
14/06/2025
एयर इन्डियाको उडान अहमदाबादबाट लन्डन जाँदै थियो - दुर्घटनामा सम्पूर्ण विमान जलेर खरानी भयो।
फलाम पनि पग्लियो, यात्रुहरूको सामान खरानीमा परिणत भयो,सबै यात्रुको मृत्यु भयो... एक जना बाहेक। यसलाई भने एउटा चमत्कार नै मान्न पर्दछ !
तर भगवद्गीताको एउटा पनि पाना जलेन। त्यसमा लेखिएको कुनै शब्द पनि मेटिएन न त कुनै तस्बिर नै धमिलो भयो ! त्यो गीता ती यात्रुहरू मध्ये एकको झोलामा पाइयो रे ! यदि यो चमत्कार होइन भने के हो ? भन्दै अहिले विभिन्न मिडिया संचार माध्यमहरुमा मान्छेहरु प्रचारबाजीमा लागेको छ्न !
हेर त कति संकीर्ण विचार हाम्रो ! कस्तो मानसिकता छ हाम्रो ! झण्डै २९० जना निर्दोष मानिसको ज्यान लिएर एउटा कागजको खोस्टो किताब बचाए रे भगवानले ......! 😇🙁किताब बचाउन सक्ने भगवानले त्यत्रो मानवलाई अग्निमा जल्न त्यसै छोडिदिन्थे होला र ? 🙄
होनी को कोई टाल नहीं सक्ता भनेझै यो भवितव्य हुनु थियो जुन भएरै छोड्यो । गल्ती,कमि,कमजोरी, हेलचेक्य्राइँ के कसो खराबीका कारण यस्तो कहाली लाग्दो घटना हुन पुग्यो त्यस्को छानबीन जाँचपड्ताल भने हुने नै छ ! तर हामी हिन्दुहरु खुद आफ्ना भगवानलाई मूर्ख सावित गर्न तिर भने नलागौं । जय श्री पशुपतिनाथ 🕉️🌺💖🚩🥰🙏