Nepali Sports

Nepali Sports नेपाली खेलकुद सम्बन्धि ताजा अप्डेटका लागि लाईक/फ्लो गरेर हामी (Nepali Sports) सँग जोडिनु होला ! Thank You !!
(2)

तेस्रो जितको खोजीमा दुवै टिम, को बन्ला समूह विजेता ? मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा समूह डी अन्तर्गतको अन्तिम ...
06/06/2026

तेस्रो जितको खोजीमा दुवै टिम, को बन्ला समूह विजेता ?

मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा समूह डी अन्तर्गतको अन्तिम खेलमा हङकङसँगको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ । दुवै टोली क्वाटरफाइनलमा पुगिसकेका छन् भने यो खेल जित्ने टोली समूह विजेता बन्नेछ । दुवै टोली लगातार तेस्रो जितको खोजीमा छन् ।

यसपालि ओमानले जित्यो डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड, नेपाल ह्याट्रीक गर्नबाट चुक्यो नेपाली राष्ट्रिय क्रिकेट ट...
06/06/2026

यसपालि ओमानले जित्यो डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड, नेपाल ह्याट्रीक गर्नबाट चुक्यो

नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार तेस्रो पटक आईसीसी डिजिटल इन्गेजमेन्ट अफ द इयर अवार्ड जित्नबाट चुकेको छ । यसपालि ओमान एसिया क्षेत्रबाट मनोनयनमा परेको हो । यो अवार्डले विश्वभरका क्रिकेट समर्थकहरूको डिजिटल सहभागिता र उत्साहलाई सम्मान गर्ने गर्दछ । विगतका वर्षहरूमा नेपालले लगातार सफलता हासिल गरेकाले यस पटक पनि नेपाली समर्थकहरू आशावादी थिए । तर यो अवार्ड ओमानले हात पारेको हो ।

सिंगापुरमा करण केसी एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली टिमसँगै सिंगापुरमा रहेका करण केसी फुर्सदको समयमा ...
06/06/2026

सिंगापुरमा करण केसी

एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली टिमसँगै सिंगापुरमा रहेका करण केसी फुर्सदको समयमा घुमघाममा व्यस्त देखिएका छन् । तत्काल आफ्नो खेल नभएकाले नेपाली खेलाडीहरु घुमघाममा व्यस्त छन् ।

यस प्रतियोगितामा नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । अब सेमिफाइनलमा नेपालले आइतबार ओमानसँग खेल्ने तालिका छ । नेपाल समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

ईयू टी–२० मा जेबी ब्रुग्सको पहिलो खेल आज, नेपाली खेलाडीले मौका पाउलान् त ? आजदेखि सुरु हुने ईयू टी–२० बेल्जियमको पहिलो स...
06/06/2026

ईयू टी–२० मा जेबी ब्रुग्सको पहिलो खेल आज, नेपाली खेलाडीले मौका पाउलान् त ?

आजदेखि सुरु हुने ईयू टी–२० बेल्जियमको पहिलो संस्करमा जेबी ब्रुग्स र एक्सेल युनाइटेड ब्रसेल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल आज अपरान्ह ४ः१५ देखि सुरु हुनेछ । यस लिगमा धेरै नेपाली खेलाडी पनि छन् भने जेबी ब्रुजमा आबद्ध रहेका गुलशन झा, ललित राजवंशी, अनिलकुमार साह र ईशान पाण्डे हाल बेल्जियममै छन् ।

आज हङकङसँग खेल्दै नेपाल, 'ह्याट्रिक' जितको लक्ष्यमा  मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दैछ । यी ...
06/06/2026

आज हङकङसँग खेल्दै नेपाल, 'ह्याट्रिक' जितको लक्ष्यमा

मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दैछ । यी दुई टिमबीचको खेल बिहान ११ः४५ देखि सुरु हुनेछ । जारी प्रतियोगितामा नेपाल र हङकङ दुवै लगातार तेस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा कतार र दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

अलराउण्डर बरियतामा ललितको कमाल, धेरै स्टारलाई पछि पारे ओडीआई अलरायण्डर बरियतामा नेपालका ललित राजवंशी ६४औं स्थानमा छन् । ...
05/06/2026

अलराउण्डर बरियतामा ललितको कमाल, धेरै स्टारलाई पछि पारे

ओडीआई अलरायण्डर बरियतामा नेपालका ललित राजवंशी ६४औं स्थानमा छन् । नेपालबाट ११औंं स्थानमा ब्याटिङ गर्ने उनले अस्ट्रेलियोका क्यामरोन ग्रीन, मिचेल स्टार्क, वेस्ट इण्डिजका अलराउन्डर रोमारियो सेफर्ड, पाकिस्तानका मोहमद नजाव लगायतलाई पछि पारेका छन् । नेपालका सोमपाल कामी, करण केसी, गुलशन झा पनि ओडीआई अलराउण्डर बरियतामा ललित भन्दा पछाडी छन् ।

सिंगापुरमा कुशल भुर्तेल एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुरमा रहेका नेपाली टोलीका ओपनर कुशल भुर्तेल फुर्...
05/06/2026

सिंगापुरमा कुशल भुर्तेल

एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुरमा रहेका नेपाली टोलीका ओपनर कुशल भुर्तेल फुर्सदको समयमा घुमघाममा देखिएका छन् ।

सिंगापुरमा जारी यस प्रतियोगितामा नेपाल लगातार २ जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगितामा कुशल भुर्तेलले लगातार दुवै खेलमा शतक बनाउँदै इतिहास रचेका छन् । उनी हाल उच्च लयमा छन् । अब सेमिफाइनलमा नेपालले आइतबार ओमानसँग खेल्ने तालिका छ । नेपाल समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो भने, ओमान समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनलमा पुगेको हो । दुवै टोली एसियन गेम्समा छनोट भइसकेका छन् ।

फुर्सदमा सिंगापुरको घुमघाममा व्यस्त कप्तान दीपेन्द्र, अब आइतबार सेमिफाइनलएसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंग...
05/06/2026

फुर्सदमा सिंगापुरको घुमघाममा व्यस्त कप्तान दीपेन्द्र, अब आइतबार सेमिफाइनल

एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुरमा रहेका नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी फुर्सदको समयमा घुमघाममा व्यस्त देखिएका छन् ।

प्रतियोगितामा नेपाल लगातार २ जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । अब सेमिफाइनलमा नेपालले आइतबार ओमानसँग खेल्ने तालिका छ । नेपाल समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो भने, ओमान समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनलमा पुगेको हो । दुवै टोली एसियन गेम्समा छनोट भइसकेका छन् ।

ईयू टी–२० लिग खेल्नुअघि ईशान र गुलशन बेल्जियमको घुमघाममा ईयू टी–२० लिग खेल्न हाल बेल्जियममा रहेका नेपाली क्रिकेटर ईशान प...
05/06/2026

ईयू टी–२० लिग खेल्नुअघि ईशान र गुलशन बेल्जियमको घुमघाममा

ईयू टी–२० लिग खेल्न हाल बेल्जियममा रहेका नेपाली क्रिकेटर ईशान पाण्डे र गुलशन झा आफ्नो म्याच हुनुअघि घुमघाममा व्यस्त छन् । ईशान र गुलशन दुवै जेबी ब्रुग्समा आबद्ध छन् भने उनीहरूको टिमको पहिलो खेल शनिबार हुँदैछ ।

एसियन गेम्स छनोटको सेमिफाइनलमा नेपाल र ओमान भिड्ने सिंगापुरमा जारी एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा ने...
05/06/2026

एसियन गेम्स छनोटको सेमिफाइनलमा नेपाल र ओमान भिड्ने

सिंगापुरमा जारी एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा ओमान हङकङसँग १५४ रनले पराजित भएपछि समूह उपविजेताको रूपमा सेमिफाइनलमा पुगेको हो । समूह ‘ए’ को विजेता नेपालसँग अब ओमानको भेट हुने भएको छ । नेपाल र ओमानबीचको सेमिफाइनल खेल आइतबार बिहान ७ः१५ बजे सुरु हुनेछ । यस्तै, दोस्रो सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Sports posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share