Safalta Nepal

Safalta Nepal "Your Window to Nepal – Fair, Fast, Fearless."

🌱 हाइकिङ जाँदा तपाईं नकुहिने फोहरको व्यवस्थापन कसरी गर्नुहुन्छ? 🏔️🚯
30/08/2026

🌱 हाइकिङ जाँदा तपाईं नकुहिने फोहरको व्यवस्थापन कसरी गर्नुहुन्छ? 🏔️🚯

🌱 हाइकिङ जाँदा तपाईं नकुहिने फोहरको व्यवस्थापन कसरी गर्नुहुन्छ? 🏔️🚯​जनैपूर्णिमाको दिन बुढानिलकण्ठ मन्दिरदेखि जाम्चेन विज...
30/08/2026

🌱 हाइकिङ जाँदा तपाईं नकुहिने फोहरको व्यवस्थापन कसरी गर्नुहुन्छ? 🏔️🚯

​जनैपूर्णिमाको दिन बुढानिलकण्ठ मन्दिरदेखि जाम्चेन विजय स्तूप (Jamchen Vijaya Stupa) सम्मको हाइकिङ सकेर फर्किँदै गर्दा एउटा दृश्यले मेरो ध्यान गहिरोसँग आकर्षित गर्‍यो।
​Kantipur City College मा Computer Engineering (VI semester) पढ्दै गरेका ६-७ जना युवाहरूको समूह फर्किँदै थियो। तीमध्ये एकजना भाइले आफ्नो झोलामा आफूले प्रयोग गरेका प्लास्टिकका फोहरहरू पोको पारेर सुरक्षित रूपमा बोकेर ल्याइरहेका थिए।
​यो सामान्य दृश्य मात्र थिएन, यो एउटा जिम्मेवार नागरिक र पर्यावरणप्रतिको उच्च चेतनाको सुन्दर उदाहरण थियो। मैले उनीहरूलाई आग्रह गरेर त्यो फोहरको पोको स्पष्ट देखिने गरी एउटा फोटो खिचेँ।

​🛑 हामीले सोच्नै पर्ने कुरा:

पुराना र व्यवस्थित हाइकिङ ट्रेलहरूमा डस्टबिनको व्यवस्था भए पनि नयाँ वा ग्रामीण पदमार्गहरूमा फोहर व्यवस्थापन ठूलो चुनौती बनेको छ। हामी स्वच्छ हावा, प्राकृतिक सुन्दरता र आनन्दको खोजीमा डाँडाकाँडा पुग्छौँ, तर यदि हामीले नै प्लास्टिक, सिसा वा धातुजन्य फोहर जथाभाबी फ्याँक्यौँ भने?

​🥀 प्रकृतिको कुरुपता: जथाभाबी फ्याँकिएका प्लास्टिकले सुन्दर पदमार्गको प्राकृतिक सुन्दरता बिगार्छ।

​⌛ दीर्घकालीन असर: plastic तथा धातुजन्य फोहरहरू १०० देखि २०० वर्षसम्म माटोमा नसडी रहन्छन्, जसले वातावरणमा अपूरणीय क्षति पुर्‍याउँछ।

​🐾 वन्यजन्तुमाथि सङ्कट: खानेकुराको गन्धले वन्यजन्तुले प्लास्टिक निल्दा उनीहरूको पाचन प्रणाली बन्द भई अकालमा मृत्यु हुने गर्छ।

​☣️ प्रदूषण र जोखिम: सिसा र धातुका टुक्राहरूले एकातिर अन्य हाइकर र जनावरहरूलाई घाइते बनाउँछ भने अर्कोतिर माटो र पानीमा विषालु रसायनहरू मिसाउँछ।

​✨ सकारात्मक परिवर्तनको सुरुवात आफैँबाट गरौँ!
प्रकृतिमा जाँदा "तस्वीर मात्र खिचौँ, आफैँले सिर्जना गरेको फोहर आफैँ लिएर फर्कौँ" (Leave No Trace)।
​इन्जिनियरिङका यी युवाहरूले देखाएको यो सानो तर दूरगामी कदम सबैका लागि अनुकरणीय छ। प्रकृतिलाई स्वच्छ र सुन्दर राख्ने जिम्मेवारी हामी सबैको हो।

🚨 BREAKING: Rabindra Dhant has entered the FINAL of Road to UFC Season 5! ❤️🇳🇵This victory is for Nepal—and for everyone...
28/08/2026

🚨 BREAKING: Rabindra Dhant has entered the FINAL of Road to UFC Season 5! ❤️🇳🇵

This victory is for Nepal—and for everyone fighting through their own battles, carrying pain, and still choosing to keep going. 🇳🇵❤️

Congratulations, Rabindra! What a moment for Nepal. 🙌🔥

Jai Hanuman. 🚩

Alert
28/08/2026

Alert

भदौ १० गते आएको बाढी तथा विपद्का कारण रसुवाको टिमुरेबाट कृष्ण लामिछाने र बलराम लामिछाने बेपत्ता हुनुभएको छ। उहाँहरू हालस...
28/08/2026

भदौ १० गते आएको बाढी तथा विपद्का कारण रसुवाको टिमुरेबाट कृष्ण लामिछाने र बलराम लामिछाने बेपत्ता हुनुभएको छ। उहाँहरू हालसम्म सम्पर्कमा आउनुभएको छैन।

उहाँहरूबारे कुनै जानकारी भएमा वा देख्नुभएमा कृपया तुरुन्तै यी नम्बरमा सम्पर्क गर्नुहोस्:

📞 9867064299
📞 9761166852

भाद्र १० गते त्रिशुलिमा आएको बाढीका कारण धेरै घाइते र बाढीमा बाच्न सफल मानिसहरू सूर्यगढी गाउॅंपालीका तर्फ आउनु भएको छ। ग...
26/08/2026

भाद्र १० गते त्रिशुलिमा आएको बाढीका कारण धेरै घाइते र बाढीमा बाच्न सफल मानिसहरू सूर्यगढी गाउॅंपालीका तर्फ आउनु भएको छ।
गोरखा पालुङटार र बेत्रावतीको गर्भवती महीला समेत सुर्यगढी गाउॅंपालीका को प्रशासकीय भबनमा सुरक्षित रहनुभएका मानिसहरुको विवरण।

NOTICE ALERT : सरकारले बाढीपीडितका लागि Personal खातामा कुनै पनि किसिमको Donation वा चन्दा नउठाउन तथा नदिन अनुरोध गरेको ...
26/08/2026

NOTICE ALERT : सरकारले बाढीपीडितका लागि Personal खातामा कुनै पनि किसिमको Donation वा चन्दा नउठाउन तथा नदिन अनुरोध गरेको छ। त्यस्तो कार्य गरेको पाइएमा प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ। 🙏

PS. यस्तो सहयोगका लागि नेपाल सरकारको आधिकारिक खाता रहेको छ।

26/08/2026

जोखिमका क्षेत्रमा सतर्कता अपनाउनुपर्ने

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Safalta Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Safalta Nepal:

Shortcuts

Share