16/10/2025
नेपाल सरकारले ११ देशमा कार्यरत आवासीय राजदूतहरूलाई कात्तिक २० गतेभित्र फिर्ता बोलाउने निर्णय गरेको छ। चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापान स्थित नेपाली राजदूतहरूलाई मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाल फर्कन निर्देशन दिइएको हो।