Safal Sansar

Safal Sansar संघर्षका कथा, सफलताका कथा, सकारात्मक खबर, प्रेरक भनाइहरू तथा मनछुने लाइनहरू... दियो जस्तै; उज्यालो छर्ने हाम्रो प्रयास ।

लोकेन्द्र बोहरा जम्मा २३ वर्षका भए । अछाम जस्तो दुर्गम भेगमा जन्मिएका उनले राम्रोसँग पढ्ने अवसर पाएनन् । कक्षामा सधै लास...
25/11/2025

लोकेन्द्र बोहरा जम्मा २३ वर्षका भए । अछाम जस्तो दुर्गम भेगमा जन्मिएका उनले राम्रोसँग पढ्ने अवसर पाएनन् । कक्षामा सधै लास्ट बेन्चमा बस्ने, पढ्न मन नलाग्ने भएपछि पढाइमा प्रगति गर्न सक्दिन जस्तो लग्यो उनलाई । यसैले ९ कक्षा पढेर उनि मजदुरी गर्न भारत लागे । त्यतीबेला उनि १३ वर्षका थिए । तर परिवारले, अझ विशेषगरी दाजुले पढ्नुपर्छ भनेर प्रोत्साहन गरेपछी छोडेको पढाइलाई भारतबाट फर्केर फेरी निरन्तरता दिए ।

यसरी भारतमा मजदुरी गर्दा गर्दै फर्किएका लोकेन्द्रले एसईइ घरमै पढेर पास गरे, अनि हेल्थ असिस्टेन्ट कोर्स गरेर लाइसेन्स निकाले, र लोकसेवाको तयारी गरे । लोक सेवामा नाम निकाल्नु सबैभन्दा कठिन काम मानिन्छ तर उनले फरकफरक प्रदेशमा आयोगले लिने सातवटामा परिक्षा दिए र सतवटैमा लिखित परिक्षा पास गरे । अनि तिन ठाउँमा अन्तर्वार्ता दिए, हाल उनि कर्णाली प्रदेशअन्तर्गत कालीकोट जिल्ला अस्पतालमा अहेव (चौथो तह) पदमा कार्यरत छन् ।

यसरी पढाइमा सक्षम छैन भन्ने लागेको एउटा व्यक्ति परिवार र दाजुको प्रेरणाको कारण पढाइमा सबैभन्दा अब्बल भएर निस्किए । लोकेन्द्रलाई धेरै धेरै बधाई एवं उज्ज्वल भविष्यको शुभकामना छ ।

"पैसा कमाउन सजिलो होला तर राम्रो साथीभाई जुर्न ठूलो भाग्य चाहिन्छ ।" — मदनकृष्ण श्रेष्ठ
25/11/2025

"पैसा कमाउन सजिलो होला तर राम्रो साथीभाई जुर्न ठूलो भाग्य चाहिन्छ ।" — मदनकृष्ण श्रेष्ठ

17/11/2025
सम्झना छ ? साना कक्षा पढ्दा यी कविताहरू भाका हालेर गाउथ्यौ । सायद पटक पटक गाएको भएर होला यी हाम्रो मनमा अविस्मरणीय भएर र...
15/11/2025

सम्झना छ ? साना कक्षा पढ्दा यी कविताहरू भाका हालेर गाउथ्यौ । सायद पटक पटक गाएको भएर होला यी हाम्रो मनमा अविस्मरणीय भएर रहे ।

तलका मध्य कुन कविता तपाईलाई असाध्यै मन पर्थ्यो ?

सिताराम कट्टेलको यो फोटोमा के छुटेको छ थाहा छ ? त्यो हो मुस्कान । तपाई हामी जस्ता लाखौलाई उनको खोसिएको मुस्कानले केही फर...
14/11/2025

सिताराम कट्टेलको यो फोटोमा के छुटेको छ थाहा छ ? त्यो हो मुस्कान । तपाई हामी जस्ता लाखौलाई उनको खोसिएको मुस्कानले केही फरक नपार्ला तर त्यो परिवारको बारेमा सोच्नुस् त जब श्रीमतीले हरेक विहान उठ्दा आफ्नो श्रीमानलाई निरस र उदाश देख्छिन । हरेक पटक विद्यालयबाट फर्कदा छोरीले आफ्नो बुवालाई मुस्कान हराएको निस्तेज देख्छिन । जब एउटी आमाले दुख-सुखका आफ्ना कुरा सुनाउने उमेरमा आफ्नै छोराको दुख देख्नु परेको छ । जब परिवारको खम्बा नै गलेको छ, थाकेको छ, निहुरिएको छ तब त्यो घरमा कसरी उज्यालो छाउला ?! खाना खाने टेबलमा पनि ओठका हासो भन्दा बढी थाल र चम्चाका कर्कस अवाज ज्यादा सुनिन्छ होला ।

ऊ दिन दिनै हर्नाले लाखौका परिवारलाई त केही फरक नपर्ला, तर त्यो परिवारलाई धेरै फरक पर्नेछ जुन परिवारको दायित्व ऊ आफ्नो काँधमा बोकेर हिड्ने गर्थ्यो ।

कुनै बेला थियो 'धुर्मुस' को अभिनय हेरेर नहास्ने कोही थिएनन् । थाहा छैन, आफ्नो करियरमा कतिका मुहारमा उनले मुस्कान ल्याईदिए, तर आज उनैको ओठबाट त्यो मुस्कान हराएको छ ।

यसैले सितारामलई हामीले हर्न दिनहुने छैन, उसको इमानको हामीलाई पाप लाग्नेछ ।

राजनीतिक विचारमा तपाई सहमत हुनुहोस्, नहुनुहोस्, तर यो मान्छे बाट एउटा कुरा सिक्नै पर्छ — जस्तै परिस्थिति आवोस्, हार्न हु...
14/11/2025

राजनीतिक विचारमा तपाई सहमत हुनुहोस्, नहुनुहोस्, तर यो मान्छे बाट एउटा कुरा सिक्नै पर्छ — जस्तै परिस्थिति आवोस्, हार्न हुँदैन । यो राज्यसँग लड्नेहरूलाई कतिसम्म शारीरिक र मानसिक रुपले विक्षिप्त बनाउदछन् भन्ने कुरा पांच वर्ष देखि न्याय खोजिरहेका सिताराम कट्टेलको दयनीय रुपले देखाउछ । तर यो मान्छेले आफूलाई कहिल्यै 'हरूवा' स्वीकार्ने सकेन । संसद बन्न एक पटक जितेर पुगेन, दुइ दुइ पटक चुनाव लड्नुपर्यो । गृहमन्त्री हुँदा सिंगो विपक्षी पार्टी उसको विरुद्धमा उभियो । राज्यले नै ऊ विरुद्ध मुद्दा दायर गर्यो, एक ठाउँमा होइन ठाउ ठाउमा । एक कसुरमा होइन, अनेकन कसुरमा । एउटा रातको निद्रा एउटा ठाउँमा र आर्को रातको निद्रा अर्को ठाउँमा गर्दै जिल्ला जिल्ला डुलाइयो । अदालतले जब तारेख दिन मानेन, उसलाई जेल हाल्न राज्यले एक रात पनि कुरेन, सयन कक्षमा नै प्रहरी हत्कडी लगेर पुग्यो ।

पलाईले टालिएको निस्सासिने जेलमा पनि उसले हार स्वीकार गरेन, न्यायको लागि जिल्ला, उच्च हुँदै सर्वोच्चसम्म पुग्यो तर पनि उसको पक्षमा कहिल्यै फैसला आएन । उसैलाई दशौँ घण्टा लगाएर बयान लिइयो । र, पनि जहाँ जहाँ देखियो ऊ हासेकै देखियो । जहिल्यै मुस्कुराएकै देखियो । भोलिको कुन आशमा बचेको छ थाहा छैन तर उस्तै आशा, उस्तै आत्मविश्वास, उस्तै जोश अनि उस्तै जवानी ।

रविन्द्र मिश्रसंगको भेटमा उनले भनेका थिए रे, 'म त यहाँ मजामा छु दाइ, तनावमा त तिनीहरू छन् ।'

यार, यतिका तनावका बीच बाच्न र सकारात्मक सोच्न त कसैले रवि लामिछानेबाट सिकोस् ।

...हरेक दिन सूर्यले नयाँ विहान बोकेर आउछ, हरेक नयाँ विहानले नयाँ सम्भावना लिएर आउछ, यसैले जीवनमा सधै आशावादी रहनुस, आफ्न...
14/11/2025

...हरेक दिन सूर्यले नयाँ विहान बोकेर आउछ, हरेक नयाँ विहानले नयाँ सम्भावना लिएर आउछ, यसैले जीवनमा सधै आशावादी रहनुस, आफ्नो हिम्मतलाई वर्करार राख्नुस्, आफ्नो संघर्षलाई कहिल्यै नछोड्नुहोस् ।

इश्वरले चाहे मृत्यु पनि जित्न सकिन्छ — उनि हुन् लिंकन हल । २००६ सालको कुरा हो जब उनि सगरमाथा चढ्ने क्रममा २८,००० फिट माथ...
14/11/2025

इश्वरले चाहे मृत्यु पनि जित्न सकिन्छ — उनि हुन् लिंकन हल । २००६ सालको कुरा हो जब उनि सगरमाथा चढ्ने क्रममा २८,००० फिट माथी पुगेका थिए, तब उनि अस्वस्थ भए । उनको आँखा स्थिर भए, स्वास नचलेझैँ भयो, उनी अचेत प्राय: भए । साथीहरूले उनलाई व्युताउने हरसम्भव प्रयास गरे । तर सकेनन्, र उनलाई मृत भएको घोषणा गरियो । उनको हातबाट पञ्जा झिकियो, इन्सुलेटेड ज्याकेट खुला राखियो, टाउकोको न्यानो टोपी पनि झिकियो । अक्सिजन पनि लगियो । चिसो हिउ माथी, पानि र खाना विना एकातर्फ दश हजार फिट गहिराइ भएको हिउचुचुरोको एउटा छेउमा राखेर परिवारलाई खबर गरियो कि लिंकन हाल जीवित छैनन् ।

तर इश्वरको कृपा नै भन्नुपर्छ, त्यो रातभर लिंकन हिल जीवित रहिरहे । उनको हात चिसोले मैनवत्ति झैँ भएको थियो, मस्तिष्क जमेको थियो तर उनको स्वास जारी थियो । भोलिपल्ट विहान एउटा शेर्पा सहितको टोलीले उनलाई देखे । जसै उनि लिंकन हलको नजिक गए उनि बर्वराइ रहेका थिए ।

सबैलाई यो चमत्कार भए झैँ लग्यो, किनभने त्यो स्तरको चिसोमा विना अक्सिजन, विना न्यानो कपडा, विना खाना, खुला शरीरले जीवित नै रात कटाउनु असम्भव थियो । तर पनि जीवित भए । त्यसपछि उनले ७ वटा पुस्तक लेखे, संसारभर आफ्नो अनुभव बाढे र मानवीय सहायताको काममा अग्रसर भए ।

सानो बच्चा काखमा च्यापेर एक महिला कोरियाको सोलबाट अमेरिकाको सान फ्रान्सिस्कोका लागि उड्दै थिइन् । यसको लागि १० घण्टाको उ...
13/11/2025

सानो बच्चा काखमा च्यापेर एक महिला कोरियाको सोलबाट अमेरिकाको सान फ्रान्सिस्कोका लागि उड्दै थिइन् । यसको लागि १० घण्टाको उडान समय लाग्दथ्यो । यसैले यी आमाले विमानमा रहेका २०० भन्दा बढी यात्रुलाई प्लास्टिकको झोला वितरण गरिन् । जहाजमा आफ्नो ४ महिनाको सानो बच्चाले उडानको क्रममा रोएर रूलाई असर पर्न सक्ला भनेर अग्रिम माफी सहित झोला भित्र क्यान्डी, च्युइङगम र इयरप्लगहरू राखिएका थिए ।

झोलामा एउटा सन्देश पनि थियो जसमा लेखिएको थियो — 'नमस्ते, म Jan Woo हुँ । म ४ महिनाको भएँ । आज म मेरी आमा र हजुरआमासँग मेरी काकीलाई भेट्न अमेरिका जाँदै छु। म अलिकति नर्भस र डराएको छु । हवाईजहाजमा यो मेरो जीवनको पहिलो उडान हो । यो यात्राको कममा म रुन, कराउन सक्नेछु । सकेसम्म म शान्त रहन कोशिस गर्नेछु, तर म तपाईंलाई यो वाचा गर्न सक्दिन । यदि म धेरै चर्को आवाजमा रोएछु भने कृपया यो प्रयोग गर्नुहोस् । यहाँको यात्रा सुखदायी रहोस भन्ने कामना गर्छु । धन्यवाद ।'
..अरूको स्वतन्त्रताको सम्मान गर्ने कोरियनहरूको संस्कृति असाध्यै मन पर्यो ।

सफलताको आसु — आइजीपीको दर्ज्यानी चिन्ह थाप्दै गर्दा दानबहादुर कार्कीको आँखामा आसु टिलपिलाए । यो उनको जीवनको ठूलो सफलता थ...
13/11/2025

सफलताको आसु — आइजीपीको दर्ज्यानी चिन्ह थाप्दै गर्दा दानबहादुर कार्कीको आँखामा आसु टिलपिलाए । यो उनको जीवनको ठूलो सफलता थियो । औसत परिवारमा जन्मिएका दानवहादुर कुनैबेला सहरमा पढ्न जान चाहन्थे, तर घर परिवारले मानेको थिएन । सानैदेखि विद्रोही स्वाभाव भएका उनि त्यतीले कहाँ रोकिन्थे । उनि च्यातिएको एउटा झोला लिएर भोटे दमाइकहाँ गएर सिलाएर काठमाडौं छिरे ।

पढाईमा अब्बल भएका उनले इन्स्पेक्टरमा नाम निकाले । यसपछि सुरु भएको उनको सफलताको यात्रा उकालो चढीरह्यो । विभिन्न मान पदावी र पुरस्कार पाए र आज अन्तत: आइजीपीसम्म बन्न सफल रहे । तर उनले आफ्नो विगतलाई कहिल्यै भुलेनन्, कुनै विवादमा पनि तानिएनन् ।

एकदिन तिनै भोटे दमाइको चौरासी पुजा हुदै छ भन्ने थाहा पाएपछी उनि सुटुक्क गाउ पुगे, हातमा विस हजार थमाउदै विगतलाई सम्झिदै भने, 'मेरो सफलतामा उहाँ (भोटे दमाई)को योगदान बिर्सन मिल्दैन ।'

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की लाई सफल कार्यकालको शुभकामना छ ।

सिताराम कट्टेल आफ्नो सफलताको उत्कर्ष्णमा थिए । त्यसैबेला नेपालमा विनाशकारी भूकम्प आयो । हजारौं व्यक्ति घरवारविहिन भए । य...
13/11/2025

सिताराम कट्टेल आफ्नो सफलताको उत्कर्ष्णमा थिए । त्यसैबेला नेपालमा विनाशकारी भूकम्प आयो । हजारौं व्यक्ति घरवारविहिन भए । यो अवस्थामा सिताराम कट्टेललाई लाग्यो, केही गर्नुपर्छ । उनीहरू राहत बढ्न पहारी वस्ती पुगे, तर बस्ने थात्थालो सबै तहसनहस भएको थियो । यसैले वस्ती बनाउने विचार आयो । उनले सहयोगको अपिल गरे, सहयोग जुट्यो पनि । वस्ती बन्यो । पहारी बस्ती मात्र होइन, यसै गरी गिराउनचौरमा वस्ती निर्माण गरे । महोत्तरीमा मुसहर वस्ती निर्माण गरे । यसपछि उनीहरू यतिमै रोकिएर कलाकारितामा फर्कने सोचमा थिए, तर सहयोग आउने क्रम रोकिएन ।

र, यसै क्रममा उनीहरूले क्रिकेट रंगशाला निर्माण गर्नेसम्मको आँट गरे । यहीँबाट सफलताको उत्कर्ष ओह्रालो लाग्न थाल्यो । सरकारले ढाडस दिएको थियो, केही परे हामी छौ भनेर । तर समयक्रमसँगै सबैले सहयोगका हात झिक्न थाले । सबै जिम्मेवारी धुर्मुस-सुन्तलीको काँधमा आयो । त्यो जिम्मेवारी जेनतेन त धान्न कोसिस त गरे, तर सहयोग रकम उठ्न छोड्यो ।

एउटा जोडीले कतिसम्म थोगोस्, अन्तत: योजना रोकियो । ऋणको ठूलो दायित्व उनिहरूको काँधमा आयो । हिजोसम्म भगवान मान्नेहरू आज ठग भन्न सुरु गरे । भ्रष्टचारको आरोप लाग्यो । अब एक निद्रा सुत्न पनि ट्याब्लेट खानुपर्ने भयो । स्कुलमा छोरीलाई 'ठगको छोरी' भन्न थाले । कलाकारिताबाट टाढिए । र, एकाएक सबैका प्रियबाट अप्रिय बन्न पुगे । उनका बोली र विन्ती अब झुटा र टर्रो लाग्न थाल्यो । ज्वारोले थालिदा पनि राहत वितरणका लागि हिएको त्यो शरीरलाई 'जे गएर आफ्नै गोजी भर्न गरे' भनेर तिरस्कृत गरियो ।

तर आज, उनले गरेको खर्च भन्दा बढी त काम नै भएको सरकारी रिपोर्ट आयो । कम्तिमा भ्रस्टाचार गरेको छैन भनेर रिपोर्टले त प्रमाणित गरिदियो । तर थाहा छैन, यो समाज सोच्दै नसोची, बुझ्दै नबुझी लगाएको आरोप र दिएको मानसिक यतनाको भर्पाइ धुर्मुस-सुन्तलीले कहिले पाउने हुन् ।

कहिले देख्न पाउने हो, जगलाई हसाउने ती कलाकारको आफ्नै ओठमा हाँसो फर्किएको ?!

"...जीवन सिकाइ हो, जीवन भोगाइ हो । जीवन अनन्तरुपमा जहिले पनि सिकिरहिन्छ । मैले अब यो कुरामा जाने, परिपक्व भए भनेर कहिले ...
02/11/2025

"...जीवन सिकाइ हो, जीवन भोगाइ हो । जीवन अनन्तरुपमा जहिले पनि सिकिरहिन्छ । मैले अब यो कुरामा जाने, परिपक्व भए भनेर कहिले पनि सकिदो रहेनछ । हरेक दिन मैले केही न केही नयाँ कुरा सिके जस्तो लाग्दो रहेछ । त्यो जिज्ञासुपन कहिल्यै पनि नत्याग्नु नै सही अर्थमा जीवन हो ।"

— टिकाराम यात्री

Address

12/97 99 Oaks Avenue Dee Why
Kathmandu
2099

Alerts

Be the first to know and let us send you an email when Safal Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Safal Sansar:

Share

प्रेरणाका क्षेत्रमा अझ लागि पर्दै

प्रेरणाको क्षेत्रमा अझ एक कदम अघि बढ्दै ! नेपाली भाषामा वृहत सामाग्रीहरु सहित नेपालकै सबैभन्दा ठुलो फेसवुक पृष्ठ अनि वेवसाइट ! आजै हाम्रो पेज लाइक एवं वेवसाइट लग अन गर्नुहोस : www.thesuccessnews.com/nepali