Lens Nepal

Lens Nepal Lens Nepal | Nepal's most popular and authentic source for movie and celebrity details.

चलचित्र ‘माया बस्छ कि के हो !’ को ट्रेलर सार्वजनीक गरिएको छ । राजु अधिकारी निर्देशित चलचित्रको ट्रेलरमा डेब्यु अभिनेता स...
08/09/2026

चलचित्र ‘माया बस्छ कि के हो !’ को ट्रेलर सार्वजनीक गरिएको छ । राजु अधिकारी निर्देशित चलचित्रको ट्रेलरमा डेब्यु अभिनेता सोनाल लामा र नायिका कस्मता निरौलालाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ ।

चलचित्र ‘अन्तिम दाउ’ निर्माणको औपचारिक घोषणा गरिएको छ । चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईव...
08/09/2026

चलचित्र ‘अन्तिम दाउ’ निर्माणको औपचारिक घोषणा गरिएको छ । चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुति रहने चलचित्रलाई बिजु पार्कीले निर्देशन गर्ने छन् । यो उनको डेब्यू निर्देशन हो ।

चलचित्र ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा मुख्य पात्र कार्की साइँला (जितु ...
08/09/2026

चलचित्र ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को वरिपरी कथा घुमेको छ । भारी बोक्ने भरियाको काम गर्दै आएका कार्की साइँलाको जीवनको उतार चढाव ट्रेलरमा देख्न सकिन्छ ।

भदौ २६ गते शुक्रबारबाट प्रदर्शनमा हुने चलचित्र ‘अक्षरा’ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । केन्द्रीय चलचित्र जाँच ...
08/09/2026

भदौ २६ गते शुक्रबारबाट प्रदर्शनमा हुने चलचित्र ‘अक्षरा’ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई युनिभर्सल श्रेणीमा बर्गिकरण गरेसँगै सबै उमेरका दर्शकले चलचित्र हेर्न पाउने भएका हुन् । विनयराज पौडेलको निर्देशन रहेको चलचित्रको लम्बाई २ घण्टा १४ मिनेट कायम भएको छ ।

सुयोग गुरुङले निर्देशन गर्ने चलचित्रमा अनमोल केसी र जसिता गुरुङको अभिनय रहने छ । अर्को चलचित्रमा पल शाहको मुख्य भूमिका र...
07/09/2026

सुयोग गुरुङले निर्देशन गर्ने चलचित्रमा अनमोल केसी र जसिता गुरुङको अभिनय रहने छ । अर्को चलचित्रमा पल शाहको मुख्य भूमिका रहने निर्माता रोहित अधिकारीले जनाएका छन् ।

चलचित्र ‘पार्वती’ले १ करोड ५८ लाख ८४ हजार १३७ को ब्यापार गरेको छ ।  भदौ १२ गतेबाट प्रदर्शनमा आएको चलचित्रका यो अवधिमा ५४...
07/09/2026

चलचित्र ‘पार्वती’ले १ करोड ५८ लाख ८४ हजार १३७ को ब्यापार गरेको छ । भदौ १२ गतेबाट प्रदर्शनमा आएको चलचित्रका यो अवधिमा ५४ हजार ७३५ टिकट बिक्रि भएका छन् ।

प्रदर्शनको ५१ औं दिन पुरा गरेको चलचित्र ‘गौँथली’ ले हालसम्म २५ करोड ८६ लाख २८ हजार ६१५ बढीको व्यापार गरेको छ । गत साउन १...
07/09/2026

प्रदर्शनको ५१ औं दिन पुरा गरेको चलचित्र ‘गौँथली’ ले हालसम्म २५ करोड ८६ लाख २८ हजार ६१५ बढीको व्यापार गरेको छ । गत साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्रका ९ लाख ३० हजार ७४४ टिकट बिक्रि भएका छन् ।

दिलिप रायमाझी बन्दा यस्तो देखिइन दिब्या ।
06/09/2026

दिलिप रायमाझी बन्दा यस्तो देखिइन दिब्या ।

चलचित्र ‘जदौ’मा समोवेश ‘तिमीसँग नबोली’ बोलको प्रेम गीत सार्वजनीक गरिएको छ । गीतमा कलाकारद्वय नीति शाह र प्रभात पाल ठकुरी...
06/09/2026

चलचित्र ‘जदौ’मा समोवेश ‘तिमीसँग नबोली’ बोलको प्रेम गीत सार्वजनीक गरिएको छ । गीतमा कलाकारद्वय नीति शाह र प्रभात पाल ठकुरी रोमान्टिक भावमा प्रस्तुत गरिएको छ । किरण गजमेर र मनिषा सुनारको स्वर,गोपाल लोहारको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशन रहेको चलचित्र असोज ९ बाट प्रदर्शनमा आउदैछ । अन्तरजातीय प्रेम सम्बन्धको बिषय उठान गरिएको चलचित्रको स्क्रिप्ट निर्देशक लिम्बूले लेखेका हुन् ।
चलचित्रमा नीति र प्रभातका साथमा मुकुन भुसाल, ऋचा शर्मा, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटालगायतका कलाकारले अभिनय रहेको छ ।

चर्चित हास्य कलाकार बल्छी धुर्बेसहित ‘हल्का रमाइलो’ र ‘जुठे’का कलाकारहरु राहत वितरणमा ब्यस्त छ । नुवाकोट पछि उनीहरु रसुव...
06/09/2026

चर्चित हास्य कलाकार बल्छी धुर्बेसहित ‘हल्का रमाइलो’ र ‘जुठे’का कलाकारहरु राहत वितरणमा ब्यस्त छ । नुवाकोट पछि उनीहरु रसुवा पुगेर राहत वितरणको तयारीमा छन् ।

Address

Kathmandu

Telephone

9803868099

Alerts

Be the first to know and let us send you an email when Lens Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lens Nepal:

Shortcuts

Share