04/12/2025
नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा बुधबार दोलखास्थित जिरीको तापक्रम पनि माइनसमा झरेको छ।
विभागमा बुधबार साँझ रेकर्ड भएको अभिलेखअनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस ५ दशमलव २ डिग्री र दोलखाको जिरीमा न्यूनतम तापक्रम माइनस शून्य दशमलव १ मा झरेको छ। जाडो सिजन लागिसकेको र चिसो बढ्ने क्रममा रहेको विभागले जानकारी दिएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले हिजो अस्ती जुम्लाको न्यनतम तापक्रम माइनस २ देखि ३ सम्म रहेकामा बुधबार तापक्रम घटेर माइनस ५ दशमलव २ मा पुगेको हो।