24/08/2026
Center for Artificial Intelligence Research Nepal (CAIR-Nepal) का संस्थापक निर्देशक तथा अनुसन्धानकर्ता टेक राज क्षेत्री र प्रविधि पत्रकार मञ्चबीच फ्याक्टचेकिङ सफ्टवेयर निर्माण गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ।
सनवे कलेजमा भएको छलफलमा प्रविधि पत्रकार मञ्च र CAIR-Nepal बीच सहकार्यमा प्रविधिमा आधारित तथ्य जाँच प्रणाली विकास गर्ने सम्भावनाबारे छलफल भएको हो। प्रस्तावित सफ्टवेयरले समाचार तथा सार्वजनिक रूपमा प्रसारित सामग्रीको तथ्य परीक्षणलाई सहज, व्यवस्थित र प्रविधिमैत्री बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो।
छलफलमा सनवे कलेजका निर्देशक तथा प्रधानाध्यापक खुशल रेग्मी र खुला विश्वविद्यालयका कार्यकारी डीन भाेजराज घिमिरेको समेत उपस्थिति थियो।