Sobita vision

Sobita vision Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sobita vision, Digital creator, Kathmandu.

आज कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्षमा संसदमा पेश गरिने विधेयकहरूको तयारीका सम्बन्धमा सम्पूर्ण...
15/06/2026

आज कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्षमा संसदमा पेश गरिने विधेयकहरूको तयारीका सम्बन्धमा सम्पूर्ण मन्त्रालयहरूसँग छलफल गर्ने क्रममा पूर्वाधार विकास मन्त्रालय साथै शिक्षा तथा खेलकुद मन्त्रालयसँग छुट्टाछुट्टै विस्तृत छलफल गरेको छ ।

कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रहकाठमाडौं, २९ जेठकानुन, न्याय तथा संसदीय मामिलामन्त्री सो...
12/06/2026

कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह

काठमाडौं, २९ जेठ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकारले लिने नयाँ नीतिसँग सम्बन्धित कानुन तर्जुमा कार्य अगाडि बढाउन मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कृषी, वन तथा पर्यावरण मन्त्रालयसँग आगामी आर्थिक वर्षमा ती मन्त्रालयबाट संसदमा पेस गरिने विधेयकहरूको तयारीसम्बन्धी छलफल गर्दै मन्त्री गौतमले नयाँ सरकारले ल्याएको बजेटपछि आएका नयाँ नीतिअनुसार सम्बन्धित मन्त्रालयहरूले कानुन निर्माणको तयारी अघि बढाउनुपर्नेमा जोड दिनुभएको हो ।
मन्त्री गौतमले विधायन ऐनअनुसार सबै मन्त्रालयबाट विधेयकको सूची निर्धारण गरी समयमै कानुन मन्त्रालयमा बुझाउन आग्रह गर्नुभयो । जनताका आवश्यकतालाई मूर्त रूप दिन कानुन आवश्यक हुने भन्दै पर्याप्त समय लिएर तयार गरिएको कानुन दीर्घकालीन र प्रभावकारी हुने पनि उहाँले धारणा राख्नुभएको छ ।
सम्बन्धित मन्त्रालयहरूलाई आगामी आर्थिक वर्षमा आवश्यक पर्ने कानुनहरूको सूची प्राथमिकीकरण गरेर पठाउन पनि मन्त्री गौतमले आग्रह गर्नुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कानुन निर्माणका सम्बन्धमा कानुन मन्त्रालयले गरेरका यस्ता छलफलले सरकारको कार्यक्षमता बढाउने विश्वास व्यक्त गर्दै मन्त्रालयमा प्रतिस्थापन तथा नयाँ कानुनको आवश्यकता धेरै रहेको बताउनुभयो । उहाँले यसै वर्ष आवश्यक कानुनको प्राथमिकता सूची तयार पारेर कानुन मन्त्रालयमा समयमै पठाउने प्रतिबद्धता जनाउनुभएको छ ।
कृषी, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि र वन क्षेत्रसँग सम्बन्धित नयाँ विधेयकको माग बढिरहेको जानकारी गराउनभुयो । धेरै नयाँ कानुन ल्याउनुभन्दा विद्यमान कानुनमै आवश्यक विषय समावेश गरेर संशोधन विधेयक ल्याउने विकल्पबारे अध्ययन भइरहेको उल्लेख गर्दै मन्त्री चौधरीले वातावरण ऐन संशोधनमा विकास र वातावरणबीच सन्तुलन कायम गर्ने दृष्टिकोणलाई प्राथमिकतामा राखिने बताउनुभयो ।
मन्त्री गौतमले कानुन निर्माण प्रक्रियालाई प्रभावकारी, समयबद्ध र गुणस्तरीय बनाउन मन्त्रालयहरूबीच समन्वय र पूर्वतयारी आवश्यक रहेकोमा जोड दिनुभयो ।

मन्त्री गौतमले विहीबार भूमि र महिला मन्त्रीलाई मन्त्रालयमा बोलाई छलफल गरेर विधेयकहरू चाँडो टुंग्याउन अनुरोध गर्नु भएको थियो ।

मन्त्री गौतम विधायन ऐनअनुसार आगामी आर्थिक वर्षमा पेस गरिने कानुनको सूची असार मसान्तभित्र सदनमा बुझाउन मन्त्रालयसँग छलफलमा जुटिरहनु भएको छ ।

11/06/2026
आज महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयसँग आगामी आर्थिक वर्षमा संसदमा दर्ता गरि...
11/06/2026

आज महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयसँग आगामी आर्थिक वर्षमा संसदमा दर्ता गरिने विधेयकहरू तथा तिनको तयारी सम्बन्धमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफल सम्पन्न

10/06/2026

Address

Kathmandu

Telephone

+9779863481931

Website

Alerts

Be the first to know and let us send you an email when Sobita vision posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share