Juntara News

Call Website Contact the business

Juntara News नेपालको भरपर्दो अनलाइन संचार माध्यम We provide all sports News

बालेन सरकारकाे नयाँ नियम लागु,  स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य : पुस १ गतेदेखि लागू हुने गरी स्वास्थ्य बी...
05/10/2026

बालेन सरकारकाे नयाँ नियम लागु, स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य : पुस १ गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमा बोर्डले गर्‍यो ४ वटा ठूला डिजिटल निर्णय
जुन्तारा खबर, काठमाडौँ, १९ असोज । यदि तपाईं स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुहुन्छ वा नयाँ बीमा गराउने सोचमा हुनुहुन्छ भने यो खबर तपाईंको लागि निकै महत्त्वपूर्ण छ। स्वास्थ्य बीमा कार्यक्रमलाई पूर्ण रूपमा प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउन स्वास्थ्य बीमा बोर्डले आगामी पुस १ गतेदेखि लागू हुने गरी ४ वटा युगान्तकारी डिजिटल निर्णयहरू गरेको छ।

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सुवास प्याकुरेलका अनुसार आगामी २०८३ पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका हरेक नागरिकका लागि स्वास्थ्य बीमाको नयाँ दर्ता, नवीकरण र अस्पतालबाट सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ।

स्वास्थ्य बीमा बोर्डले गरेका ४ ठूला निर्णयहरू:
१. राष्ट्रिय परिचयपत्र अनिवार्य र विवरण अद्यावधिक:

आगामी पुस १ गतेदेखि १६ वर्ष पुगेका नागरिकले नयाँ दर्ता, नवीकरण वा उपचार सेवा लिँदा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य पेस गर्नुपर्नेछ।

सम्पूर्ण बीमित परिवारले स्वास्थ्य बीमा बोर्डको अनलाइन पोर्टल (HIB e-Portal) मार्फत आफ्नो व्यक्तिगत तथा पारिवारिक विवरण (KYC) अनिवार्य अद्यावधिक गर्नुपर्नेछ।
यसबाट एकै व्यक्तिको दोहोरो बीमा दर्ता रोकिनेछ, बिरामीको सही पहिचान हुनेछ र दाबी प्रक्रिया विश्वसनीय बन्नेछ।

२. डिजिटल मेडिकल रेकर्ड (EMR) र एआई (AI) प्रणालीको प्रयोग:

अस्पतालहरूले अब हातले लेखेका प्रेस्क्रिप्सन र कागजी बिलको साटो इलेक्ट्रोनिक मेडिकल रेकर्ड (EMR) प्रणालीमार्फत सिधै डिजिटल दाबी पेस गर्नुपर्नेछ।

कागजी झन्झट र भुक्तानीको ढिलाइ अन्त्य गर्न निकट भविष्यमै आर्टिफिसियल इन्टेलिजेन्स (AI) र मेसिन लर्निङ (ML) प्रविधिबाट दाबीको समीक्षा र रुजु गरिनेछ।

३. अन्तर्राष्ट्रिय मापदण्डको ‘ICD-11 कोड’ लागू:

बिरामीको रोग पहिचान र दाबी व्यवस्थापनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन पहिलो चरणमा २ हजार १८९ वटा कस्टमाइज्ड ‘ICD-11 कोड’ प्रणालीमा प्रयोग गरिनेछ। यसबाट रोगको विवरणमा एकरूपता आउनेछ र फर्जी दाबी नियन्त्रण हुनेछ।

४. वैज्ञानिक सेवा खरिद र ६० दिने कार्यदल गठन:

बीमा कार्यक्रमअन्तर्गत अस्पतालहरूसँग गरिने सम्झौता, सेवाको वर्गीकरण र भुक्तानी विधिलाई वैज्ञानिक बनाउन ‘रणनीतिक खरिद अध्ययन कार्यदल’ गठन गरिएको छ। उक्त कार्यदलले ६० दिनभित्र प्रतिवेदन बुझाउनेछ, जसले बीमा कोषको वित्तीय दिगोपना सुनिश्चित गर्नेछ।

बीमित नागरिकले अब के गर्ने?
आगामी पुस १ गतेबाट सेवा लिन वा नवीकरण गर्न समस्या नहोस् भन्नका लागि १६ वर्ष पुगेका परिवारका सबै सदस्यको राष्ट्रिय परिचयपत्र विवरण तयार राख्नुहोस् र बोर्डको पोर्टलमा आफ्नो विवरण समयमै अद्यावधिक गर्नुहोस्।

🚨ब्रेकिङ न्युज! बालेन सरकारको महा–एक्सन : सशस्त्र प्रहरीका एआईजी बंशीराज दाहाल निलम्बित, चोलेन्द्रशमशेर पक्राउको सूचना ब...
05/10/2026

🚨ब्रेकिङ न्युज! बालेन सरकारको महा–एक्सन : सशस्त्र प्रहरीका एआईजी बंशीराज दाहाल निलम्बित, चोलेन्द्रशमशेर पक्राउको सूचना बाहिर पठाएको आरोप !
जुन्तारा खबर, काठमाडौँ, १९ असोज । सुरक्षा निकायको अत्यन्तै संवेदनशील र गोप्य सूचना चुहाएको गम्भीर आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहाल निलम्बनमा परेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालय स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको गोप्य सूचना बाहिर चुहावट गरेको आरोपमा दाहालमाथि यो कडा कारबाही गरिएको हो। मन्त्रिपरिषद्को निर्णयलगत्तै गृह मन्त्रालयमार्फत निलम्बनको पत्र सशस्त्र प्रहरी बलको मुख्यालय हलचोक पठाइएको छ।

विभिन्न मुद्दामा चलखेल गरी सरकारलाई अप्ठ्यारोमा पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले गोप्य रूपमा नियन्त्रणमा लिएको थियो। जबरालाई टेकुस्थित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएलगत्तै एआईजी दाहाल रातारात त्यहाँ पुगेका थिए। दाहाल पूर्वप्रधानन्यायाधीश राणाका पारिवारिक नातेदार हुन्। उनी टेकु पुगेपछि नै जबरा पक्राउ परेको गोप्य सूचना सञ्चारमाध्यम र सार्वजनिक वृत्तमा एकाएक बाहिरिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

सूचना चुहावटको विषयमा गृह मन्त्रालयले दाहालसँग स्पष्टीकरणसमेत मागेको थियो। उनले आफू पारिवारिक नातेदार भएका कारण खबर पाएर भेट्न मात्र गएको दाबी गरे पनि नेपाल प्रहरीको नेतृत्वले संवेदनशील अपरेसनको सूचना दाहालबाटै चुहावट भएको दाबी गर्दै आएको थियो।

एआईजी दाहाल निलम्बनमा परेको विषय प्रतिनिधि सभा सदस्य यज्ञमणि न्यौपानेले पनि पुष्टि गरेका छन्। उनले विधिसम्मत ढंगले छानबिन प्रक्रिया पूरा गर्दा केही समय लागेको र अन्ततः सरकारले कडा निर्णय लिएको बताएका छन्। सुरक्षा निकायको उच्च तहमा बसेर पदीय मर्यादा र गोपनीयता विपरीत आचरण देखाएको ठहर गर्दै सरकारले गरेको यो निलम्बनले सुरक्षा वृत्तमा ठूलो तरंग पैदा गरेको छ।

सामाजिक सञ्जालमा झुक्केर पनि नगर्नुहोस् यी २० गल्ती, एउटै पोस्टले पुर्‍याउला सीधै जेल : के भन्छ नेपालको कानुन? शेर गर्नु...
05/10/2026

सामाजिक सञ्जालमा झुक्केर पनि नगर्नुहोस् यी २० गल्ती, एउटै पोस्टले पुर्‍याउला सीधै जेल : के भन्छ नेपालको कानुन? शेर गर्नुहाेस

जुन्तारा खबर, काठमाडौँ, १९ असोज । हाते फोनको स्क्रिनमा एउटा क्लिक, एउटा सेयर वा सामान्य प्रतिक्रियाले तपाईंलाई कानुनी कठघरामा उभ्याउन सक्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ। तर पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल (फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम, एक्स आदि) मा गरिने असावधानीपूर्ण गतिविधिले गर्दा थुप्रै प्रयोगकर्ताहरू प्रहरी हिरासत र जेल जीवन बिताउन बाध्य भइरहेका छन्।

नेपालमा अभिव्यक्ति स्वतन्त्रता संविधानप्रदत्त मौलिक हक भए तापनि त्यसको नाममा अरूको गोपनीयता, मर्यादा र राष्ट्रिय सुरक्षामा आँच पुर्‍याउने छुट कानुनले दिएको छैन। नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल दुरुपयोग गर्नेहरूमाथि कडा निगरानी राखिरहेको छ।

सामाजिक सञ्जालमा कहिल्यै गर्न नहुने २० ठूला गल्तीहरू:
१. विद्युतीय स्वरूपमा अश्लीलता प्रदर्शन वा प्रसार: अश्लील, भद्दा वा यौनजन्य तस्बिर, भिडियो पोस्ट वा सेयर गर्नु।

२. डीपफेक र फोटो बिगारेर चरित्रहत्या: कसैको अनुहार अर्काको नग्न वा आपत्तिजनक शरीरमा जोड्नु वा आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रयोग गरी भ्रामक भिडियो बनाउनु।

३. कसैको अनुमतिबिना गोप्य तस्बिर वा भिडियो सार्वजनिक: सहमतिबिना व्यक्तिगत तस्बिर, गोप्य च्याट स्क्रिनसट वा भिडियो पोस्ट गरेर धम्क्याउनु (रिभेन्ज पोर्न/ब्ल्याकमेलिङ)।

४. फेक आइडी (नक्कली खाता) निर्माण: अर्काको नाम, तस्बिर वा पहिचान चोरेर सामाजिक सञ्जाल चलाउनु र कसैलाई भ्रममा पार्नु।

५. जातीय, धार्मिक वा क्षेत्रीय सद्भाव भड्काउने अभिव्यक्ति: कुनै समुदाय, धर्म वा जातिको भावनामा चोट पुर्‍याउने उत्तेजक भिडियो, पोस्ट वा टिप्पणी गर्नु।

६. अदालतको अवहेलना: विचाराधीन मुद्दा वा अदालतको फैसलालाई लिएर न्यायाधीश वा न्यायिक प्रक्रियामाथि गैरकानुनी आक्षेप लगाउनु।

७. राज्यविरुद्धको अपराध र हिंसा उक्साहट: राज्यद्रोह हुने गरी हिंसा फैलाउने, सार्वजनिक सम्पत्ति तोडफोड गर्न दुरुत्साहन गर्ने वा हतियार प्रदर्शन गर्ने।

८. अपराध अनुसन्धानका प्रमाण सार्वजनिक गर्नु: अनुसन्धानमा असर पुग्ने गरी अपराधका दृश्य वा पीडितको पहिचान खुलाउनु।

९. बलात्कार, बाल–हिंसा तथा संवेदनशील घटनाका पीडितको पहिचान खुलाउनु: कानुनले संरक्षण गरेका पीडित वा बालबालिकाको नाम, तस्बिर वा ठेगाना भाइरल बनाउनु।

१०. ह्याकिङ र अनाधिकृत पहुँच: अरूको फेसबुक, इन्स्टाग्राम वा टिकटक खाता ह्याक गर्ने प्रयास गर्नु वा पासवर्ड चोर्नु।

११. अनलाइन ठगी र फिसिङ लिंक सेयर: 'चिठ्ठा पर्‍यो' वा 'सस्तोमा सामान दिन्छु' भन्दै ठगी गर्नु वा मालवेयर/फिसिङ लिंक पठाउनु।

१२. गैरकानुनी अनलाइन सट्टेबाजी (बेटिङ) को प्रवर्द्धन: वान-एक्स बेट जस्ता जुवा वा बेटिङ प्लेटफर्मको प्रचारप्रसार वा विज्ञापन गर्नु।

१३. क्रिप्टोकरेन्सी र नेटवर्किङ धन्दाको प्रचार: नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरेको क्रिप्टो वा हाइपर फन्डजस्ता डिजिटल मुद्राको कारोबार वा प्रवर्द्धन गर्नु।

१४. व्यक्तिगत प्रतिष्ठामा प्रहार (गाली बेइज्जती): प्रमाणबिना कसैलाई 'चोर', 'भ्रष्टाचारी' वा चरित्रहीन भन्दै सार्वजनिक रूपमा लाञ्छना लगाउनु।

१५. साइबर बुलिङ र अनलाइन ट्रोलिङ: कसैलाई मानसिक तनाव दिने गरी निरन्तर घृणास्पद कमेन्ट, धम्की वा दुर्व्यवहार गर्नु।

१६. आत्महत्या दुरुत्साहन: कसैलाई मर्न बाध्य बनाउने गरी सामाजिक सञ्जालमा दबाब दिनु वा आत्महत्याका दृश्यहरू प्रत्यक्ष प्रसारण (लाइभ) गर्नु।

१७. प्रतिलिपि अधिकार (Copyright) उल्लङ्घन: अरूको सिर्जना, अडियो, भिडियो वा सामग्री अनुमतिबिना चोरेर आफ्नो भनी पोस्ट गर्नु।

१८. सार्वजनिक विपद्मा भ्रामक अफवाह फैलाउनु: भूकम्प, महामारी वा विपद्को समयमा समाजमा त्रास सिर्जना हुने गरी गलत सूचना सम्प्रेषण गर्नु।

१९. पैसा वा सब्स्क्रिप्सनका लागि उत्तेजक 'कन्टेन्ट': भ्युज र फलोअर्स बढाउने लोभमा संवेदनशील वा अमानवीय भिडियोहरू लाइभ स्ट्रिमिङ गर्नु।

२०. व्यक्तिगत विवरण (डक्सिङ) सार्वजनिक गर्नु: बदला लिने नियतले कसैको फोन नम्बर, नागरिकता, राहदानी वा घरको ठेगाना सार्वजनिक गरिदिनु।

नेपालको कुन कानुनले के कारबाही गर्छ?
नेपालमा सामाजिक सञ्जालका यस्ता गैरकानुनी गतिविधिलाई नियन्त्रण गर्न मुख्यतया दुईवटा ऐन कडाइका साथ आकर्षित हुन्छन्:

१. विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३
दफा ४७ (कम्प्युटर, इन्टरनेट तथा सञ्जालमा गैरकानुनी सामग्री प्रकाशन/प्रसारण):

कम्प्युटर वा सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता वा शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने, महिला वा बालबालिकालाई जिस्क्याउने, अपमान गर्ने वा चरित्रहत्या गर्ने कार्य गरेमा १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने स्पष्ट व्यवस्था छ। पटक–पटक सोही अपराध दोहोर्‍याएमा सजाय डेढ गुणासम्म थपिने प्रावधान छ।
ह्याकिङ र तथ्याङ्क चोरी (दफा ४४ देखि ४६)
अनुमतिबिना कम्प्युटर वा सामाजिक सञ्जाल प्रणालीमा पहुँच पुर्‍याएमा वा बिगारेमा ३ वर्षसम्म कैद वा २ लाख रुपैयाँसम्म जरिवाना हुन्छ।

२. मुलुकी अपराध संहिता, २०७४
गाली र बेइज्जतीसम्बन्धी कसुर (दफा ३०५ देखि ३०७):
सामाजिक सञ्जालमार्फत कसैको बेइज्जती गरेमा वा झुट्टा आरोप लगाएमा २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। विद्युतीय माध्यमबाट बेइज्जती गरिए थप १ वर्षसम्म कैद र १० हजार जरिवाना थपिने व्यवस्था छ।
गोपनीयताविरुद्धको कसुर (दफा २९३ देखि २९८):
कसैको अनुमतिबिना तस्बिर खिच्न, बिगार्न वा सार्वजनिक गर्न पाइँदैन। यस्तो गरेमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुन्छ।
सट्टेबाजी र जुवा (दफा १२५):
इन्टरनेटमार्फत जुवा वा सट्टेबाजी खेलाएमा वा त्यसको प्रचार गरेमा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
जातीय तथा धार्मिक सद्भाव भड्काउने (दफा १५६ देखि १६०):
धर्म, जात वा समुदायबीच घृणा फैलाएमा वा आस्थामा आघात पुर्‍याएमा १ देखि ३ वर्षसम्म कैद र जरिवानाको कडा व्यवस्था छ।

हाेसियार, 'चिगर माइट' किर्नाको भयानक बिगबिगी : ज्यानै लिन सक्ने स्क्रब टाइफस तीव्र गतिमा फैलिँदा केहीको गयो ज्यान, यस्ता...
05/10/2026

हाेसियार, 'चिगर माइट' किर्नाको भयानक बिगबिगी : ज्यानै लिन सक्ने स्क्रब टाइफस तीव्र गतिमा फैलिँदा केहीको गयो ज्यान, यस्ता लक्षण देखिए तुरुन्त अस्पताल जान डा. पुनको आग्रह !
जुन्तारा खबर, काठमाडौँ, १९ असोज । सल्यान जिल्लामा मुसामा पाइने सूक्ष्म परजीवी ‘चिगर माइट’ नामक किर्नाको टोकाइबाट सर्ने ‘स्क्रब टाइफस’ रोगको सङ्क्रमण भयावह बन्दै गएको छ। पछिल्ला दिनहरूमा सल्यानका विभिन्न बस्तीमा यो सङ्क्रमण तीव्र रूपमा फैलिँदा केही बिरामीको ज्यानसमेत गइसकेको पुष्टि भएको छ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नेपालमा स्क्रब टाइफस पहिचान गर्ने जाँच किट र यसको उपचारका लागि प्रभावकारी एन्टिबायोटिक सजिलै उपलब्ध हुँदाहुँदै बिरामीको ज्यान जानु अत्यन्तै दुर्भाग्यपूर्ण हो। समयमै पहिचान गरेर सही एन्टिबायोटिक औषधि सुरु गर्दा बिरामीको ज्वरो २४ देखि ४८ घण्टाभित्रै उल्लेख्य रूपमा घट्ने गर्दछ।
कसरी सर्छ यो रोग?
स्क्रब टाइफस ‘ओरिएन्टा सुत्सुगामुसी’ नामक ब्याक्टेरियाका कारण लाग्ने गर्दछ। यो ब्याक्टेरिया साना स्तनधारी जनावर, विशेषगरी मुसामा पाइने आँखाले ठम्याउन मुस्किल पर्ने अत्यन्तै सूक्ष्म ‘चिगर माइट’ नामको किर्नाले मानिसमा सार्ने गर्छ।
मुसा घाँसपात र झाडीमा दुलो बनाएर बस्ने भएकाले यो किर्ना खेतबारी, झाडी र घाँसे मैदानमा खस्ने गर्दछ। घाँस दाउरा गर्न जाँदा, खेतबारीमा काम गर्दा वा घाँसमा लामो समय बस्दा यो किर्नाले मानिसको शरीरमा टोकेर ब्याक्टेरिया सार्ने गर्छ। सङ्क्रमित किर्नाले टोकेको ५ देखि २० दिन (औसत १० देखि १२ दिन) भित्र मानिसमा यसका लक्षणहरू देखा पर्छन्।
कस्ता-कस्ता लक्षण देखिन्छन्?
डा. पुनका अनुसार यदि कसैमा तलका लक्षणहरू देखिएका छन् भने तुरुन्त स्क्रब टाइफसको शंका गर्नुपर्छ:
उच्च ज्वरो आउनु र कामज्वरो छुट्नु
आँखाको सेतो भाग असामान्य रूपमा रातो हुनु
टाउको तीव्र रूपमा दुख्नु र श्वासप्रश्वासमा असहजता (स्याँ–स्याँ) हुनु
कानमा अनौठो सिट्ठी वा कृत्रिम आवाज गुञ्जिनु
शरीर, काखीमुनि, घाँटी, छाती, ढाड वा कम्मरमुनिको जननाङ्ग क्षेत्रमा कालो पाप्रो (इस्कार/घाउको दाग) देखिनु
शरीरमा बिमिरा आउनु, अत्यधिक पसिना आउनु र लिम्फ ग्रन्थिहरू सुन्निनु
कसलाई छ बढी जोखिम?
हाल सल्यानमा मृत्यु भएका व्यक्तिहरूको विवरण हेर्दा धेरैजसो दीर्घरोगी (मधुमेह, उच्च रक्तचाप, मिर्गौला वा श्वासप्रश्वासका पुराना बिरामी) रहेको पाइएको छ। यसले गर्दा दीर्घरोगीहरू स्क्रब टाइफसको उच्च जोखिममा रहेको स्पष्ट हुन्छ।
सल्यानमा मुसाको जनसङ्ख्या अत्यधिक बढेका कारण वा मुसामा यो किर्नाको फैलावट तीव्र भएकाले सङ्क्रमण अस्वाभाविक रूपमा बढेको हुन सक्ने अनुमान गरिएको छ।
बच्न के गर्ने? (सतर्कताका उपायहरू)
१. झाडी र घाँसपातमा जाँदा सावधानी: खेतबारीमा काम गर्दा वा घाँस काट्न जाँदा शरीर पूरै ढाकिने बाहुला भएको कपडा, सुरुवाल र जुत्ता–मोजा अनिवार्य लगाउनुहोस्।
२. घाँसमा सिधै नबस्ने: चौर वा घाँसमा नांगो जिउ वा कपडा नओछ्याई सिधै बस्ने वा सुत्ने नगर्नुहोस्।
३. घरवरपर सरसफाइ: घरवरपर अनावश्यक झाडी, झारपात र फोहोर जम्न नदिनुहोस्। मुसा नियन्त्रणका उपायहरू अपनाउनुहोस्।
४. शरीरको जाँच: खेतबारीबाट फर्किएपछि नुहाउने र शरीरको काखी, घाँटी, कम्मर वरपर कुनै कालो पाप्रो वा टोकेको दाग छ/छैन ध्यान दिएर हेर्नुहोस्।
५. तुरुन्त स्वास्थ्य संस्था जाने: लगातार उच्च ज्वरो आएमा वा आँखा रातो भएमा सामान्य भाइरल ज्वरो भनेर घरमै नबसी वा मेडिकलबाट जथाभावी औषधि नखाई तुरुन्त नजिकैको स्वास्थ्य चौकी वा अस्पताल जानुहोस्।

मानिस हराएको अत्यन्त जरुरी सूचना!!! सबैले शेर गरेर सहयोग गर्न अपिलकाठमाडौ । परिवारबाट आफ्नै कोही सदस्य अचानक हराउँदा पर्...
05/10/2026

मानिस हराएको अत्यन्त जरुरी सूचना!!! सबैले शेर गरेर सहयोग गर्न अपिल
काठमाडौ । परिवारबाट आफ्नै कोही सदस्य अचानक हराउँदा पर्ने मानसिक पीडा र छटपटीलाई शब्दमा व्यक्त गर्न सकिँदैन। दिनभरका कामधन्दा र परिवारको सुखका लागि सँगै हुने मानिस एक्कासि सम्पर्कविहीन हुँदा घरमा गहिरो बज्रपात पर्ने गर्छ। हरेक पल ढोकातिर हेर्दै प्रियजनको प्रतीक्षा गर्नु, रातभर निदाउन नसक्नु र उनीहरूको सुरक्षाको पिरलोले परिवारलाई मानसिक रूपमा विक्षिप्त बनाउँछ। हाल सिन्धुली जिल्लाको एक परिवार पनि यस्तै असह्य पीडा र छटपटीको घडीबाट गुज्रिरहेको छ।
सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका वडा नम्बर १०, माथिल्लो पर्चङ्ग (सुकुम्बरे) निवास बस्नुहुने आमा अति माया रानाको छोरा तथा श्रीमती दुग्ध माया रानाको श्रीमान् श्री भक्त बहादुर राना मगर (उमेर ४४ वर्ष) यही मिति २०८३/०६/१३ गते मंगलबार राति करिब ८ बजेदेखि अचानक हराइरहनुभएको छ। उहाँको खोजी कार्यको लागि सम्बन्धित सुरक्षा निकायमा निवेदन समेत परिसकेको छ।
हराएका व्यक्तिको विवरण तथा हुलिया:
नाम: श्री भक्त बहादुर राना मगर
उमेर: ४४ वर्ष
उचाइ: अन्दाजी ४ फिट (स्रोतमा उल्लेख भएअनुसार)
वर्ण: गहुँगोरो
वजन: ६० केजी
लगाएको लुगा: फुस्रो हाफ टिसर्ट र सेतो रङ्गको हाफ ज्याङ्गै लगाउनुभएको छ
विगत केही दिनदेखि परिवारका सदस्यहरू उहाँको खोजीमा भौंतारिरहेका छन्। यदि यहाँहरूले यो हुलिया मिल्ने व्यक्तिलाई देशको जुनसुकै ठाउँमा वा कतै फेला पार्नुभयो भने, नजिकको प्रहरी कार्यालयमा वा तल दिइएका मोबाइल नम्बरहरूमा तत्काल खबर गरिदिनुहुन विनम्र अनुरोध गरिन्छ:
दुग्ध माया राना: ९७४७४७९३८२
शेर बहादुर एकचाई: ९७६९०३०४७१
पुण्यहरि भुजेल: ९८४४५०८०८०
जुनतारा खबर: ९८६१८२०३५६ (वा नजिकको प्रहरी कार्यालयमा)
विशेष अनुरोध: मानिस वा कुनै पनि महत्त्वपूर्ण सामानहरू हराएका यस्ता जरुरी सूचनाहरू 'जुनतारा खबर' मा प्रकाशन गर्नका लागि एक पैसा पनि शुल्क लाग्ने छैन। यदि तपाईंसँग पनि यस्तै कुनै सूचना छन् भने सिधै ९८६१८२०३५६ मा ह्वाट्सएप (WhatsApp) गर्न सक्नुहुनेछ।
यो दुःखद् घडीमा यो सूचनालाई सेयर (Share) गरी खोजी कार्यमा सहयोग पुर्‍याइदिनुहुन र मानवीय धर्म निभाउनुहुन सबैमा हार्दिक अपिल गर्दछौँ।

05/10/2026

मानिस हराएको अत्यन्त जरुरी सूचना!!! सबैले शेर गर्नुहोस

🎉 खुसीको खबर, चम्किने भयो मलेसिया जाने नेपाली कामदारको भाग्य, अब महिनाकै लाखौं कमाई!काठमाडौ । मलेसियामा पसिना बगाइरहनुभए...
05/10/2026

🎉 खुसीको खबर, चम्किने भयो मलेसिया जाने नेपाली कामदारको भाग्य, अब महिनाकै लाखौं कमाई!
काठमाडौ । मलेसियामा पसिना बगाइरहनुभएका र वैदेशिक रोजगारीको तयारीमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि एउटा ठूलो र सकारात्मक खबर बाहिर आएको छ। मलेसिया सरकारले विदेशी कामदारको न्यूनतम मासिक तलब १ हजार ७ सय रिंगिटबाट बढाएर २ हजार रिंगिट (करिब ७५ हजार नेपाली रुपैयाँ) पुर्‍याउने विषयमा गम्भीर छलफल र तयारी अघि बढाएको छ।
अक्टोबर ९ मा घोषणा हुँदै! प्रतिष्ठित सञ्चारमाध्यम ‘मलाय मेल’का अनुसार, आगामी अक्टोबर ९ मा सार्वजनिक हुने सन् २०२७ को बजेटमार्फत यो तलब वृद्धिको औपचारिक घोषणा हुन सक्नेछ। यद्यपि, नयाँ तलबदर र यसको कार्यान्वयन मिति भने अन्तिम बजेट भाषणपछि मात्र पूर्ण रूपमा तय हुनेछ।
यदि यो निर्णय पूर्ण रूपमा लागू भएमा न्यूनतम तलबमा सिधै ३ सय रिंगिट अर्थात् करिब १७.६ प्रतिशतले वृद्धि हुनेछ। यसबाट मलेसियामा कार्यरत करिब ४ लाख भन्दा बढी नेपालीसहित न्यूनतम तलब सुविधा पाइरहेका लाखौं विदेशी कामदारहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। यससँगै मलेसियामा रहेका नेपालीहरूको मासिक कमाइ लाखतर्फ लम्किने पक्कापक्की देखिएको छ! 💸✨
प्रधानमन्त्रीको हातमा अन्तिम निर्णय: मलेसियाका अर्थमन्त्री अकमल नसरुल्लाह मोहम्मद नासिरका अनुसार यससम्बन्धी अन्तिम निर्णय प्रधानमन्त्री अनवर इब्राहिमले बजेट प्रस्तुत गर्ने क्रममा गर्नेछन्। सरकारले तलब बढाउँदा एकातिर कामदारको हकहित र जीवनस्तर सुधारलाई प्राथमिकता दिएको छ भने अर्कोतिर साना तथा मझौला उद्योगहरूको सञ्चालन लागतलाई पनि सन्तुलनमा राख्ने विषयमा ध्यान दिइरहेको छ।
मलेसियाको राष्ट्रिय न्यूनतम तलब नीतिअनुसार अब विदेशी कामदारले पनि तोकिएको न्यूनतम आधारभूत तलब अनिवार्य रूपमा पाउनुपर्ने व्यवस्था छ। तर, घरेलु कामदार र विशेष प्रशिक्षार्थी सम्झौताअन्तर्गत कार्यरत कामदारहरू भने यो सुविधाबाट बाहिर रहनेछन्।
ट्रेड युनियनहरूको अझै ठूलो माग: यसैबीच, त्यहाँका ट्रेड युनियन महासंघहरूले भने विदेशी तथा स्थानीय कामदारको न्यूनतम तलब बढाएर ३ हजार १ सय रिंगिट पुर्‍याउनुपर्ने जोडदार माग गर्दै आएका छन्। अर्कोतर्फ, रोजगारदाता तथा व्यवसायीहरूले भने अत्यधिक ठूलो तलब वृद्धिले उद्योगको सञ्चालन खर्च र बजारमा वस्तु तथा सेवाको मूल्य बढाउन सक्ने भन्दै केही चिन्ता व्यक्त गरेका छन्।
स्मरण रहोस्, मलेसियामा सन् २०१३ मा न्यूनतम तलब जम्मा ९ सय रिंगिटबाट सुरु भएको थियो। समयसँगै यसलाई बढाउँदै २०२२ मा १ हजार ५ सय र २०२५ मा १ हजार ७ सय रिंगिट पुर्‍याइएको थियो भने अब यसलाई २ हजार रिंगिट पुर्‍याउने ऐतिहासिक तयारी भइरहेको छ।

🎉 चम्किने भयो मलेसियामा जाने लाखौं नेपाली कामदारको भाग्य, अब महिनाकै लाखौं कमाउन सकिने! शेर गर्नुसकाठमाडौ । मलेसियामा पस...
05/10/2026

🎉 चम्किने भयो मलेसियामा जाने लाखौं नेपाली कामदारको भाग्य, अब महिनाकै लाखौं कमाउन सकिने! शेर गर्नुस
काठमाडौ । मलेसियामा पसिना बगाइरहनुभएका र वैदेशिक रोजगारीको तयारीमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि एउटा ठूलो र सकारात्मक खबर बाहिर आएको छ। मलेसिया सरकारले विदेशी कामदारको न्यूनतम मासिक तलब १ हजार ७ सय रिंगिटबाट बढाएर २ हजार रिंगिट (करिब ७५ हजार नेपाली रुपैयाँ) पुर्‍याउने विषयमा गम्भीर छलफल र तयारी अघि बढाएको छ।
अक्टोबर ९ मा घोषणा हुँदै! प्रतिष्ठित सञ्चारमाध्यम ‘मलाय मेल’का अनुसार, आगामी अक्टोबर ९ मा सार्वजनिक हुने सन् २०२७ को बजेटमार्फत यो तलब वृद्धिको औपचारिक घोषणा हुन सक्नेछ। यद्यपि, नयाँ तलबदर र यसको कार्यान्वयन मिति भने अन्तिम बजेट भाषणपछि मात्र पूर्ण रूपमा तय हुनेछ।
यदि यो निर्णय पूर्ण रूपमा लागू भएमा न्यूनतम तलबमा सिधै ३ सय रिंगिट अर्थात् करिब १७.६ प्रतिशतले वृद्धि हुनेछ। यसबाट मलेसियामा कार्यरत करिब ४ लाख भन्दा बढी नेपालीसहित न्यूनतम तलब सुविधा पाइरहेका लाखौं विदेशी कामदारहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। यससँगै मलेसियामा रहेका नेपालीहरूको मासिक कमाइ लाखतर्फ लम्किने पक्कापक्की देखिएको छ! 💸✨
प्रधानमन्त्रीको हातमा अन्तिम निर्णय: मलेसियाका अर्थमन्त्री अकमल नसरुल्लाह मोहम्मद नासिरका अनुसार यससम्बन्धी अन्तिम निर्णय प्रधानमन्त्री अनवर इब्राहिमले बजेट प्रस्तुत गर्ने क्रममा गर्नेछन्। सरकारले तलब बढाउँदा एकातिर कामदारको हकहित र जीवनस्तर सुधारलाई प्राथमिकता दिएको छ भने अर्कोतिर साना तथा मझौला उद्योगहरूको सञ्चालन लागतलाई पनि सन्तुलनमा राख्ने विषयमा ध्यान दिइरहेको छ।
मलेसियाको राष्ट्रिय न्यूनतम तलब नीतिअनुसार अब विदेशी कामदारले पनि तोकिएको न्यूनतम आधारभूत तलब अनिवार्य रूपमा पाउनुपर्ने व्यवस्था छ। तर, घरेलु कामदार र विशेष प्रशिक्षार्थी सम्झौताअन्तर्गत कार्यरत कामदारहरू भने यो सुविधाबाट बाहिर रहनेछन्।
ट्रेड युनियनहरूको अझै ठूलो माग: यसैबीच, त्यहाँका ट्रेड युनियन महासंघहरूले भने विदेशी तथा स्थानीय कामदारको न्यूनतम तलब बढाएर ३ हजार १ सय रिंगिट पुर्‍याउनुपर्ने जोडदार माग गर्दै आएका छन्। अर्कोतर्फ, रोजगारदाता तथा व्यवसायीहरूले भने अत्यधिक ठूलो तलब वृद्धिले उद्योगको सञ्चालन खर्च र बजारमा वस्तु तथा सेवाको मूल्य बढाउन सक्ने भन्दै केही चिन्ता व्यक्त गरेका छन्।
स्मरण रहोस्, मलेसियामा सन् २०१३ मा न्यूनतम तलब जम्मा ९ सय रिंगिटबाट सुरु भएको थियो। समयसँगै यसलाई बढाउँदै २०२२ मा १ हजार ५ सय र २०२५ मा १ हजार ७ सय रिंगिट पुर्‍याइएको थियो भने अब यसलाई २ हजार रिंगिट पुर्‍याउने ऐतिहासिक तयारी भइरहेको छ।

दसैँको मुखमै मजदुरको चुलो निभ्यो : बागलुङको निसीखोलामा सडक खन्दा माटोको ढिस्कोले पुर्यो, दुई जनाको घटनास्थलमै मृत्यु, एक...
05/10/2026

दसैँको मुखमै मजदुरको चुलो निभ्यो : बागलुङको निसीखोलामा सडक खन्दा माटोको ढिस्कोले पुर्यो, दुई जनाको घटनास्थलमै मृत्यु, एक गम्भीर !

जुन्तारा खबर,काठमाडौँ ।
महान् चाड दसैँको खर्च जुटाउन पसिना बगाइरहेका विपन्न मजदुरहरूमाथि बागलुङमा कामकै क्रममा भयानक बज्रपात परेको छ। निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक स्तरोन्नतिको काम भइरहँदा अचानक माथिबाट खसेको माटोको ढिस्कोले पुर्दा दुई जना मजदुरको दर्दनाक ज्यान गएको छ भने एक जना मजदुर गम्भीर घाइते भएका छन्।

घटना सोमबार बिहान करिब ७ः३० बजेको हो। काप्रा–बोहरागाउँ–छापाखानी प्यूठान सडकखण्ड निर्माणका क्रममा चालक भद्र मल्लले चलाएको लु१क ३४४६ नम्बरको जेसिबीले बाटो खन्दै गर्दा अचानक विशाल माटोको ढिस्को खसेको थियो। बाटोमा काम गरिरहेका तीनै जना मजदुर सोही ढिस्कोमुनि पुरिएका थिए।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) फडिन्द्र प्रसाईंका अनुसार माटोको ढिस्कोमा पुरिएकामध्ये सल्यान निवासी २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापाको घटनास्थलमै मृत्यु भएको हो। स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गर्दा उनीहरूको प्राण गइसकेको थियो।

ढिस्कोमा पुरिएका अर्का मजदुर रोल्पाका कृष्ण घर्ती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। निसीखोला गाउँपालिका–३ का वडाअध्यक्ष रमेशविक्रम शाहीका अनुसार गम्भीर घाइते घर्तीलाई तत्काल प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ पुर्‍याइएको छ।

चाडपर्वको मुखमा घरपरिवारलाई खुसी दिन काममा खटिएका युवाहरूको यसरी अकालमै ज्यान गुमेपछि घटनास्थल स्तब्ध बनेको छ। मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न स्थानीयवासीले माग गरेका छन्।

04/10/2026

खुसीको खबर, शेर गर्नुस

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Juntara News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Juntara News:

Shortcuts

Share