EducationSansar

EducationSansar We feature current news and information while working together to build a strong community.

Our News and Content Sources :
Photographers, Contributors, रासस, CC0 (Similar License) and Other Trustworthy - Verified Sources

Thanks and warm regards to every person for being so kind to let us use their work and content on our social accounts and website. Message us for content contributions, collaborations, suggestions and being a part of the team or our community.

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल ।तस्बिर : हरिराम भेटुवाल / रासस
15/05/2023

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल ।

तस्बिर : हरिराम भेटुवाल / रासस

ढकमक्क फुलेको गुलमोहर : दाङको घोराहीबजार स्थित जिल्ला समन्वय रोडमा ढकमक्क फुलेको गुलमोहरको फूल । फूल फुलेपछि फोटो खिच्न ...
11/05/2023

ढकमक्क फुलेको गुलमोहर : दाङको घोराहीबजार स्थित जिल्ला समन्वय रोडमा ढकमक्क फुलेको गुलमोहरको फूल । फूल फुलेपछि फोटो खिच्न तथा टिकटक बनाउनका लागि स्थानीयको भिड लाग्ने गरेको छ । तस्बिर : कुलदीप न्यौपाने / रासस

08/05/2023

जन्म दिनको उपहार : पुस्तकालयमा एउटा किताब

चन्द्रागिरि नगरपालिका स्थित सामुदायिक विद्यालय विष्णुदेवी शिक्षा सदनले विद्यार्थीको जन्मदिन मनाउने नयाँ शैली अपनाएको छ । आफ्नो जन्मदिनका अवसरमा हरेक शिक्षक तथा विद्यार्थीले कम्तीमा एउटा किताब विद्यालयको पुस्तकालयमा उपलब्ध गराउनुपर्ने भएको छ ।

गर्मी बढेपछि नवलपरासीको कावासोती नगरपालिकामा रहेको मध्यवर्ती सामुदायिक वनमा पानीमा रमाउँदै गैँडा । तस्बिर: चन्द्रकला क्ष...
07/05/2023

गर्मी बढेपछि नवलपरासीको कावासोती नगरपालिकामा रहेको मध्यवर्ती सामुदायिक वनमा पानीमा रमाउँदै गैँडा । तस्बिर: चन्द्रकला क्षेत्री / रासस

अलपत्र मोटर पुल : मनाङ ङिस्याङ गाउँपालिका वडा नं ४ र ५ जोड्ने मरस्याङदी नदीमा बिगत चार बर्ष देखि अलपत्र परेको मोटरेवल पु...
04/05/2023

अलपत्र मोटर पुल : मनाङ ङिस्याङ गाउँपालिका वडा नं ४ र ५ जोड्ने मरस्याङदी नदीमा बिगत चार बर्ष देखि अलपत्र परेको मोटरेवल पुल । ठेकेदार कम्पनीले म्याद सकिदा समेत काम नगर्दा पुल अलपत्र अवस्थामा रहेको हो । पक्की पुल नबन्दा काठको पुलको भरमा सवारी सञ्चालन हुँदै आईरहेको छ । तस्बिरः नवीन लामिछाने / रासस

Congratulations Team Nepal 🎉👏🇳🇵
02/05/2023

Congratulations Team Nepal 🎉👏🇳🇵

श्रमिक दिवसमा मजदुरी : अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सोमबार सुनसरीको इनरुवामा सडकको नाली सफा गर्दै श्रमिक । विश्व...
01/05/2023

श्रमिक दिवसमा मजदुरी : अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सोमबार सुनसरीको इनरुवामा सडकको नाली सफा गर्दै श्रमिक । विश्वभरि श्रमिक दिवस मनाइँदै गर्दा यी श्रमिकलाई भने दिवसले छुन सकेन । तस्बिर : नवीन गड्तौला / रासस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार  वालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २  ...
30/04/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार वालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ प्रतिनिधिसभामा निर्वाचित सांसद रवि लामिछानेलाई वधाई तथा शुभकामना दिनुहुँदै । तस्बिर : प्रदीपराज वन्त / रासस

हिलाम्य सडक : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर लाटीकोइली जाने सडकको दुरावस्था । सडकको स्तरोन्नति समयमै नह...
30/04/2023

हिलाम्य सडक : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर लाटीकोइली जाने सडकको दुरावस्था । सडकको स्तरोन्नति समयमै नहुँदा पानी परेपछि सडक हिलाम्य भएको हो । तस्बिर : सुरेश आचार्य / रासस

दाउराको जोहो : घोराही उपमहानगरपालिकाको बलरामपुरवासी  खाना पकाउनका लागि नजिकैको जङ्गलबाट दाउरा लिएर घरतर्फ जाँदै । तस्बिर...
30/04/2023

दाउराको जोहो : घोराही उपमहानगरपालिकाको बलरामपुरवासी खाना पकाउनका लागि नजिकैको जङ्गलबाट दाउरा लिएर घरतर्फ जाँदै । तस्बिर : कुलादीप न्यौपाने / रासस

30/04/2023

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शव्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रबृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ, कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शव्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ र कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शव्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्नेछ ।

30/04/2023

रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षामा आठ हजार ३८० जनाको नतिजा सार्वजनिक भएको छ । ईपीएस शाखाका अनुसार सन् २०२३ मा ईपीएस मार्फत कृषि तथा पशुुपालनतर्फ १० हजार ७५८ जनाको माग आएकामा ३७ हजार २७४ जनाले आवेदन दिएका थिए । सन् २०२२ मा ईपीएसमार्फत कृषि तथा पशुुपालन र उत्पादनतर्फ १५ हजारभन्दा बढी नेपाली कोरिया पुुगिसकेका छन् ।

Via. गोरखापत्र

मौरी पालन : दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी माधव शर्माले गरेको  मौरी पालन । जिल्लामा करिब पाँचसय किसान मौ...
30/04/2023

मौरी पालन : दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी माधव शर्माले गरेको मौरी पालन । जिल्लामा करिब पाँचसय किसान मौरी पालन व्यवसायमा छन् । तस्बिर : दीपक बोहरा / रासस

29/04/2023

आजकल झोले को परिभाषा बदलिएर हाउडे भएको छ रे । २ - ४ बर्ष हाउडे हुने त्यसपछि unskilled भएर खाडी जानी अनि Social Media मा भए भर को लाई गाली, दोष दिने ।

पढाइ खर्च जुटाउन काफल बेच्दै बालबालिकाम्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीका बालबालिका विद्यालयको खर्च जुटाउन काफल ...
29/04/2023

पढाइ खर्च जुटाउन काफल बेच्दै बालबालिका

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीका बालबालिका विद्यालयको खर्च जुटाउन काफल टिपेर बिक्री गर्दै । तस्बिर : धु्रवसागर शर्मा / रासस

जाँटो र सिलौटा बनाइँदै : रोल्पाको सुनछहरी गाउँपालिका– ५ जैमाकसलाको थनबाङ टोलका स्थानीयहरुले जाँटो र सिलौटो बनाउँदै । तस्...
28/04/2023

जाँटो र सिलौटा बनाइँदै : रोल्पाको सुनछहरी गाउँपालिका– ५ जैमाकसलाको थनबाङ टोलका स्थानीयहरुले जाँटो र सिलौटो बनाउँदै । तस्बिर : जुनिसकुमार बिष्ट / रासस

निर्माणाधीन सी बीच तटबन्धचितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘सी बीच’ मोडलमा बन्दै गरेको तटबन्ध । ना...
28/04/2023

निर्माणाधीन सी बीच तटबन्ध
चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘सी बीच’ मोडलमा बन्दै गरेको तटबन्ध । नारायणी पुलबाट उत्तरतर्फ ६४० मिटर लम्बाइमा सी बिच मोडलमा तटबन्ध बन्न लागेको हो । तस्बिर : सनद अधिकारी / रासस

सीता गुफा : नेपालकै सबैभन्दा लामो गुफा मानिएको गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ स्थित स्वाँरामा अवस्थित सीता गुफा । त...
27/04/2023

सीता गुफा : नेपालकै सबैभन्दा लामो गुफा मानिएको गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ स्थित स्वाँरामा अवस्थित सीता गुफा । तस्बिर : दीपक श्रेष्ठ / रासस

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when EducationSansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to EducationSansar:

Share