Nepal Today

Nepal Today Everything from News Angle- Breaking stories, facts, and insights from every side of the news.

Cabinet Meeting: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
19/08/2026

Cabinet Meeting: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

रास्वापा संसदीय दलको बैठकमा गृहमन्त्री सुदन गुरुङ :‘घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं। विपक्ष बलियो हुन थाल्यो...
19/08/2026

रास्वापा संसदीय दलको बैठकमा गृहमन्त्री सुदन गुरुङ :

‘घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं। विपक्ष बलियो हुन थाल्यो। संसदहरूले गृह मन्त्रालयसँग सम्बन्धित गुनासो मलाई होइन, स्वकीय सचिव जेम्स कार्कीलाई सुनाउनु, भेट्नुहोला।’

19/08/2026

🌧️ Weather Update | आजको मौसम अपडेट

देशभर हाल मनसुनको प्रभाव कायम छ। आकाश साधारणतया बादलमय रहनेछ।

☁️ दिउँसो:

हिमाली क्षेत्रमा मेघगर्जन/चट्याङसहित हिमपात र वर्षाको सम्भावना
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा एकदुई ठाउँमा भारी वर्षा हुन सक्ने
तराई क्षेत्र (कोशी, मधेस)मा हुरीबतासको जोखिम

🌙 राति:

हिमाली र पहाडी भूभागमा स्थानीय रूपमा मध्यमसम्मको वर्षा/हिमपात जारी रहने
तराईका विभिन्न भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना

⚠️ यात्रा र बाहिरी काम गर्नुअघि सतर्क रहनुहोस्।

स्रोत: जल तथा मौसम विभाग

🇳🇵🇮🇳 भारतीय सेनाध्यक्षद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट🔹 भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री तथ...
18/08/2026

🇳🇵🇮🇳 भारतीय सेनाध्यक्षद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट

🔹 भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरे ।

🔹 भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए ।

🔹 प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणमा सेनाध्यक्ष सेठ चारदिने भ्रमणमा आइतबार काठमाडौं आइपुगेका थिए ।

🔹 सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरे । नेपाल-भारतबीच सन् १९५० देखि यस्तो सम्मान आदानप्रदान गर्ने परम्परा रहेको छ ।

🔹 सोमबार नै प्रधान सेनापति सिग्देल र सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता पनि भएको थियो ।

नेपाल-भारत सैन्य सम्बन्धबारे तपाईंको धारणा के छ, कमेन्टमा लेख्नुहोस् 👇

17/08/2026

Road Update| Nepal Today|

गजुरी नजिकै चालिसेमा पहिरो खस्यो, पृथ्वीराजमार्ग अवरुद्ध

नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

वर्षासँगै सडक माथिबाट पहिरो खस्दा सवारी आवागमन दुवैतर्फ बन्द भएको धादिङका ट्राफिक प्रमुख शिशिर थापाले बताए । निर्माणाधीन सडक आयोजनाका डोजर प्रयोग गरेर पहिरो पन्छाउन थालिएको छ।

बाटो बन्द हुँदा राजधानी काठमाडौं भित्रने र बाहिरिने दुवैतर्फ सवारीसाधनको जाम लागेको छ।

16/08/2026

Weather Update : पहाडी भेगमा भारी वर्षाको चेतावनी

आज देशभर मनसुनको प्रभावले बदली मौसम रहनेछ। बागमती र गण्डकीमा पहिले नै मध्यम देखि भारी वर्षा भइरहेको छ।

⚠️ जोखिममा रहेका क्षेत्रहरू:
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली-पहाडी भेगमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना। सुदूरपश्चिमका केही स्थानमा त धेरै भारी वर्षासमेत हुनसक्छ!

🏔️ भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, बाढी र भूक्षयको जोखिम बढेको छ।

🌾 यसले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक र हवाई यातायातमा असर पार्न सक्छ।

📢 सतर्क रहौं, मौसम पूर्वानुमान महाशाखाको अद्यावधिक सूचनामा ध्यान दिऔं।

#मनसुन #नेपालमौसम #भारीवर्षा #पहिरोसतर्कता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी  कार्यक्रममा सहभागी हुन धेरैपछि गृहजिल्ला  झापा  पुगेका छन् ।
15/08/2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यक्रममा सहभागी हुन धेरैपछि गृहजिल्ला झापा पुगेका छन् ।

🔥 ग्यास संकटमा राहत!किराना पसलेहरूले कालोबजारी गरी ग्यास अभाव सिर्जना गरेपछि अब सरकार आफैं मैदानमा ओर्लिएको छ — ग्यास उद...
15/08/2026

🔥 ग्यास संकटमा राहत!

किराना पसलेहरूले कालोबजारी गरी ग्यास अभाव सिर्जना गरेपछि अब सरकार आफैं मैदानमा ओर्लिएको छ — ग्यास उद्योगबाटै सिधै जनतालाई ग्यास वितरण सुरु!

आज शनिबार काठमाडौंका ५ वटा फरक-फरक स्थानबाट विभिन्न ब्रान्डका सिलिन्डर बिक्री भइरहेको छ। आफ्नो नजिकको स्थान हेर्नुहोस् 👇

📍 टेकु परिसर (निगम)
नेपाल, एचपी, एभरेस्ट/रसुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री, हिमाल

📍 चावहिल, यातायात कार्यालय परिसर
नेपाल, एचपी मात्र

📍 कीर्तिपुर, राधास्वामी परिसर
नेपाल, एचपी, एभरेस्ट/रसुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा, ओम

📍 बसुन्धरा, राधास्वामी परिसर
नेपाल, एचपी, एभरेस्ट/रसुगम, भानु, ओम

📍 बबरमहल, पुरानो जिल्ला प्रशासन कार्यालय परिसर
नेपाल, एचपी, एभरेस्ट/रसुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय, सूर्य

#ग्यासअभाव #कालोबजारी #काठमाडौं #सरकारीराहत

खत्रीको आफ्नी श्रीमती बिमला भाटसँग घरायसी विवाद भएको खुलेको जनाएको छ। भाट जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत रहेको प...
15/08/2026

खत्रीको आफ्नी श्रीमती बिमला भाटसँग घरायसी विवाद भएको खुलेको जनाएको छ। भाट जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

समाचार कमेन्टमा 👇

15/08/2026

🌨 Weather Update

हाल देशभर मनसुनको प्रभाव कायमै छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार:

🌧️ आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

⛈️ बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना।

🌙 आज राति पनि हिमाली र पहाडी भागमा वर्षा/हिमपात जारी रहने र बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण।

⚠️ भारी वर्षा हुने सम्भावना भएका क्षेत्रमा डुबान, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले सतर्कता अपनाउनुहोस्।

✈️🌾 वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पार्न सक्ने भएकाले मौसम महाशाखाको पछिल्लो सूचना र पूर्वानुमानमा ध्यान दिइरहनुहोस्।

#मनसुन #मौसम_अपडेट #नेपाल #सतर्कता

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share