मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलाबारी खण्डमा कालोपत्र गरेपछिको सडक । पूर्वी खण्डअन्तर्गत हालसम्म ७५ प्रतिशत प्रगति भएको मुग्लिन पोखरा सडक योजनाले जनाएको छ । पूर्वी खण्डअन्तर्गत हालसम्म ७५ प्रतिशत प्रगति भएको सडक योजनाले जनाएको छ ।
तस्बिरः कृष्ण न्यौपाने/रासस
16/01/2025
बेलायत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँग लण्डनस्थित नेपाली दुतावासमा भेटघाट गरेका छन् ।
16/01/2025
सगरमाथा क्षेत्रमा स्थानीयहरूले हेलिकोप्टर निर्वाध उडान गर्न नदिए नेपाल वायुसेवा सञ्चालक संङले ९ माघदेखि सोलुखुम्ब जिल्लाभर हुने सबै हेलिकोप्टर तथा जहाजको उडान स्थगन गर्ने चेतावनी दिएको छ ।
१७ पुसदेखि कमर्शियल उडान रोकेपछि हेलिकोप्टर सञ्चालकले खुम्बु क्षेत्रमा उद्दारसहिका सम्पूर्ण हेलिकोप्टर उडान ठप्प पारिसकेका छन् ।
16/01/2025
Dubai View!
10/01/2025
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले खुम्बु क्षेत्रमा हेलिकोप्ट उडान प्रतिबन्ध खुलाए पनि खुम्बु पासाङ ल्हामु गाउँपालिका र स्थानीयहरूले व्यवसायिक प्रयोजनमा हेलिकोप्टर उडान गर्न नदिने अडान कायमै राखेका छन्
10/01/2025
गुल्मीको रेसुङ्गामा ३ जना युवाहरू सन्तोष कुँवर, रामु पन्थी र विश्वास पुनले मिलेर करीव तीन करोड लगानीमा ‘रेसुङ्गा पानी' ब्रान्डमा पानी बजारमा ल्याएका छन्
10/01/2025
प्रतिबन्धित औषधी नबेच्न सरकारको चेतावनी
औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भैरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधी बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न भने पछि विभागले सार्वजनिक सूचना जारी गरेको हो ।
10/01/2025
टाटा टियागो इभी र टिगोर इभीको २०२५ भर्सन
10/01/2025
सोल्टीको अन्तर्राष्ट्रिय यात्रा सुरु
विदेशी चेन होटेल ब्रान्डहरु धमाधम नेपाल भित्रिरहेका बेलामा नेपाली होटेल ब्रान्ड सोल्टी युरोप प्रवेश गरेको छ । जर्मनीको फ्रैंकफर्टमा दुईवटा होटल व्यस्थापनको जिम्मेवारी लिँदै सोल्टीको अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको हो । अब सोल्टीको म्यानेजमेन्टमा फ्रैंकफर्टमा ‘सोल्टी वेष्टेन्ड मेसी फ्रैंकफर्ट’ र ‘सोल्टी वेस्टेण्ड प्रीमियर मेसी फ्रैंकफर्ट’ सञ्चालन हुनेछन् ।
09/01/2025
कुस्मा जाने होइन त ?
द क्लिफले एक साताभित्र विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा ल्याउँदै छ, जसको गति प्रतिघण्टा १ सय ४० किलोमिटर हुनेछ । जीपलाइन र रोलरकोस्टरको ब्लेन्डेड अनुभव मिल्ने छ ।
08/01/2025
नेपालकी प्रथम महिला राजदूत तथा चर्चित बैंकर अनिलकेशरी शाहकी मुमा विन्देश्वरी शाहलाइ श्रद्धान्जली तथा परिवारलाइ समवेदना प्रकट गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइ एवं हिसिला यामी
08/01/2025
अमेरिकामा लस एञ्जलस जंगलमा लागेको डढेलो तीव्र गतिमा फैलिँदै शहर पसेको छ
Be the first to know and let us send you an email when Swetpatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.