15/10/2023
झापाको बिर्तामोडस्थित शनिश्चरे रोडमा ‘द मोमो फ्याक्टोरी’को आइतबार उद्घाटन गरिएको छ ।
नेपाली औषधि व्यवसायी संघ कोशी प्रदेश अध्यक्ष कुमार खतिवडा र बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभयो ।
काठमाडौंको बौद्धमा मुख्य कार्यालय रहेको द मोमो फ्याक्टोरीको बनेपामा दुई वटा, इटहरी र बिर्तामोडमा गरी पाँचवटा स्थानबाट सेवा लिन सकिने सञ्चालकमध्येका तुलसीप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।
३६ वटा मोमोका परिकार पाइने उक्त मोमो फ्याक्टोरी सञ्चारकर्मी टिकाराम नेति, राज फुयाल, तुलसीप्रसाद उप्रेती, मोहनकुमार श्रेष्ठलगायतले एक करोड बढीको लगानीमा सञ्चालनमा ल्याएका हुन् ।
नेपालमै पहिलो पटक ‘लाइभ किचन’ सहितको मोमो फ्याक्टोरी सञ्चालन गरिएको सञ्चालकहरुको दाबी छ ।
सवै होटल तथा रेष्टुरेन्टमा पाइने परिकार उक्त मोमो फ्याक्टोरीमा पाइने तर, त्यहाँ पाइने परिकार अन्य स्थानमा नपाइने सञ्चालक टिकाराम नेपाल नेतिले बताउनुभयो ।
द मोमो फ्याक्टोरीमा पाइने मोमोमध्ये कोदो, फापरका पिठोबाट बनेको मोमो विशेष परिकारका रुपमा चिनिन्छन् । उद्घाटनपछिका केही दिन द मोमो फ्याक्टोरीमा निर्मित परिकारहरूमा केही छुटकोसमेत व्यवस्था गरिएको छ । The momo factory birtamod