06/05/2025
विश्वासको लुगा लगाएर धोका दिनेहरूको जमाना छ आजकल...
कहिले काँही आफ्नो सबैभन्दा नजिकको भनिएको हातबाटै चोट लाग्छ, जुन हातले साथ दिनु पर्थ्यो, त्यही हातले डस्न थाल्छ।
जिन्दगीमा धेरै कुरा सिकाउँछ समयले — जसमा सबैभन्दा ठूलो पाठ हो, हुनत सबै हात मिलाउनेहरू साथी हुँदैनन्।
आफ्नै मुस्कानको पछाडि लुकेको वेदनालाई बुझ्ने कोही छैन, अनि विश्वासको नाममा पिठमाथि खंजर गाड्नेहरू प्रशस्तै भेटिन्छन्।
तर पनि जीवन रोकिँदैन, अगाडि बढ्नै पर्छ... किनभने दुखेको मुटु सम्हाल्ने पनि आफैं हौं हामी।
"धोका दिने त धेरै भेटिन्छन्, तर सत्यमा साथ दिने एक जना पाए पनि भाग्यशाली मानिन्छ यो युगमा..."