Nepal Media Online

Nepal Media Online Nepal Media Online is complete media solution. Nepal media is manage media related works, its produc

22/09/2025
Our project:
02/04/2025

Our project:

24/01/2025

Dishes eaten during various festival & event in Nepal

14/01/2025

नबोल्ने बच्चा बोल्ने बनाउने ढोरबराही

उमेर पुगेरपनि नबोल्ने बालबालिकालाई बोल्ने बनाइदिने बिश्वास गरेर दर्शन गर्ने गरिन्छ ढोरबराही मन्दिरको ।

तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका –९ मा स्थित ढोरवाराही मन्दिर धार्मिक पर्यटनका हिसाबले अत्यन्तै महत्त्वपूर्ण तीर्थस्थलको रूपमा रहेको छ, यहाँ वर्षैभरी दर्शनार्थीको घुइँचो लागिरहन्छ । यो मन्दिर शुक्लागण्डकी नगरपालिकाको बाजस्थल भन्ने ठाउमा अवस्थित छ। यस मन्दिरको मुख्य आकर्षणहरू मध्ये माछाहरू भएको सानो पोखरी एक हो जसको पानीको स्तर रहस्यमय रूपमा बढ्दै जान्छ र बिस्तारै कम हुन्छ । प्रत्येक पन्ध्र मिनेटमा चट्टानहरू बीचबाट ताजा पानी निस्कन्छ र त्यसपछि घट्छ ।

ढोरवाराही मन्दिर अत्यन्तै मनोरम जंगलको बिचमा रहेको छ । मन्दिरको छेउमा पोखरी पनि छ जहाँ थरीथरीका माछाहरु देख्न सकिन्छ । साथै पोखरीको पानी आउने द्वारमा ठूलो आयतनको रजबाम पनि बस्दछ जुन बाहिर निस्कीदैँन । लहरी छुट्ने बेलामा मात्रै रजबाम बाहिर निस्कन्छ जसको दर्शनले इच्छाएको पुरा हुने विश्वास गरिन्छ ।

यस मन्दिरको सन्दर्भ स्कन्द पुराणको अध्याय ५ को श्लोक २२ देखि ३० मा उल्लेख गरिएको छ। यस मन्दिरमा दर्शन र भेटी चढाउनाले तपाईंको आकांक्षालाई वास्तविकतामा परिणत गर्ने विश्वास गरिन्छ। यस ढोरबराहीलाई भगवान विष्णुको तेस्रो पुनर्जन्म भएको विश्वास गर्दै मन्दिरमा पूजा गर्न आउँछन्। पृथ्वी राजमार्गको दुलेगौँडाबाट ​​६ किलोमिटर टाढा अवस्थित छ र मन्दिर पुग्न सवारी साधन यात्रामा दुलेगौडाबाट १५ मिनेट लाग्छ।

ढोरवाराही मन्दिरमा पशुबलि दिने प्रथा छ । तर श्रावण महिनाको बहाली पुजा नहुदासम्म अनि, हरेक एकादशी र औँशी, हरितालिका तीज, कृष्णजन्माअष्टमी, ऋषीपञ्चमी, शिवरात्री, रामनवमी र बुद्ध पुर्णिमाको दिन बलिपुजा हुदैन । यहाँ उडन सक्ने परेवा उडाउने र कम्तिमा ७२ दिन पुराभएको पाठापाठी तथा राँगाको बलि मात्र चल्दछ । कुखुराको बलि निषेध छ । यहाँ लम्साल थरका आर्यन ब्राह्मण पुजारी छन् ।

स्कन्दपुराणको हिमवत्खण्डमा समेत वर्णन गरिएको ढोरवाराही मन्दिरमा देवीको चतुर्बाहु मूर्ति छ । यहाँ सदियौँं पुराना घण्टहरु समेत पाइएका छन् । ढोरवाराही देवीको उत्पत्ति श्री पञ्चमीका दिनमा भएको मानिन्छ जुन दिन यहाँ विशेष मेला लाग्छ ।

मन्दिर छेउमा रहेको कुण्डमा बेलाबेला एक्कासी पानी बढेर आउनुलाई लहरी छुटेको भनिन्छ जसलाई दैवी शक्तिको रूपमा लिइन्छ । चट्टानैचट्टानको विचबाट यतिठूलो मात्रामा पानी आउनुलाई ढोरवाराही माताको शक्तिको रूपमा लिइन्छ ।

पानी बढेर आउनुपहिल्यै कुण्डमा रहेका माछाहरु सतर्क भई पानी आउने द्वारतिर फर्कन्छन् जसले दर्शनार्थीलाई अचम्भित पार्दछ । यही लहरीबाट बग्ने झरना अति मनोरम देखिन्छ । यही कुण्डबाट बगेको खोलालाई निर्मल खोला भनिन्छ जसले ढोरफिर्दीका फाँटहरूलाई उर्वर बनाउन मद्धत गर्दछ ।

रजबाम लहरी छुट्ने द्वारमा बस्दछ र लहरी छुट्ने बेलामा मात्रै बाहिर निस्कन्छ । यसलाई कसैले रजबामले पानी थुनेर बसेका कारण रजबाम निस्कदाँ लहरी आउँछ भन्छन् तर त्यस्तो होइन । ०४२ सालदेखि ०४६ सालसम्म यहाँ लहरी आउन रोकिएको थियो । ०४६ सालदेखि पुनः सुरु भयो तर २०६६ साल श्रावणमा पुनः रोकियो । ०७२ सालको भुकम्पले गर्दा एकदिन मात्रै लहरी रोकिए पनि पुनः लहरी चल्न थालेको छ । हिउँदमा केही समय माता ढोरवाराही माइत जाने हुँदा लहरी छुट्दैन ।

पोखरादेखि एक घण्टा पन्ध्र मिनेटको अवधिमा ढोरवाराही मन्दिर पुग्न सकिन्छ । पृथ्वी राजमार्ग खण्डको तनहुँस्थित दुलेगौंडाबाट मन्दिर सम्म जाने सवारीहरु पाइन्छ ।

एउटा अचम्मको कुरा र जनबिश्वास केछभने उमेर पुगे पनि बोल्न नसक्ने बच्चाहरूलाई मन्दिरको पोखरिमा लहरी छुट्दाको पानीमा डुबाइ दिए आवाज निकाल्ने र बोल्न सक्ने हुन्छन् भन्ने मान्यता छ ।

ढोरबराहि मन्दिरलाई पनि २०७२ सालको भुकम्पले निकै प्रभाव पारेको थियो। जहाँ मन्दिर प्राङ्गणमा रहेको पोखरिमा पानी सुकेको थियो भने पोखरिका माछाहरूलाई समेत अन्त सार्नु परेको थियो।

साथै यो मन्दिरको प्रमुख विषेशताका रूपमा रहेको लहरि प्रक्रिया पनि केही समयसम्म अबरुद्ध भएको थियो।

02/01/2025

यस्तो पो हो त जेरी ||

01/01/2025

दमौलीबाट पोखराजाने बैकल्पिक बाटो यस्तो छ

तमु ल्होसारको उपलक्ष्यमा सबैमा शुभकामना(फाइल तस्विर)
30/12/2024

तमु ल्होसारको उपलक्ष्यमा सबैमा शुभकामना
(फाइल तस्विर)

Address

Balkot 2 Bhaktapur
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Media Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Media Online:

Share