I.T. Khabar

I.T. Khabar “डिजिटल खबरको डिजिटल स्रोत

I.T. Khabar”

नेकपा (एमाले)की सांसद शारदादेवी भट्टले हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको कूटनीतिक पहलको माध्यमबाट उद्धार गर्न ...
19/08/2025

नेकपा (एमाले)की सांसद शारदादेवी भट्टले हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको कूटनीतिक पहलको माध्यमबाट उद्धार गर्न सरकारसँग माग गरेकी छन् ।राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै सांसद भट्टले नेपाली विद्यार्थी बन्धक बनेको दुई वर्ष बितिसक्दा पनि उनको अवस्थाबारे जानकारी नहुनु दुःखद रहेको बताएकी हुन् । उनले भनिनन्, ‘कञ्चनपुरका विपिन जोशीको हमासले बन्धक बनाएको दुई वर्ष बितिसक्दा पनि उद्धार नहुनु दुःखको कुरा हो । उनको हालको अवस्थाबारे पनि थाहा छैन । अहिले उनीकी आमा र बहिनी विदेशी भूमिमा गएर सबैका खुट्टा समाउँदै रुँदै हिँडिरहेका छन् । देख्ने बेला मन रुन्छ ।
उनले थपिन्, ‘म सरकारसँग भन्न चाहन्छु । राज्य जनताको अभिभावक हो ? यदि हो भने जोशीको रिहाइको लागि कूटनीतिक तरिकाले पहल गर्न सरकारसँग जोडदारसँग माग गर्दछु ।’

विपिन जोशी इजरायल–हमास युद्धका क्रममा २०८० असोजमा अपहरणमा परेका थिए । उनको अवस्था अझै अज्ञात छ ।




यातायात व्यवस्था विभागले असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न सवारी धनीलाई निर्देशन दिइएको छ । मंगलबार...
19/08/2025

यातायात व्यवस्था विभागले असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न सवारी धनीलाई निर्देशन दिइएको छ । मंगलबार विभागले एक सूचना जारी गर्दै प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयहरूमा सवारी दर्ता, नामसारी र नवीकरण गर्दा सवारी धनीलाई निर्देशन दिइएको हो ।





नेपाली कांग्रेसका पुराना नेता बासुशरण कोइरालाको निधन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै कोइराला...
19/08/2025

नेपाली कांग्रेसका पुराना नेता बासुशरण कोइरालाको निधन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै कोइरालाको मंगलबार बिहान निधन भएको जनाएको छ





रवि काठमाडौं आउँदै, विमानस्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी
16/08/2025

रवि काठमाडौं आउँदै,
विमानस्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी

नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैँकमा तीन अर्ब २० करोड भन्दा बढी घोटाला भएको निष्कर्षसहित बुधबार उच्च अ...
30/07/2025

नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैँकमा तीन अर्ब २० करोड भन्दा बढी घोटाला भएको निष्कर्षसहित बुधबार उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दर्ता गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा मुद्दा दायर गरेको हो।

बैँकमा घोटाला गरेको भन्दै पक्राउ परेका चार जनासहित १०९ जनालाई प्रतिवादी बनाएर तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपियाँ बिगो कायम गरेर मुद्दा दर्ता गरिएको उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासका सूचना अधिकारी बलबहादुर विष्टले बताउनुभयो।

मुद्दामा १०९ जनालाई प्रतिवादी बनाइए पनि बैँकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, संस्थापक सदस्य एवम् पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, बैँकका वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरी र राष्ट्र बैँकका पूर्व कर्मचारी भुवन बस्नेतसहित चार जना पक्राउ परेको र अन्य १०५ जना फरार छन्।

उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासका सूचना अधिकारी विष्ट अनुसार बैँकका संस्थापक अध्यक्ष रायको नाममा दुई अर्ब ६३ करोड ३२ लाख १६ हजार ५९७ रुपियाँ, संस्थापक सदस्य एवम् पूर्व अध्यक्ष मिश्रको नाममा ८२ करोड ४६ लाख २९ हजार, बैँकका वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरीको नाममा २४ करोड ६३ लाख ९९ हजार र नेपाल राष्ट्र बैँकका पूर्वकर्मचारी बस्नेतको नाममा १० लाख ८९ हजार २५० रुपियाँको बिगो कायम गरिएको छ।

१०८७ पेजको सो मुद्दाको मिसिल रुजु गर्ने कार्य भइरहेको जनाउँदै सूचना अधिकारी विष्टले पक्राउ परेकाको बयान लिने कार्य बिहीबारबाट सुरु गरिने र त्यसपछि मुद्दाको कारबाही निरन्तर जारी रहने बताउनुभयो।

घोटालामा पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर सिआइबीले अनुसन्धान गरेको थियो। राष्ट्र बैँकले २०८१ साल पुस १० गते यो बैँकलाई समस्याग्रस्त घोषणा गरेको थियो। त्यसपछि अर्को व्यवस्था नभएसम्मका लागि बैँकको व्यवस्थापन राष्ट्र बैँकले नै लिएको छ।

कर्णाली विकास बैँक सञ्चालनका लागि बैँक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको थियो। यो समूहले २०८१ पुस ११ गतेदेखि नै जिम्मवारी सम्हालेको थियो।





नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापक केन्द्रीय सदस्यको राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाउने प्रस्ताव...
30/07/2025

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापक केन्द्रीय सदस्यको राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाउने प्रस्ताव पारित गरेको छ। पार्टीको अनुशासन समितिले पेस गरेको उक्त प्रस्तावले बहुमत सदस्यहरू सहभागी भएको भेलाले पारित गरेको संयोजक रामलाल डंगौरा थारूले बताए। श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी अध्यक्षबाट हटाएको हो।




विश्व च्याम्पियनशिप अफ लेजेन्ड्स (डब्ल्यूसीएल)को सेमिफाइनलमा भारत र पाकिस्तान आमनेसामने नहुने भएका छन्। इन्डिया च्याम्पि...
30/07/2025

विश्व च्याम्पियनशिप अफ लेजेन्ड्स (डब्ल्यूसीएल)को सेमिफाइनलमा भारत र पाकिस्तान आमनेसामने नहुने भएका छन्। इन्डिया च्याम्पियन्सका खेलाडीले पाकिस्तानसँग खेल्न अस्वीकार गरेका छन्। पहलगाम आतंकवादी हमलापछि भारतीय पूर्वखेलाडीहरूले छिमेकी देशसँग कुनै पनि प्रकारको क्रिकेट खेल बहिष्कार गरेका हुन्।

विश्व च्याम्पियनसिप अफ लेजेन्ड्सका चार सेमिफाइनल पुग्ने टोली छनोट भएका छन्। यसमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका र अष्ट्रेलिया छन्। इङ्गल्याण्ड र वेस्ट इन्डिज प्रतियोगिताबाट बाहिरिएका छन्।





अमेरिकाले रुसबाट तेल खरिद गर्न जारी राख्यो भने चीनको करमा उल्लेखनीय वृद्धि गर्ने चेतावनी दिएको छ। यसबारे चिनियाँ विदेश म...
30/07/2025

अमेरिकाले रुसबाट तेल खरिद गर्न जारी राख्यो भने चीनको करमा उल्लेखनीय वृद्धि गर्ने चेतावनी दिएको छ। यसबारे चिनियाँ विदेश मन्त्रालयले सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिएको छ ।चिनियाँ विदेश मन्त्रालयले भनेको छ,‘चीनले सधैँ आफ्नो राष्ट्रिय हित अनुसार ऊर्जा आपूर्ति सुनिश्चित गर्नेछ।’




जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी विधेयक फिर्ता नलिइए जनविद्रोह गर्ने चेतावनी दिएका छन...
30/07/2025

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी विधेयक फिर्ता नलिइए जनविद्रोह गर्ने चेतावनी दिएका छन् ।सप्तरीको राजविराजमा जसपा नेपाल सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशनलाई बुधबार उद्घाटन गर्दै अध्यक्ष यादवले भने– ‘वर्तमान सरकारले मधेस विरोधी भूमि विधेयक जबरजस्ती लाद्न खोजिए मधेसी जनता आफ्नो अस्तित्व र पहिचानको रक्षाका लागि जनविद्रोह गर्न बाध्य हुनेछन् ।’

वन विनाश, चूरे उत्खनन् तथा पहाडका बासिन्दालाई मधेसमा भू–माफियाहरूलाई अवैध बसोबास गराउन सरकार षड्यन्त्रमा लागेकोले जनतालाई सचेत रहन उनले आग्रह गरेका हुन् ।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्ण...
30/07/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ । रुपन्देहीको भैरहवामा बुधबार बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसाको आवरणमा भ्रष्टाचार र बेतिथि मौलाएको निष्कर्ष निकाल्दै संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

उनले भने, ‘बैठकले सदनमा जारी आन्दोलनलाई फराकिलो बनाउँदै सडकबाट समेत आन्दोलन गर्ने निर्णय भएको छ ।’




प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल ‍'सफल' ले जिल्ला प्रहरी ...
30/07/2025

प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल ‍'सफल' ले जिल्ला प्रहरी परिसर काठमाडौँमा हुलाकमार्फत उजुरी पठाएका हुन् । पौडेलले प्रधानमन्त्री ओलीसहित आरोपित विभिन्न व्यक्तिहरूले पदमा रहँदा शक्तिको दुरुपयोग गर्दै मानव तस्करी गरेको उजुरीमा जनाएका छन् ।

साथै उनले प्रधानमन्त्रीसहित गृहमन्त्री रमेश लेखक तथा पूर्वगृहमन्त्रीसहितलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् ।




नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले सांसदहरूबिचमा छुवाछुत कायम रहेको बताएका छन् ।राष्ट्रिय सभाअन्तर्गतक...
30/07/2025

नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले सांसदहरूबिचमा छुवाछुत कायम रहेको बताएका छन् ।राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले धेरै मानिसहरू जातीय छुवाछुत गरेर पनि कारबाहीको दायरामा नआएको बताए ।

उनले नेपालको संरचनागत बनावटका कारण पनि छुवाछुत जस्तो सामाजिक अपराध गर्नेहरू कानुनको दायरामा आउन नसकेको बताए । सामाजिक अपराध भनेको जघन्य अपराध भएको उल्लेख गर्दै करोडपति र दलितका विरुद्ध पनि छुवाछुत कायम रहेको र सांसदहरूमा दलित थाहा पाएपछि धेरै भेदभाव हुने गरेको बताए ।




Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when I.T. Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to I.T. Khabar:

Share