.be/BZZy-KCm64s?si=V2YfygdHmp0PMDOx

Address

Alampur
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when SMRIT NEWS SERVICE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share