30/08/2026
🌱 हाइकिङ जाँदा तपाईं नकुहिने फोहरको व्यवस्थापन कसरी गर्नुहुन्छ? 🏔️🚯
जनैपूर्णिमाको दिन बुढानिलकण्ठ मन्दिरदेखि जाम्चेन विजय स्तूप (Jamchen Vijaya Stupa) सम्मको हाइकिङ सकेर फर्किँदै गर्दा एउटा दृश्यले मेरो ध्यान गहिरोसँग आकर्षित गर्यो।
Kantipur City College मा Computer Engineering (VI semester) पढ्दै गरेका ६-७ जना युवाहरूको समूह फर्किँदै थियो। तीमध्ये एकजना भाइले आफ्नो झोलामा आफूले प्रयोग गरेका प्लास्टिकका फोहरहरू पोको पारेर सुरक्षित रूपमा बोकेर ल्याइरहेका थिए।
यो सामान्य दृश्य मात्र थिएन, यो एउटा जिम्मेवार नागरिक र पर्यावरणप्रतिको उच्च चेतनाको सुन्दर उदाहरण थियो। मैले उनीहरूलाई आग्रह गरेर त्यो फोहरको पोको स्पष्ट देखिने गरी एउटा फोटो खिचेँ।
🛑 हामीले सोच्नै पर्ने कुरा:
पुराना र व्यवस्थित हाइकिङ ट्रेलहरूमा डस्टबिनको व्यवस्था भए पनि नयाँ वा ग्रामीण पदमार्गहरूमा फोहर व्यवस्थापन ठूलो चुनौती बनेको छ। हामी स्वच्छ हावा, प्राकृतिक सुन्दरता र आनन्दको खोजीमा डाँडाकाँडा पुग्छौँ, तर यदि हामीले नै प्लास्टिक, सिसा वा धातुजन्य फोहर जथाभाबी फ्याँक्यौँ भने?
🥀 प्रकृतिको कुरुपता: जथाभाबी फ्याँकिएका प्लास्टिकले सुन्दर पदमार्गको प्राकृतिक सुन्दरता बिगार्छ।
⌛ दीर्घकालीन असर: plastic तथा धातुजन्य फोहरहरू १०० देखि २०० वर्षसम्म माटोमा नसडी रहन्छन्, जसले वातावरणमा अपूरणीय क्षति पुर्याउँछ।
🐾 वन्यजन्तुमाथि सङ्कट: खानेकुराको गन्धले वन्यजन्तुले प्लास्टिक निल्दा उनीहरूको पाचन प्रणाली बन्द भई अकालमा मृत्यु हुने गर्छ।
☣️ प्रदूषण र जोखिम: सिसा र धातुका टुक्राहरूले एकातिर अन्य हाइकर र जनावरहरूलाई घाइते बनाउँछ भने अर्कोतिर माटो र पानीमा विषालु रसायनहरू मिसाउँछ।
✨ सकारात्मक परिवर्तनको सुरुवात आफैँबाट गरौँ!
प्रकृतिमा जाँदा "तस्वीर मात्र खिचौँ, आफैँले सिर्जना गरेको फोहर आफैँ लिएर फर्कौँ" (Leave No Trace)।
इन्जिनियरिङका यी युवाहरूले देखाएको यो सानो तर दूरगामी कदम सबैका लागि अनुकरणीय छ। प्रकृतिलाई स्वच्छ र सुन्दर राख्ने जिम्मेवारी हामी सबैको हो।