17/05/2025
मिती 2081/फागुन 28 मा 95% कालो दिन
घट्ना
एकाएक दिपशिखा रोड मा, कारले बाईक लाई ठक्कर दिन्छ l
बाईक चालक,बिसाल छट पटाउँछ् नाक, कान बाट खुन निस्कन्छ खुन बमिन गर्छ, त्यतिकैमा त्यहाँ ठुलै भिड जम्मा हुन्छ l तर त्यहाँ उपचार गर्ने भन्दा पनि भिडियो र फोटो खिच्न मा सबै ब्यस्त हुन्छन l कसैले उपचार गर्न एउटा ट्याम्पु सम्म लाई बोलाउँदैनन् l ति सबै रमिते बनेर यो मर्यो मर्यो, खतम भयो भन्नु बाहेक अरु केहि गर्दैनन् l त्यतिकै मा एक पुरुस र दुइ चेली रुदै ट्याम्पु बोलाएर घोराही अस्पताल सम्म पुराउँछन l अस्पताल मा पुर्याए पश्चात डाक्टर ले हेर्ने बित्तिकै यसको प्राण 95% गई सकेको छ जसरि हुन्छ काठमाण्डौ लैजानु भन्ने जबाफ दिन्छ, तर हेलिकोप्टर लाई सम्पर्क गर्दा कतै नमिले पछि बाँके को नेपाल गंज एम्बुलेन्स बाट लग्ने पक्का भयो l तर घोराही अस्पताल को डाक्टर ले एसको प्राण लगभग गै सकेको छ बाटो बाटै फर्किनु पर्छ बाँकी तपाइँ को बिचार भन्ने सल्लाह दिए पनि हाम्रो मनले मानेन र नेपाल गंज तिर प्रस्थान गार्यो l तर केहि किलो मिटर पार गरि सक्दा पुरै मुटुको धड्कन ले काम गर्न छोड्यो, चिसियो l हाम्रो दिमाक ले काम गर्न छोड्यो, सारा अन्धकार भयो l यतिकै मा एम्बुलेन्स फर्किदै थियो l अलि वोर आएपछि पुनः बिरामीलाई छामेर हेदा केहि तातो महसुस भयो र पुनः नेपाल गंज तिर एम्बुलेन्स कुदयो l
जब बाँके को नेपाल गंज अस्पताल मा पुगियो l
त्यहाँ
डा. रबिना उप्रेती र डा. निरज घिमिरे को टिम लाई
हामीले सोधिम
डा. साब अवस्था कस्तो छ l उपचार सम्भब छ?
जबाफ दिदै भन्नु भयो
यसै भन्न सकिन्न 98%गै सकेको छ 2% सम्भब छ l
डा. रबिना उप्रेती र डा. निरज घिमिरे को टिम जस्ले चार दिन सम्मको अथक प्रयास पश्चात बिसाल (घाइते) ले आफैले स्वास प्रस्वास लिने सम्म भयो l
जुन मेरो एउटा साहारा थियो त्यई त्पनि यो अवस्था मा हुँदा l मेरो सारा संसार उजाड हुँदै थियो, मलाई भएङ्कर बज्रपात पर्दै थियो l अर्थात् मेरो मुटु चुडिदै थियो l ऐले मेरो सबै खुसि फिर्ता आएको छ l मेरो छोरोलाई पुनर जन्म
दिने, मेरो जिउँदो भगवान डा. रबिना उप्रेती
मैले वहाका फोटोलाई ठुलो
फ्रेम मा राखेर म सुत्ने कोठाको भित्ता सजाउने छु l