Dipu

Dipu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dipu, Social Media Agency, Kathmandu.
(3)

तार्केश्वर ११ वार्ड सदस्यको रूपमा स्वतन्त्र उम्मेदवारी दिएपछि राजनीति कति निर्मम र केही व्यक्तिको कब्जामा रहेको महसुस गरें। यो अवस्थाबाट आमजनतालाई मुक्त गराउन म अब निरन्तर छु। 🙏भ्रष्टाचार र बेथितिको राजनीति विरुद्ध सधै आवज बुलन्द बनाउने...(दिपु उप्रेती)

"प्रहरी चौकी भन्दा पार्टीको कार्यलय ठूलो !भोलि केही घटना घट्यो भने जनता प्रहरी होइन, पार्टीका नेतालाई उजुरी गर्ने ? 🤔हाम...
16/09/2025

"प्रहरी चौकी भन्दा पार्टीको कार्यलय ठूलो !
भोलि केही घटना घट्यो भने जनता प्रहरी होइन, पार्टीका नेतालाई उजुरी गर्ने ? 🤔
हामी कहिले हो सचेत हुने?
वडा कार्यालय, सामुदायिक भवन जस्ता राष्ट्रिय सम्पत्तिमा श्रमदान गर्न नसक्ने अनि नेताको माला फुलाउन चाहिँ समय हुन्छ!
देशलाई दलको कार्यालय होइन, जनताको पसिना चाहिन्छ।
हातेमालो गरौँ, गाउँ आफैं बनाऔँ।
भ्रष्टाचारको विरुद्ध हतियार भनेकै हाम्रो श्रम र हाम्रो चेतना हो।"

15/09/2025

सूचना
📢 भोली बिहान ९ बजे शिक्षण अस्पतालबाट मिर्तकलाई श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरी पशुपतिनाथमा सलामीसहित अन्तिम संस्कार गरिनेछ ।

त्यस लगत्तै राष्ट्र पुनर्निर्माण महाअभियान सुरू हुँदैछ। सिंहदरबारबाट कुलमान घिसिङको नेतृत्वमा श्रमदान अभियान प्रारम्भ हुनेछ, जसअन्तर्गत बिग्रेका संरचना पुनःनिर्माण र देशव्यापी विकास कार्य अगाडि बढाइनेछ।

यस अभियानलाई सफल बनाउन राष्ट्र पुनर्निर्माण कोष स्थापना गरिएको छ। सबै नेपालीलाई आफ्नो ठाउँबाट श्रम, समय र सहयोग गर्न बिनम्र अनुरोध गर्दछौं।

👉 भ्रष्टाचार अन्त्य,
👉 सामाजिक–आर्थिक विकास,
👉 एकजुट नेपाली – यही हो राष्ट्र पुनर्निर्माणको बाटो।

बधाई तथा शुभकामना! 🇳🇵

नेता समाजकै अंश हुन्।भ्रष्टाचार र बेइमानी देख्दा हामी नेतामाथि मात्र दोष थोपर्छौं, तर बिर्सन्छौं—उनीहरू पनि हाम्रो समाजब...
15/09/2025

नेता समाजकै अंश हुन्।
भ्रष्टाचार र बेइमानी देख्दा हामी नेतामाथि मात्र दोष थोपर्छौं, तर बिर्सन्छौं—उनीहरू पनि हाम्रो समाजबाटै आएका हुन्।

जब बालक चोर्ने, विद्यार्थी cheating गर्ने, जनता नियम तोड्ने संस्कार बढ्छ, त्यहीँबाट नेता पनि उस्तै जन्मिन्छन्।
यदि हामी नै करछली, नियम उल्लंघन र बेइमानीलाई सामान्य ठान्छौं भने नेताले मात्र असल बन्ने अपेक्षा गर्नु भ्रम हो।

इमानदार शिक्षकले असल विद्यार्थी उत्पादन गर्छ, सचेत समाजले मात्र असल नेता जन्माउँछ।
अतः दोष देखाउने होइन, आफ्नो ठाउँबाट सुधार गर्ने बेला हो।
समाज सुध्रिन्छ भने राजनीति सुध्रिन्छ, र सुधारिएको समाजले नै सुधारिएको नेता दिन्छ।

बिचारमा रमाउँछ बुद्धिको प्रकाश,घटनामा हराउँछ समयको इतिहास।अरे! मान्छेमा अडिन्छ त सोचैको दोष,छोटो दिमागले गर्छ चरित्रको स...
14/07/2025

बिचारमा रमाउँछ बुद्धिको प्रकाश,
घटनामा हराउँछ समयको इतिहास।
अरे! मान्छेमा अडिन्छ त सोचैको दोष,
छोटो दिमागले गर्छ चरित्रको सर्वनाश।

एकघर_एकरक्तदाताहामी आफैंले रक्तदान नगरी, केवल आफ्ना बिरामीको लागि रगत खोज्दैमा मात्रै सीमित रह्यौं भने, जरुरत पर्दा पाउन...
08/06/2025

एकघर_एकरक्तदाता

हामी आफैंले रक्तदान नगरी, केवल आफ्ना बिरामीको लागि रगत खोज्दैमा मात्रै सीमित रह्यौं भने, जरुरत पर्दा पाउनै सकिँदैन।
तपाईंको रगत अरूलाई काम लाग्छ, अरूको रगत तपाईंका प्रियजनलाई।

✅ नियमित रक्तदान गरौं
✅ जीवन बचाउन साथ दिऔं

#रक्तदान_जीवनदान

01/05/2025

शिक्षक आन्दोलन ०८१/८२ पछिको छोटकरी विश्लेषण:

शिक्षक आन्दोलनपछि शिक्षा ऐन आउने तयारीमा छ, तर शिक्षामा गुणस्तरीय सुधार गर्न ऐन मात्र पर्याप्त छैन। सामुदायिक विद्यालयमा शिक्षक नियुक्तिमा अझै पनि नातावाद, कृपावाद, पैसावाद र राजनीतिक पहुँच हावी छ। यसले योग्य शिक्षकको छनोट रोकिरहेको छ र शिक्षाको स्तर गिराएको छ।

मुख्य समाधान भनेको अबदेखि शिक्षक नियुक्ति केवल लोक सेवा आयोगमार्फत गर्नु हो। यसले पारदर्शिता, निष्पक्षता र गुणस्तरीय शिक्षाको ढोका खोल्छ। पुराना अनियमित नियुक्तिहरूको व्यवस्थापन गरिने तर नयाँ नियुक्तिमा कडाइ गरिनुपर्ने बेला आएको छ।

निष्कर्ष: शिक्षा सुधारको जड शिक्षक छनोट प्रणाली हो। यो परिवर्तन नगरी कुनै ऐनले शिक्षालाई सुधार गर्न सक्दैन।

बैशाख ११ गते भृकुटी मण्डपका बाटाभरि राष्ट्रिय झण्डा आधा किन झुकाएको हो र? यसरी आधा झण्डा झुकाउनुपर्ने आज अकस्मात के त्यस...
25/04/2025

बैशाख ११ गते भृकुटी मण्डपका बाटाभरि राष्ट्रिय झण्डा आधा किन झुकाएको हो र? यसरी आधा झण्डा झुकाउनुपर्ने आज अकस्मात के त्यस्तो शोक आई पर्यो?

पहिला त तलको चिठी पढ्नुस्, अनि बुझ्नुस् घटनाक्रम:👇१. मेयरको आसेपासेले प्राइभेट सलोन खोल्छ२. मेयर धुमधामसँग उद्घाटन गर्न ...
18/04/2025

पहिला त तलको चिठी पढ्नुस्, अनि बुझ्नुस् घटनाक्रम:
👇
१. मेयरको आसेपासेले प्राइभेट सलोन खोल्छ
२. मेयर धुमधामसँग उद्घाटन गर्न जान्छन्
३. “गर्मी छ है, A.C. हालिदिन्छु” भन्दै बाहिरिन्छन्
४. सलोनले निवेदन दिन्छ – A.C. र इनभर्टर दिनुहोस्
५. मेयरको आदेश, कर्मचारीले तुरुन्तै टुंग्याइदिन्छ!

कस्तो ठ्याक्कै काम!
को भन्छ नेपालमा काम हुँदैन भनेर?
जान्नु पर्यो नि! 🤔🤫

#गर्मीको_समाधान
#मेयर_साथी_सिस्टम
#काम_त_छिटो_हुन्छ_तर

14/04/2025

नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना!देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमायो नयाँ वर्षले नयाँ उत्साह,अप्ठ्यारासँग जुध्ने नयाँ साहस,र गहिरो चिन्तनशील सोच को विकास ल्याओस्।नेपालीहरूको असली शक्ति भनेको सह–अस्तित्व हो।हामी धर्म जे माने पनि, विचार जे राखे पनि—प्रगतिशील र सह–अस्तित्ववादी बन्नु अबको आवश्यकता हो।“Progressiveness and Co-existence” —यी नै नेपाली जीवनका मूल स्तम्भ हुन्।इतिहासले देखाएको छ—पृथ्वीनारायण शाहको सैनिक एकात्मकरण (unitarization) अस्थायी थियो।अब नेपाललाई चाहिएको हो—पहिचानमा आधारित संघीयता,जहाँ सह–अस्तित्व र समान अधिकारले राष्ट्र बलियो बन्छ।नयाँ सोच लिएर तपाईंको आँगनसम्म आउँदैछु,म दिपु उप्रेति।साथ दिउँ, सोच बदलौँ, तारकेश्वर बनाऔँ।शुभकामना!नयाँ वर्ष २०८२ सुख, समृद्धि र समझदारीपूर्ण संघर्ष को वर्ष बनोस्।

08/04/2025

सरकारी इन्धन र सवारीसाधन कार्यकर्ताको भीड जम्मा गर्न र पार्टीको भोजभतेरमा खर्च गर्ने?
यस्तो नीतिगत भ्रष्टाचार कहिलेसम्म सहने हामीले?
प्रधानमन्त्रीकै कार्यक्रममा यस्तो दृश्य देख्नुको पीडा गहिरो छ।
जनताको करबाट संचित स्रोत र साधनको दुरुपयोग कति अमानवीय!

अब प्रश्न उठाउनु पर्छ—हामी नेपाली जनता कहिले सचेत हुने?
कहिले साँचो जवाफ माग्ने?
कहिले “हामीले कर तिर्ने र उनीहरूले रमाउने” चक्र अन्त्य हुन्छ?

06/04/2025

देश परिवर्तनका नाममा हामीले पटक–पटक शासन प्रणाली बदलिएँ, नारा फेर्यौं, तर सोच बदल्न सकेनौं। हरेक परिवर्तनले देशलाई अघि बढाउनु पर्ने हो, तर हामीले परिवर्तनलाई विवाद, विभाजन र विग्रहको माध्यम बनायौं। परिणामस्वरूप हामी जहिले पनि पछि फर्कियौं।

हाम्रा वरिपरिका देशहरू अघि बढ्दै छन्, तर हामी विचारको अनिर्णय र द्वन्द्वको भुमरीमा अल्झिइरहेका छौं। अब समय आएको छ—हाम्रा विचार, व्यवहार र दृष्टिकोणलाई परिमार्जन गर्ने। साच्चै राष्ट्रलाई माया गर्ने हो भने, परिवर्तनको सही अर्थ बुझ्नैपर्छ।

अब गाली होइन, गन्तव्य चाहिन्छ। विरोध होइन, विकास चाहिन्छ। तिक्तता होइन, एकता चाहिन्छ।

पशुपतिनाथले हामी सबैलाई सद्बुद्धि दिऊन्।
जय देश! जय स्वतन्त्र!

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Dipu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share