12/05/2026
📍 अर्नमा गाउँपालिकाद्वारा महत्वपूर्ण परियोजना प्रस्ताव पेश
मिति २०८३/०१/२८ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, जनकपुरधाम मधेश प्रदेशमा माननीय मुख्यमन्त्रीज्यू, अर्थमन्त्रीज्यू, भौतिक पूर्वाधार मन्त्रीज्यू, कृषिमन्त्रीज्यू तथा कृषि मन्त्रालयका सचिवज्यूहरूको गरिमामय उपस्थितिमा “अर्नमा एकीकृत कृषि–जीविकोपार्जन तथा सामाजिक सुरक्षा कार्यक्रम” अन्तर्गत परियोजना प्रस्ताव पेश गर्ने महत्वपूर्ण अवसर अर्नमा गाउँपालिकालाई प्राप्त भएको छ।
यस परियोजनाले कृषि विकास, रोजगारी सिर्जना, जीविकोपार्जन सुदृढीकरण तथा सामाजिक सुरक्षामार्फत समृद्ध, आत्मनिर्भर र दिगो समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गाउँपालिकाले लिएको छ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष अशोक यादव लगायत गाउँपालिकाका जनप्रतिधिनी को समेत उपस्थिति रहेको थियो।
#अर्नमा_गाउँपालिका
#कृषि_विकास
#समृद्ध_अर्नमा
#मधेश_प्रदेश