अपाङ्गता आवाज

अपाङ्गता आवाज We cover all news related to disability field through out the country.

एकल अपाङ्गता भएका महिलाहरुका सवाल पहिचान तथा घोषणापत्रको लागि सुझाव संकलन ।४ असोज २०८२, नबराज सोती ।पहिचान नेपालको आयोजन...
20/09/2025

एकल अपाङ्गता भएका महिलाहरुका सवाल पहिचान तथा घोषणापत्रको लागि सुझाव संकलन ।

४ असोज २०८२, नबराज सोती ।

पहिचान नेपालको आयोजना तथा टेवा सस्थाको साझेदारीमा एकल अपाङ्गता भएका महिलाहरुका सवालहरु बारे घोषणापत्रको लागि सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।
एकल अपाङ्गता भएका महिलाहरुको सवालहरुलाई वकालत पैरवीका लागि महत्तवपूर्ण औजारको रुपमा हुने गरी घोषणापत्र जारी गरिने पहिचान नेपालका सस्थापक अध्यक्ष इच्छा केसी जानकारी दिनुभयो ।
राष्ट्रिय समावेशी आयोगका कार्यवहाक अध्यक्ष हरिदत्त जोशीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय अध्यक्ष देवीदत्त आचार्य र नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनाल टिप्पणीकारको रुपमा रहनुभएको थियो ।
त्यसैगरी कार्यक्रममा
कार्यक्रममा विभिन्न कारणले एकल अपाङ्गता हुन पुगेका २० जना भन्दा बढि एकल अपाङ्गता भएका महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिका अभिभावक तथा एकल महिला सुस्मा कार्की र एकल अपाङ्गता भएकी दृष्टिबिहिन महिला रास्मती धामीले आफ्ना कथाहरु प्रस्तुत गरेका थिए ।

नेत्रहीन युवा संघ नेपालको १३ औ साधारणसभा सम्पन्न ।४ असोज २०८२, नबराज सोती ।नेत्रहीन युवा संघ नेपालको १३ औ साधारणसभा रमजध...
20/09/2025

नेत्रहीन युवा संघ नेपालको १३ औ साधारणसभा सम्पन्न ।

४ असोज २०८२, नबराज सोती ।

नेत्रहीन युवा संघ नेपालको १३ औ साधारणसभा रमजधानीमा एक कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ । सन् २०१२ मा स्थापना भएको नेत्रहीन युवा संघ नेपालले विगत १३ वर्षदेखि दृष्टिबिहिन सँगै अन्य सबै प्रकारका अपाङ्गता भएका युवाहरु साथै व्यक्तिहरुका सवालमा कार्य गरिरहेको छ ।
शनिबार राजधनीमा आयोजित साधारणसभाको उद्घाटन समारोहको अध्यक्षता गर्नुहुदै संघका अध्यक्ष रामचन्द्र गैरेले नेत्रहीन युवा संघ नेपाल आजको अवस्थामा पुग्नुमा अपाङ्गता भएका संघ सस्थाहरु र दातृ निकायहरुको निरन्तरको विश्वास एवम् साझेदारीले मात्र सम्भव भएको बताउनुभयो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय अध्यक्ष देवीदत्त आचार्यको प्रमुख आतिथ्यता रहेको साधारणसभामा महासंघ पूर्व अध्यक्ष डा. विरेन्द्रराज पोखरेल, महासंघका महासचिव सुगम भट्टराई, बौद्दिक अपाङ्गताका अभिभावक महासंघ नेपालका निवर्तमान अध्यक्ष राजु बस्नेत, अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालका अध्यक्ष निर्मला धिताल, स्वावलम्वन जीवनपद्दती केन्द्र काठमाण्डौँका महासचिव गणेश केसी, नेपाल अपाङ्ग महिला संघका अध्यक्ष मीना पौडेल, नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनाल, नेत्रहीन युवा संघका प्रमुख सल्लाहकार कलाधर भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा नेत्रहीन युवा संघ नेपालले गत आर्थिक वर्षमा सन्चालन गरेका मुख्य कार्यक्रमहरु र त्यसका उपलब्धि एवम् चुनौतीहरु राख्नुहुदै संघका निर्देशक नीर श्रेष्ठले आगामी दिनमा अपाङ्गताका बहुआयामिक सवालहरुलाई ध्यानमा राखेर रणनितिक योजनाहरु बनाइने बताउनुभयो ।
१० वटा जिल्ला शाखाहरु समेत रहेको नेत्रहीन युवा संघ नेपालले गत आर्थिक वर्षमा मात्र ५ हजार भन्दा बढि अपाङ्गता भएका व्यक्तिहरुसँग प्रत्यक्ष अप्रत्यक्ष जोडेर कार्यक्रमहरु सन्चालन गरेको थियो ।
#अपाङ्गताआवाज #आवाजबिहिनहरुकोआवाज

मेरुदण्डीय पक्षघात समूह नेपालको १० औ साधारणसभा तथा ५ औ अधिवेशनका थप तस्बिरहरु ।
30/08/2025

मेरुदण्डीय पक्षघात समूह नेपालको १० औ साधारणसभा तथा ५ औ अधिवेशनका थप तस्बिरहरु ।

मेरुदण्डीय पक्षघात समूह नेपालको १० औ साधारणसभा तथा ५ औ अधिवेशन सम्पन्न । अधिवेशनबाट झरना राना मगरको अध्यक्षतामा नयाँ कार...
30/08/2025

मेरुदण्डीय पक्षघात समूह नेपालको १० औ साधारणसभा तथा ५ औ अधिवेशन सम्पन्न । अधिवेशनबाट झरना राना मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ।
१४ भदौँ २०८२, नबराज सोती ।
मेरुदण्डीय पक्षघात समूह नेपालको १० औ साधारणसभा तथा ५ औ अधिवेशन जोरपाटी काठमाण्डौँमा सम्पन्न भएको छ ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यता तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय अध्यक्ष देवीदत्त आचार्यको विशेष आतिथ्यतामा उद्घाटन १० औ साधारणसभा तथा ५ औ अधिवेशनमा स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रका सस्थापक कनकमणि दिक्षित, गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, राष्ट्रिय शहिद तथा शान्ति पार्कका अध्यक्ष सुदर्शन सिग्देल, भगवती युवा क्लबका अध्यक्ष शिव कारजित, नेपाल युथ फाउण्डेशनका कार्यक्रम अधिकृत रिता महत, Asterisk International Service Pvt. Ltd. का प्रवन्ध निर्देशक नारायण कृष्ण खरेल, नेपाल नेत्रहीन संघका उपाध्यक्ष भाबुजङ थापा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मेरुदण्डीय पक्षघात समूह नेपालको १० वर्षे यात्रामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै व्यक्तितर्फ कृष्ण खड्का र सस्था तर्फ , नेपाल युथ फाउण्डेशन र Asterisk International Service Pvt. Ltd. खादा माला र प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रका सस्थापक कनकमणि दिक्षितले मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि मेरुदण्डीय पक्षघात समूहले खेलिरहेको भूमिकाको प्रसंशा गर्नुभयो ।
त्यस्तै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय अध्यक्ष देवीदत्त आचार्यले मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गताको छुट्छै वर्गमा समावेश गर्न महासंघको तर्फबाट सिफारिस भएको र अब हुने अपाङ्गता सम्बन्धिको ऐन संशोधनमा उक्त विषय संशोधन भएर आउने विश्वास व्यक्त गर्नुभयो ।
मेरुदण्डीय पक्षघात समूह नेपालको १० औ साधारणसभा तथा ५ औ अधिवेशनलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले मेरुदण्डिय पक्षघात समूह नेपालका हरेक अभियानमा नगरपालिकाको साथ सहयोग रहदै आएको र आगामी दिनमा त्यसलाई निरन्तरता दिने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमलाई अध्यक्षता गर्नुभएका मेरुदण्डीय पक्षघात समूह नेपालका निवर्तमान अध्यक्ष रिशिराम ढकालले दश वर्षे यात्रामा निकै दुखका साथ यो स्थानमा पुर्याएको र नेत्रृत्व हस्तान्तरणको विषय सामाजिक संघ सस्थाका लागि सकारात्मक अभ्यास भएकाले आगामी नेत्रृत्वले सस्थालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
मेरुदण्डीय पक्षघात समूह नेपालको ५ औ अधिवेशनबाट झरना मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । अधिवेशनले उपाध्यक्षमा कृष्ण प्रसाद भण्डारी, महासचिवमा केशव थापा, सचिवमा राजेन्द्र खनाल, कोषाध्यक्षमा तारा प्रसाद पाण्डे साथै सदस्यहरुमा संगिता माझि, लक्ष्मी कुँवर, राम बहादुर तामाङ, राम प्रसाद विक, सरिता कोइराला र डोल बहादुर बस्नेतलाई चयन गरेको हो ।
#अपाङ्गताआवाज #आवाजबिहिनहरुकोआवाज

20/08/2025

अपाङ्गता अधिकार खुम्च्याउने ऐन कानुनहरु पास हुदैनन् :- महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडी ।

महिला बालबालिका मन्त्री सुडीको प्रमुख आतिथ्यतामा हरितालिका तीजको शुभकामना आदानप्रदान तथा व्हीलचियर वितरण कार्यक्रम सम्पन...
19/08/2025

महिला बालबालिका मन्त्री सुडीको प्रमुख आतिथ्यतामा हरितालिका तीजको शुभकामना आदानप्रदान तथा व्हीलचियर वितरण कार्यक्रम सम्पन्न ।

३ भदौँ २०८२, बालुवाटार । नबराज सोती ।

२०८२ सालको महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा बहिरा दृष्टिबिहिन अभिभावक समाजको आयोजना तथा राष्ट्रिय अपाङ्ग कोषको सहकार्यमा शुभकामना आदानप्रदान तथा व्हीलचियर वितरण कार्यक्रम सम्पन्न भएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर शाह साडुको प्रमुख आतिथ्यता तथा अपाङ्गता राष्ट्रिय निर्देशक समितिका उपाध्यक्ष एवम् बहिरा दृष्टिबिहिन अभिभावक समाजका अध्यक्ष लाक्पा नोरु शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष सुदर्शन सुवेदी, अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालका अध्यक्ष निर्मला धिताल, संविधानसभा सदस्य इन्द्रमाया गुरुङ, राष्ट्रिय सभा सदस्य पदम बहादुर परियार, नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनाल, राष्ट्रिय बहिरा महासंघका वरिष्ठ उपाध्यक्ष सतीदेवी वाग्ले, राष्ट्रिय अपाङ्ग कोषका सभापति डेकराज भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।
सुन्न र बोल्न दुबै नसक्ने अवस्था भएका श्रवणदृष्टिबिहिन व्यक्तिहरुको क्षेत्रमा क्रियाशिल बहिरा दृष्टिबिहिन अभिभावक समाजले समाजका सबै प्रकारका महिलाहरुको समान सहभागिता होस् भनेर सो कार्यक्रम आयोजना गरिएको अपाङ्गता राष्ट्रिय निर्देशक समितिका उपाध्यक्ष एवम् बहिरा दृष्टिबिहिन अभिभावक समाजका अध्यक्ष लाक्पा नोरु शेर्पाले बताउनुभयो ।
सो कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता अधिकारको आन्दोलन निकै चुकेकोले आज न्युन प्रतिनिधित्व भएका अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु निकै ओझेलमा परिरहेको ति विषयहरुमा सबैको हातेमालो गर्ने साहस मिलोस् भन्ने धारणा राख्नुभएको थियो । साथै पूर्व अध्यक्ष सुवेदीले राज्यद्धारा सन्चालित पुनर्स्थापना केन्द्रको मृत्यक व्यक्तिहरु राख्ने लासगृह जस्तो भएकाले यस्ता अवधारणाहरुलाई सरकारले सुधार गर्न महिला मन्त्री सुडिको ध्यानाकर्षण समेत गराउनुभएको थियो ।
त्यस्तै राष्ट्रिय सभा सदस्य पदम बहादुर परियारले मन्त्रालयले संसोधनका लागि तयार पारेको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि ऐनको मस्यौदा आपत्तीजनक भएकाले आपत्तीजनक बुदाहरु सच्याउन महिला मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा ६ जना व्हीलचियर प्रयोगकर्ता व्यक्तिहरुको लागि नयाँ व्हीलचियर वितरण गर्नुहुदै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले आफू रहेकसम्म कुनै हालतमा पनि अपाङ्गता अधिकार विपरतिका ऐन कानुनहरु पास नहुने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो । त्यस्तै मन्त्री सुडीले अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई थप प्रभावकारी रुपमा अघि बढुन भनेर अपाङ्गता राष्ट्रिय निर्देशक समितिको उपाध्यक्ष नियुक्त गरीसकेको समेत धारणा राख्नुभयो ।
#अपाङ्गताआवाज #आवाजबिहिनहरुकोआवाज

हरितालिका तीजको अवसरमा अपाङ्गता भएका महिलाहरुको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ।२ भदौँ २०८२,जोरपाट...
18/08/2025

हरितालिका तीजको अवसरमा अपाङ्गता भएका महिलाहरुको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ।
२ भदौँ २०८२,जोरपाटी काठमाण्डौँ । अपाङ्ग आवास संवाददाता ।
अपाङ्गता भएका महिलाहरुको महासंघ नेपाल, नेपाल अपाङ्ग महिला संघ र नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजना तथा सक्षम नेपालको प्राविधिक सहयोगमा हरितालिका तीजको अवसरमा अपाङ्गता भएका महिलाहरुको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न प्रकृतिका सयौँ अपाङ्गता भएका महिलाहरु एक आपसमा सुभकामना आदानप्रदान सहित नृत्य गरेर सो कार्यक्रम सम्पन्न भएको हो ।
अपाङ्गता भएका महिलाहरुलाई अन्य महिला जस्तै समाजका सबै चाडपर्व तथा उत्सवहरुमा समान सहभागिता र अर्थपूर्ण प्रतिनिधित्व होस् भन्ने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालका अध्यक्ष निर्मला धितालले बताउनुभयो ।
त्यस्तै नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघका अध्यक्ष देवी आचार्यले विगतका वर्षहरुमा पनि तीजको अवसर पारी मेरुदण्ड पक्षघात अपाङ्गता भएका महिलाहरु बिच मात्र यस्ता कार्यक्रम आयोजना गर्ने गरेको भएता पनि यस वर्ष देखि सबै प्रकारका अपाङ्गता भएका महिलाहरु समावेश गरी सास्कृतिक कार्यक्रम आयोजना गर्दा ज्यादै खुसी महसुस भएको बताउनुभयो ।
त्यस्तै नेपाल अपाङ्ग महिला संघका अध्यक्ष मीना पौडेलले आगामी दिनमा पनि अझै धेरै अपाङ्गता भएका महिलाहरु सहभागी गराएर यस्ता कार्यक्रम गर्दै जाने बताउनुभयो ।
कार्यक्रमको प्राविधिक सहयोग गरेको सक्षम नेपालका अध्यक्ष बिरुकमल श्रेष्ठले अपाङ्गता सम्बन्धिका हरेक कार्यक्रममा प्राविधिक सहयोगका लागि सक्षम नेपाललाई सम्झिन आग्रह गर्नुभयो ।
#अपाङ्गताआवाज #आवाजबिहिनहरुकोआवाज

सार्वजनिक यातायात सेवालाई पहुँचयुक्त बनाउने अभियानलाई निरन्तर अगाडि बढाउन शारीरिक अपाङ्ग संघलाई सरोकारवालाहरुको आग्रह ।३...
15/08/2025

सार्वजनिक यातायात सेवालाई पहुँचयुक्त बनाउने अभियानलाई निरन्तर अगाडि बढाउन शारीरिक अपाङ्ग संघलाई सरोकारवालाहरुको आग्रह ।

३० साउन २०८२, डिल्लिबजार, काठमाण्डौँ । नबराज सोती ।

देशभरिका सार्वजनिक यातायातका सेवाहरुलाई मानवमैत्री बनाएर अपाङ्गता भएका व्यक्तिहरुको पहुँचलाई सुनिश्चित गराउन एक वर्षे परियोजनाका रुपमा काठमाण्डौँ उपत्यका र काभ्रे जिल्लामा अभियान सन्चालन गरेको राष्ट्रिय शारीरिक अपाङ्ग संघको अभियानलाई निरन्तर अगाडि बढाउन आवश्यक रहेको सरोकारवालाहरुले निश्कर्ष निकालेका छन् ।
शुक्रबार डिल्लिबजार काठमाण्डौँमा एबिलिस फाउण्डेशनको सहयोगमा राष्ट्रिय शारिरिक अपांग संघ-नेपालले आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरुको सार्बजनिक यातायातमा पहुँच अभिवृदी गर्ने अधिवाचन परियोजना अन्तर्गतको परियोजनाको गतिविधि तथा परिणामहरुको कार्यान्वयनको समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा अधिकाशं सरोकारवाला निकायका प्रतिनिधिहरुले उक्त निश्कर्ष निकालेका हुन् ।
अन्य नागरिक जस्तै हामी शिक्षा, स्वास्थ, रोजगार, मनोरन्जन लगायतका समाजका सबै क्रियाकलापहरुमा सहभागि हुन जादा सार्वजनिक यातायातको आवश्यकता पर्ने हुदा यातायातका सेवाहरु अपाङ्गता भएका नागरिकहरुमैत्री बन्न अत्यन्तै जरुरी रहेको कार्यक्रममा सहभागि स्वावलम्बन जीवनपद्दती केन्द्र ललितपुरका महासचिव कृष्ण गौतमले बताए ।
त्यस्तै राष्ट्रिय शारीरिक अपाङ्ग संघका निवर्तमान अध्यक्ष किरण शिल्पकारले परियोजनाभर गरिएका कार्यहरुको जानकारीमुलक प्रस्तुतीकरण गर्नुहुदै अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धिको धारा ९ ले स्पष्ट रुपमा सार्वजनिक यातायातका सेवाहरु पहुँचयुक्त हुनुपर्ने कुरा उल्लेख गरेको भएता पनि अपाङ्गता भएका व्यक्तिहरुलाई सार्वजनिक यातायातमा चढ्न अझै सपना जस्तै रहेको बताउनुभएको थियो । उहाँले राष्ट्रिय शारीरिक अपाङ्ग संघबाट सन्चालित परियोजनाबाट चालक सहचालकहरुमा सचेतना वृद्दि हुनुका साथै यातायात व्यवसायीहरुलाई पनि अपाङ्गतामैत्री यातायातहरु खरिद गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा यातायात व्यवासायी तथा मजदुर संगठनका तर्फबाट विभिन्न प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जस मध्ये अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज उपाध्यायले राष्ट्रिय शारीरिक अपाङ्ग संघका कार्यक्रमहरुले आफू लगायत सार्वजनिक यातायातमा संग्लन व्यक्तिहरुमा सचेतना वृद्दि हुन धेरै मद्दत पुगेकोले सो अभियानलाई निरन्तर रुपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभएको थियो ।
त्यस्तै नेपाल यातायात व्यवसायी महासंघका उपाध्यक्ष रवि रिमालले यातायात व्यवासायी महासंघको तर्फबाट अपाङ्गतामैत्री यातायात प्रवर्धनमा कुनै कमि नराख्ने प्रतिबद्दता व्यक्त गर्नुहुदै कतिपय कानुनी अप्ठायारा र सचेतनाको कमिले परिणाममुखि कार्य गर्न नसकिरहेको स्वकार गर्नुभयो । सरकारले व्यवासयी मैत्री कानुन निर्माण देखि प्रोत्साहनका कार्यक्रमहरु अगाडि बढाए व्यवासायीहरु उत्साहित भएर अपाङ्गतामैत्री यातायातका साधनहरु खरिद गर्न अग्रसर हुने उहाँको धारणा थियो ।
यातायात व्यवस्था विभागका सुचना अधिकारी गणेशमान सिं राईले अपाङ्गतामैत्री व्यवहार भए नभएको, विभिन्न ऐन कानुन निर्माणका कुरा देखि अनुगमन मुल्याङ्कन गर्ने कार्य संघियतापश्चात प्रदेश सरकारमा हस्तान्तरण भएकाले वकालत पैरवीका कार्यहरुलाई प्रदेश तहमा पनि पुर्याउन आग्रह गर्नुभएको थियो ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका शाखा अधिकृत सालिकराम पौडेलले मन्त्रालयले अपाङ्गतासँग सम्बन्धित ३ वटा ऐनहरु तयार पारी मन्त्रीपरिषदको कार्यलायमा पेश भएको बताउनुभएको थियो । सडक ऐन, यातायात व्यवस्था ऐन र सडक सुरक्षा ऐनहरुको ड्राफ्ट तयार गरी पेश भएको र तिनिहरुमा अपाङ्गता कतिपय सवालहरु समावेश भएको र अझ केहि राय सुझावहरु भए मन्त्रालय वा प्रतिनिधिसभाको सम्बन्धित समितिमा पनि पेश गर्न आग्रह गर्नुभयो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपाल नेत्रहीन संघ, बौद्दिक अपाङ्गताका अभिभावक महासंघ नेपाल, आदिवासी जनजाती अपाङ्ग संघ, मेरुदण्डिय पक्षघात समूह नेपाल, नेपाल होचापुड्का संघ लगायतका संघस्थाहरु परियोजना कार्यान्वयन समितिमा रही सम्पन्न भएको परियोजनाले सार्वजनिक यातायातलाई पहुँचयुक्त र मानवमैत्री बनाउन महत्वपूर्ण खेलेकोमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट महासचिव सुगम भट्टराईले शारीरिक अपाङ्ग संघलाई धन्यवाद दिनुभएको थियो ।
त्यस्तै उत्यका ट्राफिक प्रहरीका तर्फबाट सहभागि हुमानन्द खनालले अपाङ्गता भएका व्यक्तिहरुको सवालमा ट्राफिक प्रहरी सधै संवेदशिल रहेकाले हालसम्म पनि कुनै कमि नराखि सेवा गरिरहेको बताउनुभयो । अपाङ्गता कतिपय वर्गहरु बारे आफूहरु पनि अनविज्ञ हुदा शारीरिक अपाङ्ग संघका विभिन्न कार्यक्रमहरुले सो कुरा थाहा पाउन निकै सहयोग पुगेको बताउनुभएको थियो । खनालले वकालत पैरवीका कार्यहरु निरन्तर अगाडि बढाए पहुचयुक्त र मर्यादित सार्वजनिक सेवा विस्तार हुदै जाने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव तथा अपाङ्गता अधिकार प्रवर्धन शाखाका शाखा प्रमुख कमला घिमिरेले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७४ देखि राष्ट्रिय नीति २०८० मा सार्वजनिक यातायातलाई अपाङ्गतामैत्री बनाउने कुरामा व्यवस्था गरेकाले सो विषयको कार्यान्वयनका लागि मन्त्राललयले पनि विभिन्न कार्यहरु गरिरहेको र सम्बन्धित सरोकारवाला निकायहरु एक ठाउँमा हातेमाले गरेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
#अपाङ्गताआवाज #आवाजबिहिनहरुकोआवाज

अपाङ्गता भएका महिला तथा बालिका विरुद्दका हिंसाका सवालमा नेपाल अपाङ्ग महिला संघद्धारा अन्तरक्रिया कार्यक्रम आयोजना ।२९ सा...
14/08/2025

अपाङ्गता भएका महिला तथा बालिका विरुद्दका हिंसाका सवालमा नेपाल अपाङ्ग महिला संघद्धारा अन्तरक्रिया कार्यक्रम आयोजना ।
२९ साउन २०८२, नबराज सोती ।
नेपाल अपाङ्ग महिला संघको आयोजनामा अपाङ्गता भएका महिला तथा बालिका विरुद्दका हिंसाका सवालमा सरोकारवाला निकायहरु बिच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल अपांग महिला संघको आयोजनामा आयोजित अपाङ्गता भएका बालिका तथा महिलाहरुको न्यायमा पहुच बिषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुदै अध्यक्ष पौडेलले अपाङ्गता भएका महिलाहरुको न्यायमा पहुचको लागि राज्यका सम्बंधित सरोकारवाला निकायहरु बीच सहकार्य समनव्यमा जोड, पालिका स्तरीय सहायता कक्षहरुको विकास, न्याय सम्पादन प्रणालीका संरचना पूर्ण रुपमा अपाङ्गतामैत्री, नेपाल प्रहरी देखि न्याय निरुपण कार्यालयहरुमा सांकेतिक भाषा दोभाषेको व्यवस्थापन, पिडितको गोपनियता भंग नगर्ने, प्रहरीहरुलाई प्रशिक्षण कार्यक्रम लगायतका सवालमा काम गर्नुपर्ने बिषय औल्याउनुभयो ।
त्यस्तै अन्तरक्रिया कार्यक्रमकी अर्की कार्यपत्र प्रस्तुता एवं अधिवक्ता डा.विद्या चापागाईंले अपाङ्गता भएका बालिका र महिलाहरुको न्यायमा पहुचको लागि विभिन्न रुपमा छरिएर रहेका ऐन कानुनहरुलाई एकै ठाउमा ल्याएर छाता कानुनको अभ्यास गर्न सकिए न्यायमा पहुचको अवस्था परिणाममुखी हुने बिश्वाश व्यक्त गर्नुभयो ।
नेपाल प्रहरी, काठमाण्डौँ महानगरपालिका, OCMC लगायत अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा क्रियासिल संघ सस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा बोल्नुहुदै नेपाल प्रहरी महिला बालबालिका निर्देशनालयका इन्स्पेक्टर सरस्वती विश्वकर्माले सिमित स्रोत साधनका कारण पिडित महिलाहरु अझ त्यसमा अपाङ्गता भएका महिलाहरुको आवश्यकता पूरा गर्न नसकिरहेको बताउनुभयो ।

कार्यक्रममा आफ्नो धारणा राख्नुहुदै नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदीश प्रसाद अधिकारीले अपाङ्गता भएका महिलाहरुको न्यायमा पहुँचको लागि यस क्षेत्रमा क्रियाशिल महिलावादी सस्थाहरुलाई संघिय मन्त्रालयबाट बजेट विनियोजन नभएकोमा दुख व्यक्त गर्नुभयो । निर्देशक अधिकारीले काठमाण्डौँ महानगरपालिकाले अपाङ्गताको क्षेत्रमा गरिरहेका प्रयासहरुको खुलेर प्रशंसा गर्नुभयो।
त्यस्तै कार्यक्रममा काठमाण्डौँ महानगरपालिकाको सामाजिक विकास शाखा प्रमुख समिक्षा निरौलाले अपाङ्गता भएका व्यक्तिहरुको सन्चारको अवरोधमा थप सहयोग पुगोस भनेर सांकेतिक भाषा दोभाषेको संख्या वृद्दि गरिने साथै अपाङ्गताका सवाललाई कल्याणकारी अवधारणाबाट नभइ अधिकारमुखी दृष्टिकोणबाट महानगरपालिकाले हेरिरहेको स्पष्ट पार्नुभयो ।
त्यस्तै काठमाण्डौँ महानगरपालिका सार्वजनिक निर्माण विभागका सहायक निर्देशक (ईन्जिनियर) प्रेम बहादुर श्रेष्ठले महानगरपालिकाको तर्फबाट अपाङ्गतामैत्री संरचना निर्माणमा विशेष जोड दिइ कार्य गरिरहेको र सेवाग्राहीहरुलाई त्यसमा केहि गुनासो भए महानगरपालिकामा आएर खबर गर्न आग्रह गर्नुभयो ।
#अपाङ्गताआवाज #आवाजबिहिनहरुकोआवाज

अपाङ्गता भएका व्यक्तिहरुको शिक्षामा पहुँच वृद्दिका लागि अन्तरक्रिया सम्पन्न ।२६, साउन २०८२  संगिता काफले ।सेभ द चिल्डेनक...
13/08/2025

अपाङ्गता भएका व्यक्तिहरुको शिक्षामा पहुँच वृद्दिका लागि अन्तरक्रिया सम्पन्न ।

२६, साउन २०८२ संगिता काफले ।

सेभ द चिल्डेनको सहयोग तथा विकास र पुनस्थापनाको लागि स्रोत केन्द्रको आयोजनामा अपाङ्गता शिक्षाको सवालमा छलफल कार्यक्रम सम्पन भएको छ ।
कार्यक्रमलाई सम्बोधन गदै पुनस्थापनाको लागि स्रोत केन्द्रका कार्यक्रम संयोजक मनिष प्रसाइले अपाङ्गता भएका व्यत्तिहरु मध्ये पनि सुनाइ सम्बन्धि अपाङ्गता बौद्दिक, अटिजम लगयातका अपाङ्गता भएका व्यत्तिहरुलाई विद्यालयले भर्ना गर्न अस्विकार गर्ने अवस्था रहेको बताउनुभयो ।
त्यसैगरी बौद्धिक अपाङ्गता अभिभावक माहासंघका पुर्व अध्यक्ष मुकुन्द दाहालले जति पनि अपाङ्गता सम्बन्धि बनेका ऐन, कानुन, नीति, नियम ,सन्धि ,माहासन्धि मानव अधिकारका सिदान्त छन् तिनिहरुको ज्ञान अभिभावकहरुसम्म पुर्याउन आवश्यक रहेको बताउनुहुदै अपाङ्गता अधिकार सम्बन्धि ऐन २०७४ मा भएका शिक्षा सम्बन्धिका व्यवस्थालाई कार्यान्वयन गर्ने अत्यन्तै जरुरी रहेको समेत बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गदै नेपाल अपाङ्ग महिला संघका अध्यक्ष मिना पौडेलले अपाङ्गता भएका व्यक्तिहरुमा पनि बालिकाहरुको विद्यालयमा जाने दर ज्यादै न्युन रहेको बताउनु भयो ।
त्यसैगरी अटिजम केयर नेपाल सोसाइटीका निर्देशक सुरेन्द्र बज्राचार्यले अटिजम अपाङ्गता भएका बालबालिकाहरुलाई सामान्य अपाङ्गता भएका बालबालिका भन्दा फरक ढङ्गले शिक्षा प्रदान गर्ने विधि भएकाले त्यसमा राज्यको लगानी बढाउन आग्रह गर्नुभयो ।
बहिरा दृव्टिविहिन अभिभावक समाजका अध्यक्ष तथा अपाङ्गता राष्ट्रिय निर्देशक समितिका अपाध्यक्ष ल्हाक्पा नुरु शेर्पाले अपाङ्गता भएका व्यत्तिहरुलाई घर परीवार समाजले निकै दया मायाको दृष्टिले हेर्ने हुँदा उनीहरुलाई पनि पढाउनुपर्छ र? उनीहरुलाई पढाएर के नै गर्न सक्छन र ? भन्ने खालको सोचले पनि अपाङ्गता भएका बालबालिकाहरुको शिक्षामा पहुँचको अवस्था कमजोर रहेको बताउनुभयो ।
राष्ट्रिय अपाङ्ग माहासंघ नेपालका पुर्वअध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका बालबालिकाहरुलाई छात्रावासमा राखेर शिक्षा दिदा उनीहरु यौनजन्य हिंसामा पर्ने सम्भावना बढि भएकाले Homebase शिक्षालाई नै जोड दिनुपर्ने बताउनुभयो ।

#अपाङ्गताआवाज #आवाजबिहिनहरुकोआवाज

नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र गोकर्णेश्वर नगरपालिकाको सहयोगमा कान्तिपुर एफ एफ ९६.१ मा भोलि २०...
09/08/2025

नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र गोकर्णेश्वर नगरपालिकाको सहयोगमा कान्तिपुर एफ एफ ९६.१ मा भोलि २०८२ साल साउन २५ गते आइतबार बिहान ७:३० बजे रेडियो कार्यक्रम अपाङ्गता आवाजमा हामीले सन् २०२५ को अप्रिल महिना जर्मनीमा सम्पन्न विश्व अपाङ्गता सम्मेलनमा नेत्रहीन युवा संघ नेपालले व्यक्त गरेका प्रतिबद्दताहरु र तिनिहरुको कार्यान्वयनमा सस्थाले गर्न खोजिरहेका कार्यहरुका विषयमा नेत्रहीन युवा संघ नेपालका निर्देशक निर श्रेष्ठ, प्रयत्न नेपालका अध्यक्ष सरिता लामिछाने, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठ, शिक्षा तथा मानव श्रोत विकास केन्द्रका निर्देशक रामप्रसाद शर्मा, CBM Global का नेपाल निर्देशक राजन भट्टराई र राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष समेत हुनुभएका एबिलिस फाउण्डेशनका नेपाल निर्देशक डा. विरेन्द्रराज पोखरेलसँगको कुराकानीका आधारमा एउटा सामाग्री लिएर आउने छौँ ।
कृपया समय मिलाएर अवस्य सुन्नुहोला है ।
धन्यवाद ।
#अपाङ्गताआवाज #आवाजबिहिनहरुकोआवाज

विश्व अपाङ्गता सम्मेलनका प्रतिबद्दता पूरा गर्न नेत्रहीन युवा संघ नेपालको कार्ययोजना तयारी बारे अन्तरक्रिया ।२३ साउन २०८२...
08/08/2025

विश्व अपाङ्गता सम्मेलनका प्रतिबद्दता पूरा गर्न नेत्रहीन युवा संघ नेपालको कार्ययोजना तयारी बारे अन्तरक्रिया ।

२३ साउन २०८२, नबराज सोती ।

सन् २०२५ को अप्रिल महिना जर्मनीमा सम्पन्न विश्व अपाङ्गता सम्मेलनमा व्यक्त गरिएका सस्थाका प्रतिबद्दताहरु पूरा गर्ने गरी नेत्रहीन युवा संघ नेपालले कार्ययोजना तयारीका लागि सरोकारवाला निकायहरु बिच एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
विश्वभरिको कुल जनसंख्याको करिब १५ प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको अपाङ्गताको अवस्थामा रहेको निस्कर्ष निकालेको विश्व अपाङ्गता सम्मेलन २०२५ ले सोहि अनुसार १५ प्रतिशत विश्वको विकास बजेटलाई अपाङ्गता वर्गको लागि खर्च गर्नुपर्ने घोषणा गरेको थियो । सोहि सम्मेलनमा नेपालको तर्फबाट विभिन्न अपाङ्गताको क्षेत्रमा क्रियाशिल संघ सस्थाहरुबाट ४७ अपाङ्गता भएका व्यक्तिहरु सहभागिता जनाएका थिए । सोहि सस्थाहरु मध्ये नेत्रहीन युवा संघ नेपाल पनि एक थियो ।
२ दिनसम्म चलेको सो सम्मेलनमा नेत्रहीन युवा संघ नेपालले मुलत अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता समावेशी बृहत यौनिकता शिक्षा र युवा अपाङ्गता भएका व्यक्तिहरुको लागि यौन तथा प्रजनन स्वास्थ्य र अधिकारलाई प्रवर्द्धन गर्ने प्रतिबद्दता जनाएको नेत्रहीन युवा संघ नेपालका निर्देशक निर श्र्ष्ठले जानकारी दिनुभयो ।
सोहि प्रतिबद्दताहरुलाई कार्यान्वयन गर्न एउटा सस्थाको प्रयासबाट मात्र सम्भव नहुने भएकाले यसमा सरोकावाला निकायहरुको साझेदारी अति आवश्यक भएकाले त्यसको लागि कार्ययोजना स्वरुप अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको नेत्रहीन युवा संघका प्रमुख सल्लाहकार कलाधर भण्डारी बताउनुभयो ।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव श्रोत विकास केन्द्रका निर्देशक रामप्रसाद शर्मा, मन्त्रालयका अधिकृत दिपक माझि, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठ, CBM Nepal का निर्देशक राजन भट्टराई, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष समेत हुनुभएका एबिलिस फाउण्डेशन डेनमार्कका नेपाल निर्देशक डा. विरेन्द्रराज पोखरेल, राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष देवीदत्त आचार्य लगायत सरोकारवाला विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा नेत्रहीन युवा संघ नेपालले विश्व अपाङ्गता सम्मेलनमा गरेको प्रतिबद्दता साझा सवाल भएकाले यसमा हातेमालो गरेर अघि बढ्नुपर्ने साझा धारणा व्यक्त भएको थियो ।
कार्यक्रममा विश्व अपाङ्गता सम्मेलन बारे संक्षिप्त जानकारीमुलक प्रस्तुती गर्नुहुदै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष समेत हुनुभएका एबिलिस फाउण्डेशन डेनमार्कका नेपाल निर्देशक डा. विरेन्द्रराज पोखरेलले सन् २०१८ मा बेलयातबाट सुरु गरिएको विश्व अपाङ्गता सम्मेलन खासगरी अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि र दिगो विकास लक्ष्यमा समावेश अपाङ्गताका सवालहरु कार्यान्वयन गर्न थप मद्दत होस भन्ने उदेश्यले सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन भएको बताउनुभएको थियो ।
१६० भन्दा बढि देशहरुका अपाङ्गता अधिकारकर्मीहरुको सहभागिता रहेको गत अप्रिल २०२५ मा सम्पन्न विश्व अपाङ्गता सम्मेलनमा अपाङ्गता भएका व्यक्तिहरुको समावेशी शिक्षाको लागि ९५ वटा प्रतिबद्दता व्यक्त भएका थिए भने पहुँचयुक्त भौतिक संरचनाको सवालमा ८१, स्वास्थ्य समानतामा ७२, समावेशी रोजगारीमा ६९ र समावेशी मानवीय कार्य र सामाजिक सुरक्षाको ५४ वटा प्रतिबद्दताहरु व्यक्त भएका थिए । यी प्रतिबद्दताहरु सम्मेलनमा व्यक्त भएका ८१३ प्रतिबद्दता मध्ये ५३ प्रतिशत हुन पुग्दछन् । यी बाहेकका अन्य प्रतिबद्दताहरु अपाङ्गताका बहुआयामिक सवालहरु समेटिने विषयमा व्यक्त भएका थिए ।
#अपाङ्गताआवाज #आवाजबिहिनहरुकोआवाज

Address

Nayabasti, Jorpati
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when अपाङ्गता आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to अपाङ्गता आवाज:

Share