30/08/2026
HM Sudan Gurung: रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री शुदन गुरुङले बाढीपीडित तथा स्थानीयवासीसँग भेटेर क्षतिको अवस्था र समस्याबारे जानकारी लिनुभएको छ।
भेटका क्रममा स्थानीयवासीले प्रशासन तथा सम्बन्धित निकायबाट समयमै सूचना तथा चेतावनी प्राप्त हुन नसक्दा ठूलो क्षति व्यहोर्नुपरेको गुनासो गरेका छन्। गृहमन्त्री गुरुङले विपद्को समयमा जोखिम क्षेत्रबाट सुरक्षित स्थानतर्फ जानुपर्ने बताउँदै आगामी दिनमा पूर्वसूचना प्रणाली तथा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ।