22/08/2025
चलचित्र नचलेपछि प्रकाश सपुतले घर बेचेरै निमार्तालाई पैसा फिर्ता गर्दै
काठमाडौँ । चर्चित गायक, सर्जक तथा अभिनेता प्रकाश सपुतको चलचित्र बसन्त नचलेपछि घर बेचेरै निमार्तालाई पैसा फिर्ता गर्ने भएका छन । संगित क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको सपुतले संगित क्षेत्रमा मेहनत गरेर कमाएको घर बेचेर डुबेको पैसा निर्माता टीमलाई फिर्ता गर्न लागेका हुन् ।
चलचित्र निर्माणदेखि आफ्नो चलिचित्र चलाउन अथक मेहनत गरेको प्रकाश सपुतको दुभाग्य भनौँ सो चलचित्र चल्न सकेन । चलिचित्र नचल्नुका धेरै कारण होलान् सोमध्येका एउटा कारण चलचित्रका कलाकार टीमले नै उनलाइ सहयेग नगर्नु हो । चलचित्र प्रमोशन गर्नुपर्ने समयमा कलाकाररुले नै साथ मिलेन जसबाट उनको असफलताको कारक यहिँबाट सुरु भयो । उनीसँगैका धेरै कलाकारहरुको साथ उनले खोजेपनि सो अनुसार कलाकार र दर्शकको समेत साथ पाएनन् ।
यसले सपुतलाई एक इमानर व्यत्तित्वको रुपमा चिनाएको छ, जसले आफ्नो घर बेचेर लगानी फिर्ता गर्दैछन् चलचित्र बसन्तको । चलचित्र बसन्तले सोचजस्तो कमाइ गनए सकेन । संगितबाट चलचित्र क्षेत्रमा होमिएका सपुतले चलचित्र बसन्तबाट मनग्य मुनाफा कमाउने आशा गरेका थिए । तर बिडम्बना सबै सोचेजस्तो कहाँ हुन्छ र ? चलचित्र बसन्तले बक्स अफिसबाट २ करोड १० लाख रुपैयाँ मात्र ग्रस कलेक्सन गर्न सफल भएको थियो । यसबाट निर्माता पक्षले ८० देखि ८५ रुपैयाँ मात्र हात पारेका छन् । जसका कारण सपूत चलचित्र निर्माणमा ठूलो घाटामा परेका थिए ।
पूर्ण बहादुरको सारङ्गी फापेको प्रकाश सपुतलाई बसन्तले सोचेजस्तो आम्दाानी गर्न सकेन । बसन्त उनको तेस्रो चलचित्र थियो । यो उनको लागि पहिलो चलचित्र थियो जसमा आफैँले लगानी गर्ने, आफैँले समय खर्चने ।
बसन्त चल्न नसकेपछि उनी अहिले समस्यामा छन् । यद्यपी उनले यहि बीचमा अभिनय गरेका दुई चलचित्र यहि दशैँको छेकोमा प्रदर्शनमा आउँदैछन् । आगामी असोज १३ गते फूलपातिका दिनदेखि उनका दुबै चलिचित्र एकैसाथ रिलिज हुँदैछन् । उनले अभिनय गरेका चलचित्र हरिबहादुरको जुत्ता र माइतिघर एकैदिनबाट प्रदर्शनमा आउन लागेका हुन् । सपुतका लागि अब यो नै अग्नीपरीक्षा र सफलताको बाटो पहिल्याउने मार्ग बन्नेछ ।
चलचित्र बसन्तबाट पछाडि परेपनि उनी संगित यात्रामा निरन्तर सक्रिय छन् । प्रकाश सपुतले हालै मात्र आफ्नै युट्युब च्यानलबाट तीजको नयाँ गीत ‘नाइँ भनेसी नाइँ’ सार्वजनिक गरेका छन् । उनको गीतले मिश्रित प्रतित्रिया पाएको छ । दुई साताअघि रिलिज भएको गीतले शुक्रबार उनको बिहानसम्म साढे ९ बजेसम्म ११ लाख ८३ हजार बढी भ्युज र ३७८९ ओटा प्रतिक्रिया दर्शबाट पाइसकेको छ । गीतमा गायीका समीक्षा अधिकारी र एलिना चौहानले स्वर भरेका छन् । गीतमा नायीका रेखा थापा, प्रकाश सपूत, संजोग बराइली तथा सिम्रन बराइली लगायतको अभिनय छ ।
बागलुङ्गको धम्जामा जन्मिएका सपूतले होटल, फर्निचरको कामदेखि एफएम रेडियो हुँदै काठमाडौँको दोहोरी साँझमा गायन यात्रा सुरु गरेका थिए । २०६९ सालमा एल्बम मार्फत औपचारिक प्रवेश गरेका उनले बोलमाया, गलबन्दी, सकम्बरी, कुरा बुझ्न पर्छ, बदला बरी लै जस्ता सुपरहिट गित दिएका छन् । सिर्जना र गायकीका क्रममा पछाडि फर्कनु नपरेको सपूत चलचित्र प्रदर्शनीको केी समय अघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेर तारिफ गरेपछि उनी दर्शकको तारोमा परेका थिए । सोही कारणले पनि उनको चलचित्रले सोचेजस्तो सफता पाउन सकेन ।
अब दशैंँको फूलपातिमा रिलिज हुने दुई चलचित्रपछि सपूतको सांगितिक र अभिनय यात्रामा पुनः उचाइ ल्याउने वा नल्याउने दर्शकको प्रतिक्रियापछि मात्र थाहा हुनेछ ।