Filmy Fanda

Filmy Fanda What is a real fact, in the Nepali society, the film is not taken too seriously. मनोरञ्जन खुराक तथा सम्पूर्ण जानकारीमूलक समाचार

Similarly, we reducing the distance between the artist and the audience, we will also be open to develop a sense of humility towards the film.

कुन फिल्म हेर्ने हो? 🎬दसैँमा कुन–कुन फिल्म रिलिज होलान्? (तीन फिल्म छान्नुहोस्)१. डबल ट्रिपल२. छ माया छपक्कै २३. कबड्डी ...
06/09/2026

कुन फिल्म हेर्ने हो? 🎬
दसैँमा कुन–कुन फिल्म रिलिज होलान्? (तीन फिल्म छान्नुहोस्)

१. डबल ट्रिपल
२. छ माया छपक्कै २
३. कबड्डी ५
४. आ बाट आमा २
५. बाटुलो जून
६. १२ गाउँ २

‘बेहुली’को सशक्त ट्रेलर सार्वजनिक, निर्माताको भागको कमाइको ५ प्रतिशत बाढीपीडितलाई समाचार कमेन्टमा
06/09/2026

‘बेहुली’को सशक्त ट्रेलर सार्वजनिक, निर्माताको भागको कमाइको ५ प्रतिशत बाढीपीडितलाई
समाचार कमेन्टमा

‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक समाचार कमेन्टमाभदौ २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘पेन्सन पट...
06/09/2026

‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक
समाचार कमेन्टमा
भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक गरिएको छ । प्रेम र मायाको भावनालाई केन्द्रमा राखिएको गीत आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

सुरज तामुको शब्द तथा संगीत रहेको गीतमा सुजसँगै शान्ति श्री परियारको स्वर रहेको छ भने मनोज थापा मगरले संगीत संयोजन गरेका छन् । मौलिक स्वादको गीतमा प्रेमलाई सम्झनलायक र भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा अभिनेता मनोज गुरुङ र अनुशा राईको अभिनय देख्न सकिन्छ । फिल्मको कथावस्तुसँग जोडिने गरी सार्वजनिक गरिएको गीतले ‘पेन्सन पट्टा’मा रहेको प्रेम र सम्बन्धको पक्षलाई समेत संकेत गर्छ । बाहिरबाट लाहुरे जीवन पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडिए पनि त्यसको भित्री जीवनमा रहेका पारिवारिक सम्बन्ध, प्रेम, त्याग, विछोड र भावनात्मक संघर्ष फिल्मको कथाको महत्वपूर्ण हिस्सा रहेको निर्माण पक्षले जनाएको छ ।

‘पेन्सन पट्टा’ले लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथाको केन्द्रमा राखेको छ । पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम रहेको प्रसंगबाट कथा अघि बढ्छ । वर्षौंदेखि परिवारको स्मरणबाट समेत ओझेलमा रहेकी जेठी आमाको खोजीमा निस्कने पात्रमार्फत हराएको पेन्सनपट्टासँगै पारिवारिक विगत, सम्बन्धको दूरी, पहिचान र पेन्सन अधिकारसँग जोडिएका जटिलता कथामा जोडिएका छन् ।

कसले दुःख दिए नायिका सानिशा भट्टराईलाई?सार्वजनिक अपिलपछिल्लो केही महिनादेखि मसँग सम्बन्धित सामाजिक सञ्जालका विभिन्न प्ले...
06/09/2026

कसले दुःख दिए नायिका सानिशा भट्टराईलाई?

सार्वजनिक अपिल

पछिल्लो केही महिनादेखि मसँग सम्बन्धित सामाजिक सञ्जालका विभिन्न प्लेटफर्म तथा समाचार सामग्रीहरूमा एक व्यक्तिबाट निरन्तर रूपमा अनावश्यक कमेन्ट, म्यासेज तथा आपत्तिजनक किसिमका गतिविधिहरू हुँदै आएको विषयमा म गम्भीर रूपमा ध्यानाकर्षण गराउन चाहन्छु।

व्यक्तिगत रूपमा प्रयोग गर्ने मेरा सामाजिक सञ्जालका अकाउन्टहरूबाट ब्लक गरेपछि पनि पटक–पटक नयाँ अकाउन्ट बनाएर सम्पर्क गर्ने, कमेन्ट गर्ने तथा मसँग सम्बन्धित समाचार, पोस्ट र अन्य सार्वजनिक सामग्रीहरूमा समेत निरन्तर रूपमा उस्तै प्रकृतिका टिप्पणीहरू गर्ने गतिविधि देखिँदै आएको छ। हालसम्मको अनुभव र उपलब्ध विवरणका आधारमा ती विभिन्न अकाउन्टहरू एउटै व्यक्तिसँग सम्बन्धित हुनसक्ने देखिए पनि यसको वास्तविकता सम्बन्धित निकायको अनुसन्धानबाट मात्र पुष्टि हुन सक्ला ।

कसैको व्यक्तिगत स्वतन्त्रता, मानसिक शान्ति र सामाजिक प्रतिष्ठालाई असर पुग्ने गरी महिनौँसम्म निरन्तर गरिने यस्ता गतिविधिलाई सामान्य आलोचना वा अभिव्यक्तिको स्वतन्त्रताका रूपमा मात्र लिन सकिँदैन। असहमति, आलोचना वा आफ्नो धारणा राख्ने अधिकार सबैलाई छ, तर त्यसको नाममा कसैलाई निरन्तर पछ्याउने, पटक–पटक नयाँ अकाउन्ट बनाएर सम्पर्क गर्ने वा अनावश्यक रूपमा लक्षित गर्ने व्यवहार स्वीकार्य हुँदैन।

मैले अहिलेसम्म सकेसम्म बेवास्ता गर्दै आएकी छु। तर अब यो विषयलाई बेवास्ता गरिरहनु उचित नहुने निष्कर्षमा पुगेकी छु।

त्यसैले सम्बन्धित व्यक्तिलाई आजबाट यस्ता सम्पूर्ण गतिविधिहरू तत्काल बन्द गर्न स्पष्ट रूपमा आग्रह गर्दछु। अब उप्रान्त पनि यस्ता गतिविधिहरू दोहोरिएमा उपलब्ध कमेन्ट, म्यासेज, अकाउन्ट तथा अन्य डिजिटल प्रमाणहरू सुरक्षित राखी सम्बन्धित साइबर अपराध अनुसन्धान निकाय तथा कानुनी प्रक्रियामार्फत आवश्यक कारबाही अगाडि बढाउनेछु।

अबदेखि यस्ता गतिविधि रोकिएमा यो विषय यहीँ समाप्त हुनेछ। अन्यथा, म आफ्नो अधिकार र सुरक्षाका लागि कानुनी बाटो रोज्न बाध्य हुनेछु।

— Sanisha Bhattarai
अभिनेत्री

फिल्म ‘पेन्सन पट्टा’ को ट्रेलर हेरेपछि इण्डियन एम्बेसीले बोलायो निर्माण टिमलाई‘पेन्सन पट्टा’को टोली पुग्यो त्यहीँ, जहाँ ...
05/09/2026

फिल्म ‘पेन्सन पट्टा’ को ट्रेलर हेरेपछि इण्डियन एम्बेसीले बोलायो निर्माण टिमलाई
‘पेन्सन पट्टा’को टोली पुग्यो त्यहीँ, जहाँ साँच्चिकै पेन्सन पट्टा बन्छ
फिल्म ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक भएपछि निर्माण टोली त्यही ठाउँमा पुगेको छ, जहाँबाट वास्तविक पेन्सन पट्टा जारी हुन्छ, भारतीय राजदूतावासस्थित मिलिटरी पेन्सन शाखा।

फिल्मको कथासँग प्रत्यक्ष जोडिएको पेन्सन पट्टा जारी हुने कार्यालयमै निर्माण टोली पुगेपछि यो भेटघाट फिल्म क्षेत्रमा चासोको विषय बनेको छ। उक्त शाखाबाट नेपालमा रहेका भारतीय भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई पेन्सन वितरण गरिँदै आएको छ। पेन्सन पट्टा जारी गर्ने तथा त्यसमा भएका त्रुटि सच्याउने कामसमेत यही शाखाबाट हुने गर्दछ।

‘पेन्सन पट्टा’को ट्रेलर हेरेपछि यसको विषयवस्तुप्रति चासो व्यक्त गर्दै शाखाले निर्माण टोलीलाई भेटघाटका लागि निम्तो दिएको थियो। तर नेपालमा आएको विनाशकारी बाढीका कारण निर्माण पक्षले फिल्मसम्बन्धी भेटघाट तथा प्रचार–प्रसारका कार्यक्रम तत्काल रोकेकाले भेटघाट केही ढिला भएको निर्माण पक्षले जनाएको छ।

भेटघाटका क्रममा निर्माण टोलीले शाखाका कर्मचारीहरूसँग अन्तरक्रिया गरेको थियो। कर्मचारीहरूले फिल्म निर्माण भएकोमा बधाई तथा सफलताको शुभकामना दिएका थिए।

निर्देशक तथा अभिनेता गुरुङले भेटका क्रममा भारतीय दूतावासका कर्मचारीले देखाएको आत्मीयताको प्रशंसा गरे। ‘मीठो नेपाली भाषा बोल्ने मेजर राहुल झा तथा भारतीय दूतावाससम्बद्ध कर्मचारीज्यूहरूले देखाउनुभएको आत्मीयताप्रति हार्दिक आभार,’ गुरुङले भने।

भेटघाटका क्रममा आफूले केही नयाँ जानकारीसमेत पाएको गुरुङले बताए। उनका अनुसार नेपालमा भारतीय सेना तथा असैनिक (सिभिल) सेवाका गरी १ लाख १९ हजार ५ सय ४ जना पेन्सनभोगी रहेका छन्। भारत सरकारले नेपालमा रहेका पेन्सनभोगीलाई वार्षिक करिब ७ हजार १ सय करोड नेपाली रुपैयाँ पेन्सनबापत पठाउने गरेको उनले जानकारी पाए। ‘मलाई थाहै थिएन। आज थाहा भयो,’ गुरुङले भने।

यद्यपि, शाखामा भएको कुराकानीका क्रममा फिल्मको कथासँग सम्बन्धित के–कस्ता जानकारी प्राप्त भए भन्नेबारे गुरुङले खुलाउन चाहेनन्। ‘वर्षौंदेखि यही काम गर्नेहरूसँग बसेपछि थाहा हुन्छ, हामीले देखेको त सानो हिस्सा रहेछ,’ उनले भने, ‘बाँकी अहिले भन्दिनँ।’

फिल्मको कथामा पेन्सन पट्टा कसरी जोडिन्छ, त्यसमा कसको नाम आउँछ र त्यसपछि परिवारमा कस्तो परिस्थिति सिर्जना हुन्छ भन्ने विषयमा पनि निर्माण पक्षले धेरै कुरा खुलाएको छैन। ‘त्यो हलमै हेर्नुहोला,’ गुरुङले मुस्कुराउँदै भने।

पेन्सनसम्बन्धी जानकारी तथा सेवाका लागि पेन्सनभोगी र उनका परिवारले मिलिटरी पेन्सन शाखामा सम्पर्क गर्न सक्ने जनाइएको छ। शाखाले वर्षभरि विभिन्न जिल्लामा पेन्सन शिविरसमेत सञ्चालन गर्दै आएको छ। शाखाको हेल्पलाइन नम्बर ०१–४००१५८३ तथा ह्वाट्सएप नम्बर ९८०८६०४१६० रहेको जनाइएको छ।

लामो समयको मेहनतपछि तयार भएको चलचित्र ‘पेन्सन पट्टा’ अब प्रदर्शनको तयारीमा छ। फिल्म भदौ २६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ।

फिल्म प्रदर्शनसँगै दुईवटा कौतूहलको जवाफ पनि खुल्नेछ, निर्माण टोलीले पेन्सन शाखामा पुगेर वास्तवमा के सुनेको थियो र ‘पेन्सन पट्टा’को पर्दाभित्रको कथा कस्तो छ।

‘अक्षरा’को मार्मिक ट्रेलर सार्वजनिक, निर्माताको आम्दानीको १० प्रतिशत दैवीप्रकोप उद्धार कोषमा दिने घोषणा समाचार कमेन्टमा
04/09/2026

‘अक्षरा’को मार्मिक ट्रेलर सार्वजनिक, निर्माताको आम्दानीको १० प्रतिशत दैवीप्रकोप उद्धार कोषमा दिने घोषणा
समाचार कमेन्टमा

अरू कलाकारहरूले बाढीपहिरोमा सहयोग गरिरहेका बेला, हिरो सञ्जय प्रहरी नियन्त्रणमा, आरोप पुष्टि होला त?‘हिरो’को आवरणमा ठगीको...
04/09/2026

अरू कलाकारहरूले बाढीपहिरोमा सहयोग गरिरहेका बेला, हिरो सञ्जय प्रहरी नियन्त्रणमा, आरोप पुष्टि होला त?

‘हिरो’को आवरणमा ठगीको धन्दा : सम्बन्ध, प्रभाव र शक्तिको नाम बेचेर युवती फसाउने खेल

फिल्मी पर्दामा ‘हिरो’ बन्न खोजेका सञ्जय उर्फ डम्बर खतिवडामाथि लागेको ठगीको आरोपले उनको वास्तविक अनुहारमाथि गम्भीर प्रश्न खडा गरेको छ। विवाह गर्ने आश्वासन, आफू शक्तिशाली व्यक्तिहरूसँग निकट रहेको दाबी र विदेशमा व्यवसाय तथा राजदूत बन्ने सपनाको प्रलोभन देखाएर युवतीहरूबाट रकम असुल्ने गरेको आरोपले उनको कथित ‘हिरोगिरी’लाई नै कटाक्ष गरेको छ।

प्रहरीमा परेको जाहेरीअनुसार खतिवडाले आफू दक्षिण कोरियाका लागि नेपाली राजदूत बन्न लागेको भन्दै त्यसका लागि सभामुखलाई १ करोड ७५ लाख रुपैयाँ बुझाउनुपर्ने दाबी गरेका थिए। त्यसमध्ये ७५ लाख रुपैयाँ बुझाइसकेको र थप १ करोड आवश्यक रहेको भन्दै रकम मागेको आरोप छ। त्यस्तै, टोयोटा कम्पनीसँग व्यापारिक सम्बन्ध, युरोपमा लगानीको अवसर तथा होटल–हाइड्रो व्यवसाय सञ्चालन गरिरहेको जस्ता दाबी गरेर विश्वास जित्ने प्रयास गरेको उल्लेख छ।

अझ गम्भीर कुरा, विवाह गर्ने आश्वासनकै आडमा युवतीलाई आर्थिक रूपमा निर्भर बनाउने, होटल–रेष्टुरेन्टको खर्चसमेत तिराउने र पैसा फिर्ता माग्दा धम्की दिने गरेको आरोप जाहेरीमा समेटिएको छ। पक्राउपछि थप महिलाबाट समेत जाहेरी परेको प्रहरीले जनाएको छ।

‘जेठानी भर्सेस देउरानी’मा केकी र आँचलको घम्साघम्सीसमाचार कमेन्टमा
04/09/2026

‘जेठानी भर्सेस देउरानी’मा केकी र आँचलको घम्साघम्सी
समाचार कमेन्टमा

नेपाल यातायातको सिटमा ‘झिंगे दाउ २’, क्यूआरबाट टिकट काट्न सकिनेसमाचार कमेन्टमा
04/09/2026

नेपाल यातायातको सिटमा ‘झिंगे दाउ २’, क्यूआरबाट टिकट काट्न सकिने
समाचार कमेन्टमा

मुकुन भुषालसहितको अभिनय रहने ‘कंगाल करोडपति’को शुभमुहूर्तसमाचार कमेन्टमा
04/09/2026

मुकुन भुषालसहितको अभिनय रहने ‘कंगाल करोडपति’को शुभमुहूर्त
समाचार कमेन्टमा

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Filmy Fanda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Filmy Fanda:

Shortcuts

Share