12/06/2020
यो अहिले काठमाडौको आन्दोलन सामान्य आन्दोलन हैन । यो त भारतिय एजेन्टको ठूलो डिजाइन हो ।
कृपया यो पोस्ट अन्त्यसम्म पढिदिनुहोला ।
यो आन्दोलन कसरी सुरु भयो ?
आज भन्दा एक हप्ता अगाडि सम्म सबै कुरा ठिकै चलिरहेको थियो । अनि एतिकैमा यो आन्दोलन एउटा ठुलो हावाहुरी जस्तो गरेर आयो । मानिसहरु एकाएक सडकमा निस्किए । हजारौ मानिसहरु काठमाडौमा निस्किए । केही अरु जिल्लामा पनि प्रदर्शनमा उत्रिए ।
तिनिहरु को हुन त ?
आन्दोलनकारीहरु पहिलेको जस्ता सामान्य छैनन् । उनीहरुको हातमा आइफोन छ । सबै पढेलेखेका जस्ता देखिन्छन् । उनीहरुको हातमा प्लेकार्ड छ तर अङ्ग्रेजी नारा लेखिएको सामान्य नेपालीले नबुझ्ने । ती प्लेकार्डहरु यति सुन्दर छन् कि जो कोहिलाई पनि लाग्न सक्छ ती कार्ड बनाउन, छाप्न, लेख्न घन्टौ मेहेनेत गरिएको छ ।
आन्दोलनमा उनीहरुले महङ्गो घोडाको मास्क लगाएका छन् जुन नेपालमा सजिलै पाइदैन । अझ Anyonomous को माक्स पनि लगाएका छन् उनीहरुले । उनीहरुको आन्दोलनमा आफ्नै फोटोग्राफर पनि छन् जबकी सामान्यतया आन्दोलनमा मिडियाले मात्र फोटो खिच्ने गर्दछन् । नियोजित प्लेकार्ड बोकेका पोज पोजका तस्वीरहरुलाई फेसबुकमा सेयर गरेर उनीहरु आफैंले भाइरल बनाइरहेका छन् । केरा गणतन्त्र भन्दै केरा लिएर फोटो खिचिरहेका छन् । यस्ता तस्वीरहरु आजसम्म नेपालको कुनै आन्दोलनमा देखिएको थिएन ।
यो देख्दा लाग्छ, आन्दोलनको तयारी रातभर गरेर दिउँसो सडकमा प्रदर्शन भैरहेको छ । र यो आन्दोलनलाई पछाडिबाट अदृश्य रुपमा कसैले उचालिरहेको छ ।
कसरी यो भन्न सकिन्छ ?
यो आन्दोलन एकाएक आएको हुरी जस्तो हो । सामान्य आँखाले हेर्दा जनताको माग राखेर आन्दोलन गरेको देखिएपनि यो कुन बेलामा आयो हेर्नुहोस है !
केही हप्ता अगाडि नेपालको अतिक्रमित भुमि लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक भयो । नेपालको नयाँ नक्सा सार्वजनिक हुने बित्तिकै भारतमा खैलाबैला मच्चियो र भारतले कुनै पनि हालतमा यो नक्सा लागू गर्न नदिने पक्षमा उभियो ।
यता सरकारले आफ्नो सबै सरकारी कार्यालयमा नयाँ नक्सा राख्ने निर्णय गर्यो । नक्सा र निशान छाप आधिकारिक रुपमा फेर्नको लागि संविधानको केही धारामा संसोधन गर्नुपर्ने भयो । संसोधन गर्नको लागि दुई तिहाइ बहुमत चाहिन्छ, जसको लागि काङ्ग्रेस वा अन्य दलको आवश्यकता पर्छ । प्रधानमन्त्रीले यो संसोधन सबै दलको सहमतीमै गरौ भनेर प्रस्ताव राखे किनकी सबै दल सहमत भएमा राष्ट्रिय एकताको सन्देश जान्छ भन्ने कुराको विश्वास प्रधानमन्त्रीलाई थियो ।
अब यस्तो भएपछि भारतले फेरि खेल खेल्न थाल्यो । त्यसैले एकाएक भारतका कुटनैतिक नेता नेपालमा आए । यता सरकारले संसोधन प्रस्ताव दर्ताको लागि प्रतिनिधि सभामा लग्यो । यहि वेला काङ्ग्रेसले संसोधन बिधयकमा छलफल गर्न भन्दै २ दिनको समय माग्यो । काङ्ग्रेसले समय माग गरेपछि त्यो दिन संसोधन प्रस्ताव फिर्ता पठाइयो र दर्ता हुन सकेन । अब भारतिय मिडियामा भारतको जित भएको भन्दै समाचार बजाउन थालियो ।
तर केही दिनको छलफल पछि काङ्ग्रेसले पनि संसोधनमा समर्थन गर्ने जनायो । र अर्को दल जनता समाजवादीले पनि सरकारलाई समर्थन गर्ने जनायो । यसरी संसदमा सबै सान्सदले एकै स्वरमा कालापानी, लिपुलेक हाम्रो हो भने । संविधान संसोधन र नयाँ निशानछाप बन्ने पक्कापक्की भयो ।
यसरी भारतको सबै अस्त्र फेल खायो र सबै पार्टीले संविधान संसोधनको पक्ष जनाएपछि विवेकशील भन्ने फेसबुके पार्टीलाई लिएर यो बेमौसमी आन्दोलन भारतले सुरु गर्यो ।
जेठ २४ गते एउटा फेसबुकमा Private group बनाइयो । यसको नाम थियो: Covid 19 Nepal: Enough is Enough भन्ने ! यो group खोलेको ६ दिनमै जबर्जस्ति एउटाले अर्कोलाई invite गरेर एक लाख जना Member पुर्याइयो । जुन निकै आश्चर्यलाग्दो बिषय हो । मात्र नेपालीहरु, त्यो पनि Private Group अनि ६ दिनमा १ लाख Member! यो एतिकै हुने कुरा पटक्कै होइन ।यहाँ ठुलो शक्तिको हात छ । यो group कसैले आन्दोलनको बारेमा नकारात्मक कुरा गर्यो भने उसलाई तत्काल ब्लक गर्ने गरिन्छ र यो मिसन बिरोधि कमेन्टहरुलाई समेत तत्काल हटाइने गरेको छ ।
यो groupमा: आन्दोलन कसरी गर्ने र अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा चर्चा गरिन्छ । आन्दोलनका नाराहरु के बनाउने भन्ने बिषयमा छलफल गरिन्छ । अनि भोलिपल्ट एकाएक मानिसहरु आन्दोलनमा उत्रिन्छन् । ती मानिसहरु कहाँबाट आइपुगेका हुन् केही थाहा छैन । तर अभियन्ताहरु हेर्दा विवेकशील पार्टीका नेता, कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति देखिन्छ । एक्कासी काठमाडौको सडकमा ठूलो हुल कसरी जम्मा हुन्छ ? के तपाइँले आफ्नो छोराछोरी, घरपरिवारलाई यस्तो आन्दोलनमा जान दिनुहुन्छ ? त्यो पनि कोरोनाको महामारी चलिरहेको बेलामा ।
ऊनीहरु आन्दोलन मात्र गर्दैनन् । हाइ टेक क्यामराबाट फोटो खिच्छन, आन्दोलनको छोटो फिल्म जस्तै बनाउछन अनि फेसबुकमा पोस्ट गर्छन । अङ्ग्रेजी प्लेकार्ड बोकेर आन्दोलन गर्छन् । कुन फोटो भाइरल हुन्छ र कुन हुँदैन भन्ने कुरा उनीहरुलाई राम्ररी थाहा छ । त्यसैले भाइरल हुने खालको फोटो अनि कथा छनोट गर्छन्, प्रहरीले नियन्त्रण गर्न खोज्दा प्रहरी ज्यादती भन्दै फिल्म बनाउछन, फेसबुकमा बुस्ट गर्दै भाइरल बनाउछन । हातमा आइफोन छ, मुखमा महँगो N95 माक्स । यहाँ मध्यम बर्गका मानिसहरु छैनन् । सबै साम्रान्त परिवारका जस्ता देखिन्छन् । नारा पनि अङ्ग्रेजीमै लगाउने गर्दछन् । यस्तो आन्दोलन नेपालमा अहिलेसम्म देखिएको थिएन ।
अब भोलि शनिबार नेपालको संसदबाट लिपुलेक, लिम्पियाधुरा सहितको निशानछाप पारित हुँदैछ, त्यसै दिन यो सरकार विरुद्ध सबै शक्ति लगाएर ठूलो प्रदर्शन गर्दै छ यही नियोजित जमातले । हेर्नुहोला, भारतले आफ्नो सम्पुर्ण बल लगाएर शनिवारको आन्दोलनलाई सफल पार्ने छ । भारतले हाम्रो प्रधानमन्त्रीलाई कुर्सीबाट लडाएर अझ धेरै सिमा कब्जा गर्ने दाउमा छ, जसलाई यी भाडाका प्रदर्शनकारीले साथ दिइरहेका छन् । हेर्दै जानुहोला, भोलि ऐतिहासिक रुपमा नेपालको निशान छाप संसदबाट पारित हुँदै गर्दा यि प्रायोजित मानिसहरु जमात अझ धेरै सडकमा