Nepali Super Jokes

Nepali Super Jokes Nepalpatra - News of Nepal and Nepali
(441)

माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन प्रा. लिद्वारा संचालित अनलाईन पत्रिका नेपालपत्र डटकम डट (http://nepalpatra.com) मार्फत राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, साहित्य, खेलकुद, स्वास्थ्य, बिज्ञान तथा प्रविधि लगायत सबै क्षेत्रका निष्पक्ष समाचारहरु र लेखहरु समावेश गर्दै आई रहेका छौ ।

‘नेपालपत्र’ राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आमजनताको पक्षधर समाचार पोर्टलका रुपमा रहदै आई रहेको छ ।

नेपालको सार्वभौ

मिकता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको उन्नति र समृद्धिका लागि सधै प्रयत्नरत रहनेछौ ।

नेपाली जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता गर्दैनौ ।

राष्ट्रपति पौडेलसमक्ष थप ५ जना मन्त्रीहरुको नाम सिफारिस काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थप ५ जना मन्त्रीहरुको...
21/09/2025

राष्ट्रपति पौडेलसमक्ष थप ५ जना मन्त्रीहरुको नाम सिफारिस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थप ५ जना मन्त्रीहरुको नाम सिफारिस गरिएको छ । प्रधानमन्त्री सुशिला कार्कीले राष्ट्रपति पौडेलसमक्ष आज राती ५ जनाको नाम सिफारिस गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसमक्ष थप ५ जना मन्त्री सिफारिस भएसँगै मन्त्रिपरिषद् ९ सदस्यीय हुने भएको हो । अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेलको नाम मन्त्रीमा सिफारिस भएका हुन् ।

स्रोतका अनुसार सिन्हालाई कानून, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परियारलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय दिइएको छ । यस्तै मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खरेललाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय दिइएको छ ।

विज्ञान तथा प्रविधिमन्त्रीमा महावीर पुनको नाम सिफारिस काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रवि...
21/09/2025

विज्ञान तथा प्रविधिमन्त्रीमा महावीर पुनको नाम सिफारिस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा महावीर पुनको नाम सिफारिस गरेकी छिन् । उनले आज आइतबार राष्ट्रपति समक्ष पुनको नाम सिफारिस गरेकी हुन् । वैज्ञानिक तथा सामाजिक अभियन्ताका रुपमा चिनिएका पुन राष्ट्रिय आविष्कार केन्द्रका परिकल्पनाकार एवं अध्यक्ष समेत हुन् ।

कृषिमन्त्रीमा मदन परियारको नाम सिफारिस काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कृषि तथा पशुपन्छी विकासमन्त्रीमा मदन परि...
21/09/2025

कृषिमन्त्रीमा मदन परियारको नाम सिफारिस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कृषि तथा पशुपन्छी विकासमन्त्रीमा मदन परियारको नाम सिफारिस गरेकी छिन् । उनले आज आइतबार राष्ट्रपति समक्ष परियारको नाम सिफारिस गरेकी हुन् ।

उद्योग र भूमि व्यवस्थामन्त्रीमा अनिल सिन्हाको नाम सिफारिस काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले उद्योग वाणिज्य तथा आप...
21/09/2025

उद्योग र भूमि व्यवस्थामन्त्रीमा अनिल सिन्हाको नाम सिफारिस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा अनिलकुमार सिन्हाको नाम सिफारिस गरेकी छिन् । उनले आज आइतबार राष्ट्रपति समक्ष सिन्हाको नाम सिफारिस गरेकी हुन् ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हालाई दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी मन्त्री सिफारिस गरिएको हो । सिन्हाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस भइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रको नाम सिफारिस काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री...
21/09/2025

स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रको नाम सिफारिस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा डा. संगीता मिश्राको नाम सिफारिस गरेकी छिन् । उनले आज आइतबार राष्ट्रपति समक्ष मिश्राको नाम सिफारिस गरेकी हुन् ।

मिश्र स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव हुन् । मिश्र यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिन्छिन्। उनले थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरिसकेकी छन्।

सञ्‍चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिसकाठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्‍चार तथा सूचना प्रविधिमन्त्...
21/09/2025

सञ्‍चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस गरेकी छिन् । उनले आज आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन् ।

पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए । लामो समयदेखि टेलिभिजन पत्रकारिता गरेका खरेल खरो प्रश्न सोध्ने पत्रकारको रुपमा चर्चित छन्। दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् ।

यी हुन् नियुक्त हुन लागेका ५ जना नयाँ मन्त्रीहरु काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले थप ५ मन्त्री नियुक्तिका लागि र...
21/09/2025

यी हुन् नियुक्त हुन लागेका ५ जना नयाँ मन्त्रीहरु

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले थप ५ मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्। मा उद्योगमन्त्रीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, स्वास्थ्यमन्त्रीमा मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्र सिफारिस भएका छन्।

त्यस्तै कृषिमन्त्रीमा मदन परियार, पत्रकार जगदीश खरेललाई सञ्चारमन्त्री नियुक्तिका लागि सिफारिस भएका छन्। महावीर पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। (स्रोत : नेपालखवर)

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्तकाठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्...
21/09/2025

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले यो निर्णय गरेको हो।

हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रुपमा पठाइएको छ । शाक्यलाई यसअघि पनि ऊर्जा आयोगमै पठाइएको थियो।

सिलवाल प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक हुन् । सिलवाल प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा उनका नजिकका सहयोगी मानिन्छन् । सिलवालको कार्यावधि ४ वर्षको रहने छ।

हितेन्द्रलाई भेटेपछि कुलमानको मोड बदलियो : मनोज सिलवाल नियुक्त गर्ने तयारीकाठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कु...
21/09/2025

हितेन्द्रलाई भेटेपछि कुलमानको मोड बदलियो : मनोज सिलवाल नियुक्त गर्ने तयारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई बनाउने तयारी गरेका छन् ।

घिसिङले आजै शाक्यसँग पनि छलफल गरेका थिए । यस्तै आइतबार सिलवाललाई मन्त्रालयमा बोलाउँदै छलफलसमेत गरे । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङ बर्खास्त गरेपछि शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । (स्रोत : बाह्रखरी)

दाङ देउखुरीको चुरे पहाडमा अवस्थित जखेरा तालदाङ । दाङ देउखुरीको लमही नगरपालिका–३ स्थित चुरे पहाडको काखमा करिब सात बिघा क्...
21/09/2025

दाङ देउखुरीको चुरे पहाडमा अवस्थित जखेरा ताल

दाङ । दाङ देउखुरीको लमही नगरपालिका–३ स्थित चुरे पहाडको काखमा करिब सात बिघा क्षेत्रफलमा फैलिएको जखेरा ताल। तस्बिरः कुलदीप न्यौपाने, रासस

सोह्र श्राद्धको अन्तिम दिन कागबेनीमा भक्तजनको घुइँचोजोमसोम । सोह्र श्राद्धको अन्तिम दिन आज मुस्ताङको वारागुङ मुक्तिक्षेत...
21/09/2025

सोह्र श्राद्धको अन्तिम दिन कागबेनीमा भक्तजनको घुइँचो

जोमसोम । सोह्र श्राद्धको अन्तिम दिन आज मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ मा अवस्थित कागबेनीधाममा दिवङ्गत पितृका नाममा तर्पण, पिण्डदान र सिदादान गर्ने भक्तजनको घुइँचो । तस्बिरः सुशीलबाबु थकाली/रासस

आशिका तामाङले जेनजी आन्दोलनमा खेलेको भूमिकाप्रति तपाईको धारणा के छ ?
21/09/2025

आशिका तामाङले जेनजी आन्दोलनमा खेलेको भूमिकाप्रति तपाईको धारणा के छ ?

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepali Super Jokes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Super Jokes:

Share

Our Story

पेट मिची मिची हास्न को लागी यो पेज लाईक गर्नुस