13/07/2026
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्कीद्वारा आयोजित कार्यक्रममा नेवाः गितमा नृत्य गर्दै कलाकार युक्ता श्रेष्ठ । उहाँले नृत्य तथा गाएनमा विषेश रुची राख्नु हुन्छ ।
नेवाः गीत र संगीतमा आफ्नै छुट्टै मौलिकता र गहिरो सांस्कृतिक महत्व लुकेको हुन्छ। धिमे, भुस्या र बाँसुरीको मनमोहक धुनमा सजिएका यस्ता गीतहरूले नेवाः समुदायको समृद्ध परम्परा, जात्रा र चाडपर्वको जीवन्त कथा बोल्छन्।
परम्परागत नेवारी पहिरन (हाकु पटासी र कलात्मक गरगहना) मा सजिएर उहाँले प्रस्तुत गरेको आकर्षक नृत्यले उपस्थित सम्पूर्ण दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। उहाँले नेवाः कलाको सुन्दरतालाई मञ्चमा उत्कृष्ट ढंगले प्रस्तुत गर्नुभयो।
युक्ता जस्ता ऊर्जाशील युवा कलाकारहरूले यसरी आफ्नै मौलिक गीत–संगीत र नृत्यलाई माया गरी मञ्चमा प्रस्तुत गर्दा प्राचीन नेवा कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा ठूलो टेवा पुगेको फोनिजका उपाध्यक्ष सुसिल श्रेष्ठले बताए। उहाँको यो प्रस्तुति केवल एउटा मनोरञ्जन मात्र नभई आफ्नो पहिचानप्रतिको सम्मान र गौरवको प्रतीक पनि हो।