Aafnokhabar.com

Aafnokhabar.com Aafnokhabar is an online news portal site giving you daily updates on breaking news of Nepal.

लोडसेडिङ समाप्त भएको प्राधिकरणको घोषणाकाठमाडौं २३ ,चैत  नेपाल विद्युत् प्राधिकरणले मुलुकबाट लोडसेडिङ पूर्णरुपमा हटेको दा...
04/04/2017

लोडसेडिङ समाप्त भएको प्राधिकरणको घोषणा

काठमाडौं २३ ,चैत
नेपाल विद्युत् प्राधिकरणले मुलुकबाट लोडसेडिङ पूर्णरुपमा हटेको दाबी गरेको छ ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी वर्षदेखि बिजुली निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताए । आगामी वैशाख महिनादेखि उद्योगहरुमा २४ सै घन्टा विद्युत आपूर्ति हुने उनले बताए । अहिले उद्योगमा साँझ ४ घन्टाबाहेक देशको कुनैपनि भेगमा लोडसेडिङ नरहेको उनले बताए ।

माथिल्लो तामाकोसी आयोजनासहित अरु आयोजनाबाट विद्युत् उत्पादन भइ मागभन्दा बढी विद्युत् उत्पादन हुने उनले बताए । पत्रकार सम्मेलनमा घिसिङले अर्को वर्षायाममा नेपालले बिजुली निर्यात गर्ने महत्वाकांक्षी योजना पनि सार्वजनिक गरे । भारतबाट आयात हुनेबाहेक स्वदेशी आयोजनाबाटसमेत आगामी वर्ष २०० मेगावाट बराबर विद्युत् थप हुने उनले बताए । बिजुलीको अत्याधिक माग हुने र उत्पादन कम हुने समयसमेत पार गरिसकेकाले अब लोडसेडिङ नहुने र अर्को वर्ष बिजुली निर्यात गर्नसक्ने उनको भनाइ थियो । उनले गत वर्षकोभन्दा यो वर्ष भारतबाट आयातित विद्युत्को अंश घटेको दाबी पनि गरे ।

गत वर्ष भारतबाट कुल विद्युत् आपूर्तिको ३५ प्रतिशत हिस्सा आयात भएको र यस वर्ष ३३ प्रतिशतमात्रै रहेको उनले बताए ।

यी हुन सप्तरी घटनाका डिजाईनर ,त्यसै हानिएको होइन गोलि !सबैभन्दा रहस्यमय कहाँनिर छ भने एमालेको सभा सफलतापूर्वक सम्पन्न भए...
08/03/2017

यी हुन सप्तरी घटनाका डिजाईनर ,
त्यसै हानिएको होइन गोलि !

सबैभन्दा रहस्यमय कहाँनिर छ भने एमालेको सभा सफलतापूर्वक सम्पन्न भएपछि गोली चलेको छ । सरकारी गोली लागेर मधेशी जनता मरेका छन्, तर दोष भने प्रतिपक्षी दल एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई लगाइएको छ

सप्तरीमा सोमबार भएको अनपेक्षित घटनाले यतिबेला नेपाली राजनीति तरंगित भएको छ । घटनापछि विभिन्न खाले प्रतिक्रिया पनि आइरहेका छन् । तर, धेरै प्रतिक्रियाहरु हेर्दा सतही खाले देखिन्छन् । सप्तरी घटना त्यसै भएको होइन । यो घटनाका सन्दर्भमा टिकाटिप्पणी गर्नुपहिले यसका केही पृष्ठभूमिलाई केलाउन जरुरी छ । किनकी सप्तरी गोलीकाण्डका पछाडि धेरै पूर्वाग्रह र इशाराहरु लुकेका छन् ।

नेकपा एमालेलाई केही समययता मधेश विरोधी आरोप लाग्दै आएको छ । खासगरि संविधान निर्माणका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिएका चट्टानी अडान र त्यसपछिका भूमिकालाई लिएर उनीमाथि धारे हात लगाउनेहरु धेरै छन् । आवरणमा मधेशी मोर्चा ओलीको कट्टर आलोचक बनेर देखिएको छ । तराई-मधेशकै झापामा हुर्किएका र त्यहींका जनताले जिताएर पठाएका ओलीलाई उनीहरु जनताको प्रतिनिधि नै मान्दैनन् । ओलीलाई घेराबन्दीमा पार्न उनीहरुले संसदमा खेलेको भूमिका नै पर्याप्त छ ।

एमालेले आफूमाथिको भ्रम चिर्न र देशव्यापी निर्वाचनको माहौल बनाउन मधेश केन्द्रीय कार्यक्रम गर्नु स्वभाविक थियो । शान्तिपूर्वक सभा, सम्मेलन गर्नु र जनतामाझ पुग्न पाउनु उसको अधिकार पनि हो । मधेशविरोधी पार्टी भन्नेहरु त एमालेको अभियानबाट खुसी पर्दथ्यो । किनकी एमाले मधेशी जनताको माझमा गएर आफ्ना कुरा स्पष्ट राख्न खोज्दै थियो । आफूमाथिका आरोपलाई चिर्दै मधेशका जनतासँग भावना साँट्दै थियो । तर, एमालेको अभियानलाई जसरी पनि बिथोल्ने र मधेशमा छिर्नै नदिने खाले जुन हर्कतहरु भए त्यसैको परिणाम हो, सोमबारको सप्तरी काण्ड । आवरणमा एमाले र मधेशी मोर्चाबीचको लडाईंझैं देखिए पनि यसको पछाडि ठूलै समूह सक्रिय छ ।

त्यसको प्रमुख नायक हुन्, गृहमन्त्री विमलेन्द्र निधि । उनले फागुन १५ गते सिरहाको लहानमा एमालेलाई बढार्ने गरी लाग्न कार्यकर्ताहरुलाई आदेश दिएका थिए । एमालेविरुद्ध भण्डाफोर अभियान चलाउन अन्य दलसँग पनि सहकार्य गर्ने उनको उद्घोष थियो । देशको गृहप्रशासन सम्हालेको व्यक्ति कुनै एउटा पार्टीको मात्र हुन सक्दैनन् । राष्ट्रिय सुरक्षा, अखण्डता जोगाउँदै शान्ति सुव्यवस्था कायम गर्ने उनको दायित्व हो । तर, पदीय मर्यादाविपरीत उनले जसरी अभिव्यक्ति दिए त्यसले मधेशी मोर्चाका कार्यकर्तालाई झनै उत्तेजक बन्न प्रेरित गर्यो । मेची– महाकाली अभियानमा निस्कनुअघि नै एमालेले विज्ञप्ति जारी गरी गृहमन्त्रीको भनाइप्रति ध्यानाकर्षण जनाएन, अप्रिय घटना भए जवाफदेही हुनुपर्ने सचेत गराइसकेको थियो । भलै गृहमन्त्री निधिले आफूले त्यस्ता कुरा नबोलेको भन्दै ढाकछोप गर्दै आएका थिए ।

यहीबीचमा गौर हत्याकाण्डमार्फत राजनीतिमा उदाएका उपेन्द्र यादव र बाबुराम भट्टराईको पार्टीबीचको साँठगाँठ एवं उनीहरुका अभिव्यक्ति पनि घटनामा जिम्मेवार छन् । एमालेमुक्त मधेश बनाउन अपिल गर्ने बाबुराम भट्टराईसँग उपेन्द्रको पार्टीले केही दिन अघिमात्रै सहकार्यका लागि सहमति जनाएका थियो । एमालेलाई स्थायी दुष्मन ठान्ने उपेन्द्र यादवका पार्टीका जिल्ला अध्यक्षले नै सोमबार सप्तरीको एमालेविरुद्धको जुलुसको नेतृत्वकर्ता थिए ।

कार्यक्रम गर्न पाउनु एमालेको अधिकार हो भने त्यसलाई शान्तिपूर्वक विरोध गर्न पाउनु मोर्चाको पनि अधिकार हो । तर, सबैभन्दा रहस्यमय कहाँनिर छ भने एमालेको सभा सफलतापूर्वक सम्पन्न भएपछि गोली चलेको छ । सरकारी गोली लागेर मधेशी जनता मरेका छन्, तर दोष भने प्रतिपक्षी दल एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई लगाइएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादीका शीर्ष नेता नारायणकाजी श्रेष्ठको भनाइलाई आधिकारिक मान्ने हो भने प्रधानमन्त्रीले गोली चलाउने आदेश नदिँदा नदिँदै कस्को आदेश र इशारामा गोली चलाइयो ? प्रश्न गम्भीर छ । प्राप्त भिडियो र तस्वीरहरु हेर्ने हो भने पनि स्थिति सम्हाल्नै नसक्ने अवस्थामा देखिन्न । एमालेको कार्यक्रम अवधिभर पनि जुलुसहरु भएकै थिए । एमाले नेता-कार्यकर्तालाई लक्षित गरी प्रहार पनि गरिएको थियो । तर, एमालेको कार्यक्रम सकिएपछि किन र कस्को स्वार्थमा गोली हानियो ? एमालेलाई फसाउने र कार्यक्रम बिथोल्नमा गृह प्रशासन नै लागेको आशंकालाई यसले पुष्टि गरेको छ । गृहमन्त्रीको उत्तेजक अभिव्यक्ति र सप्तरी घटनाको बीचमा तालमेल देखिन्छ । एमालेको अभियानबाट आत्तिएको काँग्रेस र त्यसका गृहमन्त्री निधि यो घटनाका मुख्य जिम्मेवार हुन् । नत्र सुरक्षाको दृष्टिले जटिल मानिएको सप्तरीमा कार्यक्रम सकिएपछि कुन गोली हानिन्थ्यो ? गोली काण्ड गराएर ध्यान अन्यत्रै मोड्ने यो गृहमन्त्रीको चाल हो । एमालेको अभियानलाई जसरी पनि रोक्ने, मधेशी समुदायमा एमालेप्रति आक्रोश थप्ने गृहमन्त्रीको कुचेष्टा यसले पुष्टि गरेको छ । एमाले र मधेशी मोर्चालाई आमनेसामने पारेर आफ्नो राजनीतिक अभिष्ट प्राप्त गर्ने निधिको खेल सप्तरी काण्डले उदांगो पारेको छ । किनकी मधेशमा एमालेको प्रतिस्पर्धा मधेशी मोर्चासँग होइन्, काँग्रेससँग नै हो । मधेशी मोर्चाको काँधमा बन्धुक राखेर मधेशकै जनता मार्ने र त्यसको दोष एमालेलाई थुपार्ने उनको चाहना सफल भएको छ । तर, लासको राजनीतिले कहिलेसम्म उनको कुर्सी टिक्ला ?

जहाँसम्म एमालेमाथिको आरोपको कुरा छ । के एमालेले शान्तिपूर्वक सभा सम्मेलन नै गर्न नपाउने ? एमालेले मधेशमा सभा गर्न नपाउने अनि मधेश केन्द्रीत दलले हिमाल-पहाडमा गर्न नपाउने भन्ने हुन्छ ? एमालेका केही नेताहरुको अभिव्यक्तिको विषयमा समिक्षा हुन सक्ला । तर, एमालेलाई रोक्ने, कार्यक्रम नै गर्न नदिने, कार्यक्रम बिथोल्न आदेश दिने यो कस्तो लोकतान्त्रिक चरित्र हो ? यसैका लागि ल्याइएको हो सयौंको बलिदानीबाट लोकतन्त्र ?

वीरगन्जको घन्टाघर चोकमा मोर्चाका नेता कार्यकर्ता र व्यापारीबीच झडप पर्सा/ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्य...
08/03/2017

वीरगन्जको घन्टाघर चोकमा मोर्चाका नेता कार्यकर्ता र व्यापारीबीच झडप

पर्सा/ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ता र व्यापारीबीच आज वीरगन्जको घन्टाघर चोकमा झडप भएको छ ।

मधेसी मोर्चाका नेता कार्यकर्ताले बजार बन्द गराउने क्रममा व्यापारीमाथि हातपात गरेपछि व्यापारीले प्रतिकार गरेका हुन् ।

बजार बन्द गराउने क्रममा आन्दोलनकारीले वीरगन्जको मिना बजारमा रहेका किराना पसल सञ्चालकलाई कुटपिट गरेपछि सोको विरोधमा व्यापारी एकजुट भई आन्दोलनकारीको प्रतिकार गरेका हुन् ।

व्यापारी र आन्दोलनकारीबीचको झडपका कारण वीरगन्जको घण्टाघर क्षेत्र तनाबग्रस्त बनेको छ । व्यापारीले गरेको प्रतिकारमा परी राष्ट्रिय मधेस समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रेमबाबु पटेल समान्य घाइते भएका छन् ।

व्यापारी र आन्दोलनकारीबीचको भिडन्तलाई रोक्न स्थानीय प्रशासनले वीरगन्जको घण्टाघर चोकमा भारी सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरेको छ ।

मोर्चाले आह्वान गरेको दुईदिने मधेस बन्दको आज दोस्रो दिन वीरगन्जमा रहेको बजार, उद्योग, वित्तीय संस्था शैक्षिक संस्था, सवारी साधन सञ्चालनमा आएका छैनन् ।

वीरगन्जबाट मुलुकको विभिन्न स्थानका लागि सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनमा नआउँदा सेवाग्राही मारमा परेका छन् ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Aafnokhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share