05/06/2026
सुखी गृहस्थ ।
एक पटक अनाथपिण्डक जहाँ भगवान बुद्ध हुनुहुन्थ्यो, त्यहाँ आए, अभिबादन गरेर एक छेउमा बसे ।
अनाथपिण्डक जान्न चाहान्थ्यो कि गृहस्थ कसरी सुखी रहन सक्छ ?
तदनुसार अनाथपिण्डकले भगवान बुद्धसग प्रार्थना गरे कि उहाँले उसलाई गृहस्थ जिबनका सुखको रहस्य बुझाइ दिउन ।
तब भगवान बुद्धले भन्नुभयो :- गृहस्थको पहिलो सुख सम्पत्तिको मालीक बन्नु हुन्छ । एक गृहस्थका साथमा धार्मिक तरिकाले, न्यायसंगत धेरै परिश्रमले, मेहनतले पसिना बगाएर कमाएको धन हुन्छ । यश बिचारले कि मेरो साथमा न्यायोचित आर्जन गरेको धन छ, उसलाई प्रसन्नता मिल्छ ।
दोस्रो सुख सम्पत्तीको भोगको हुन्छ । एक गृहस्थसग धार्मिक तरिकाले, धेरै परिश्रम गरेर, मेहनतले पसिना बगाएर कमाएको धन हुन्छ । उ आफ्नो धनको उपभोग गर्दछ र पुण्य कर्म गर्दछ । यश बिचारले कि म आफ्नो न्यायोचित तरिकाले आर्जित धनले पुण्य कर्म गर्दछु, उसलाई खुशी मिल्दछ ।
तेस्रो सुख "ऋण" ग्रस्त नहुनू हो । कुनै पनि गृहस्थको शिरमा धेरै थोरै कुनै पनि किसिमको ऋणको बोझ हुदैन । यश बिचारले कि मेरो शिरमा कसैको पनि ऋण छैन, उ प्रसन्न रहन्छ ।
चौथो सुख दोष रहित हुनुको हो । एक गृहस्थको शारीरिक कर्म निर्दोष हुन्छ, वाणिको कर्म निर्दोष हुन्छ र मनको कर्म निर्दोष हुन्छ । उसलाई निर्दोषताको सुख प्राप्त हुन्छ ।
अनाथपिण्डक ! निश्चय नै यी चार सुखहरु यस्ता छन जसलाई गृहस्थले प्रयास गरेमा प्राप्त गर्न सक्नेछन् ।
Buddhism in Nepal