17/09/2026
हुप्सेकोटको पेलेगा डाँडामा निस्किएको धुवाँमा कार्बन मोनोअक्साइड भेटियो
नवलपुरको हुप्सेकोट गाउँपालिका–६ स्थित धौवादी फलामखानी नजिकैको पेलेगा डाँडामा निरन्तर निस्किरहेको धुवाँमा कार्बन मोनोअक्साइड ग्यास रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
खानी तथा भूगर्भ विभागका खानीविज्ञ प्रकाश लुईंटेलको नेतृत्वमा बुधबार धुवाँ निस्किरहेको स्थानमा पुगेको प्राविधिक टोलीले प्रारम्भिक परीक्षण गर्दा धुवाँमा कार्बन मोनोअक्साइड रहेको पत्ता लगाएको हो।
खानीविज्ञ लुईंटेलका अनुसार कार्बन मोनोअक्साइड विषाक्त ग्यास भएकाले यसको सम्पर्कमा आउँदा स्वास्थ्यमा असर पर्न सक्छ।
यद्यपि, धुवाँ निस्कनुको वास्तविक कारण र ग्यासको अवस्था यकिन गर्न थप विस्तृत प्राविधिक अनुसन्धान आवश्यक रहेको जनाइएको छ। प्रारम्भिक परीक्षणबाट प्राप्त तथ्यका आधारमा थप अध्ययन तथा परीक्षणपछि मात्र यसको वास्तविक स्रोत र कारणबारे निष्कर्ष निकाल्न सकिने जनाइएको छ।