Dang update

Dang update Dang is the most developed district and commercial center of Rapti Zone. CREATORS :- ANIL BHANDARI Originally the zonal capital used to be in Dang.

Ghorahi and Tulsipur are the main commercial hubs for whole Rapti zone.

25/04/2025
Prime Minister KP Sharma Oli“विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ। ऐन ल्याउन भनेर यत्रा शिक्षकहरू सडक आन्दो...
21/04/2025

Prime Minister KP Sharma Oli

“विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ। ऐन ल्याउन भनेर यत्रा शिक्षकहरू सडक आन्दोलनमा आउनु पर्दैन। भर्ना अभियान सुरु भइसकेको छ। कृपया जानुस्, विद्यालयमा गएर भर्ना गराउनुस् । SEE को उत्तर पुस्तिका परीक्षण गर्नुस् । SEE मा ५२ % विद्यार्थी फेल गराइएको भन्ने मेरो भनाइले चित्त नदुखाउनुस्। शिक्षकहरूको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ, शिक्षकहरूलाई लाभ छैन। वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस् । प्रतिगामी तत्त्वहरू सल्बलाएका बेला तपाईँहरूले आन्दोलन गर्ने उपयुक्त समय पनि यो होइन।’

21/04/2025

Breaking Sad News :-
दाङको तुलसीपुरमा गोली प्रहारबाट नेपाल रेडक्रस सोसाइटीका पूर्वसभापति नारायण आचार्यको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-७ मोतिपुर निवासी ८२ वर्षीय आर्चायले आफैलाई गोली हानेर आत्महत्या गरेका छन।

अमेरिकाले नेपाल ल्याएर छोडेका नेपाली नागरिक ।
05/03/2025

अमेरिकाले नेपाल ल्याएर छोडेका नेपाली नागरिक ।

Just In Breaking News :रवि लामिछाने धरौटी बुझाएपछि निस्किएका छन्!
09/01/2025

Just In Breaking News :
रवि लामिछाने धरौटी बुझाएपछि निस्किएका छन्!

काठमाडौँ — सहकारी ठगीका अभियुक्त गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कसुरदार रहेनछन् काठमाडौँ — सहकार...
09/01/2025

काठमाडौँ — सहकारी ठगीका अभियुक्त गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कसुरदार रहेनछन्
काठमाडौँ — सहकारी ठगीका अभियुक्त गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कसुरदार रहेनछन् भन्ने आधार नदेखिएको भन्दै जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । लामिछानेले अदालतसमक्ष बयान दिँदासमेत सहकारी ठगीमा आफ्नो संलग्नता इन्कार गरेपनि अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनको दाबी अस्वीकार गर्दै ६५ लाख धरौटी मागेको हो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले बिहीबार जारी गरेको आदेशमा प्रतिवादी लामिछानेको एकल हस्ताक्षरबाट गोर्खा मिडिया कम्पनीको ८१४ वटा चेकहरूको कारोबार भएको, उनी गोर्खा मिडिया कम्पनीको आधिकारिक व्यक्ति भएको, गोर्खा मिडियामा जानुअघि र कम्पनीबाट अलग भएपश्चात पनि केही चेकहरूमा हस्ताक्षर गरेको देखिएको, प्रबन्ध निर्देशक जस्तो जिम्मेवार पदमा रही चेकमा हस्ताक्षर गर्ने गरेको लगायतका आधार लिएको छ ।
त्यस्तै, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम गितेन्द्रबाबु राईको बैंक खाताबाट रवि लामिछानेको खाता हुँदै गोर्खा मिडिया नेटवर्कमा लगानी भएको देखिएको आदेशमा उल्लेख छ ।
आदेशमा अगाडि लेखिएको छ, 'सहकारीको रकम निज प्रतिवादी (लामिछाने)को खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको तथा अन्य प्रतिवादीहरूसँग देखिएको अन्तरसम्बन्ध र बैंक खाताको ट्रान्जेक्सन (कारोबार) समेतका मिसिलमा संलग्न तत्काल प्राप्त आधार र प्रमाणहरूबाट नीज प्रतिवादी अहिले नै कसुरदार रहेनछन भन्न सकिने मनासिव आधार नदेखिएपनि, तत्काल प्राप्त माथि उल्लेखित प्रमाणहरूबाट प्रतिवादीलाई पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतको आधारमा धरौटी ६५,००,००० (पैसट्ठी लाख रुपैयाँ) नगदै वा सो बराबरको जेथा वा बैंक जमानत दिए लिई तारेखमा राख्नु र नदिए वा दिन नसकेमा दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय कास्कीमा पठाइदिनू ।'
लामिछाने सहकारी ठगीमा कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि सहकारी ठगीमै मुद्दा दर्ता भइसकेको छ ।

Champion Team Janakpur Bolts with NPL's trophy. ❤️
21/12/2024

Champion Team Janakpur Bolts with NPL's trophy. ❤️

Good News :नेपाल प्रिमियर लिगको सर्वोत्कृष्ट नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी बनेका छन् । उनले ओमोडाको कार प्राप्त गरेका ...
21/12/2024

Good News :नेपाल प्रिमियर लिगको सर्वोत्कृष्ट नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी बनेका छन् । उनले ओमोडाको कार प्राप्त गरेका छन।

नेपालका सबै वायुसेवाले युरोप उडान गर्न अझै नपाउने: European Union has not removed Nepali Airlines from EU Air Safety Lis...
15/12/2024

नेपालका सबै वायुसेवाले युरोप उडान गर्न अझै नपाउने: European Union has not removed Nepali Airlines from EU Air Safety List as per recent update. 😞

बीआरआई सम्झौताप्रति गठबन्धनभित्रै संशयकाठमाडौँ — चीन भ्रमणमा जाँदा उत्साहित देखिएका प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न...
06/12/2024

बीआरआई सम्झौताप्रति गठबन्धनभित्रै संशय

काठमाडौँ — चीन भ्रमणमा जाँदा उत्साहित देखिएका प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न शंका र अविश्वासको भारी बोकेर फर्केका छन् । भ्रमणका क्रममा चीनसँग भएको बीआरआईसम्बन्धी सम्झौताका विषयमा टीकाटिप्पणी सुरु भइसकेको छ ।
त्यही कारण बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लर्लेगत्तै प्रधानमन्त्री ओलीले चीनसँग भएको सम्झौतामा ऋणको कुरा कहीँकतै उल्लेख नभएको प्रस्टोक्ति दिएका छन् ।
बेइजिङमा बुधबार हस्ताक्षर गरिएको ‘बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्क’ लाई लिएर सत्तारूढ कांग्रेसभित्र तरंग उत्पन्न भएको छ । प्रधानमन्त्री ओली भ्रमणमा निस्कनुअघि सत्तारुढ दुई दलबीच बनेको साझा धारणालाई ‘संशोधन’ गरेर चीनसँग सम्झौता गरिएको प्रतिक्रिया कांग्रेसका कतिपय नेताले दिइरहेका छन् । चीनबाट फर्केपछि बालुवाटारमा कांग्रेस नेताहरूसँग भएको छलफलमा समेत ओलीले सम्झौताबारे
प्रस्टोक्ति दिए ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको राजनीतिक संयन्त्रको बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीले बिहीबार साँझ कांग्रेस नेताहरूसँग छलफल गरेका थिए । संयन्त्रको बैठकमा भने ओली उपस्थिति थिएनन् ।
आर्थिक सुधारसँग सम्बन्धित कार्यक्रमबारेमा छलफल गर्न भनेर बोलाइएको संयन्त्रको बैठक एकैछिन बसेर सकिएको थियो । बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति खड्का, कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखकसँग छलफल गरेका थिए ।
एक नेताका अनुसार संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनमाथि छलफल गर्ने भनिए पनि प्रधानमन्त्री ओलीसँग अधिकांश समय चीन भ्रमणकै विषयमा छलफल भएको थियो । ऋण र अनुदान दुवै हुन सक्ने गरी ‘बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्क’ मा सम्झौता गरिएकामा कांग्रेसभित्र सभापति देउवाकै विश्वासपात्रहरूले प्रश्न उठाउन थालेपछि यो पेचिलो बन्ने देखिएको छ ।

घोराही तुलसीपुर सडक अन्तर्गत पर्ने डाँडागाउँमा  घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको रा.१ख १३८२ नम्बरको बस दुर्घटना भएको छ...
29/11/2024

घोराही तुलसीपुर सडक अन्तर्गत पर्ने डाँडागाउँमा घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको रा.१ख १३८२ नम्बरको बस दुर्घटना भएको छ । दुर्घटनामा परि १३ जना घाईते भएको र घाईतेहरुलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ । घाईतेहरु मध्ये २ जनाको अबस्था गम्भीर रहेको छ। थप विवरण आउन बाँकी ।

STAY TUNEDSeason 1 Schedule 🚨  The Siddhartha Bank Nepal Premier League schedule is officially out! 🤩🏏  Mark your calend...
29/11/2024

STAY TUNED
Season 1 Schedule 🚨
The Siddhartha Bank Nepal Premier League schedule is officially out! 🤩🏏
Mark your calendars! The ultimate cricketing fever is coming your way! 🔥📅

Address


Telephone

+9779847942411

Website

Alerts

Be the first to know and let us send you an email when Dang update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dang update:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share