Chitwan Aaja HD

Chitwan Aaja HD चितवन आजको पेज 'Chitwan Aaja HD' मा यहाँलाई स्वागत छ । हाम्रो अर्काे पेज 'Chitwan Aaja चितवन आज' मा पनि जोडिनु होला ।

सुरुदेखि निरन्तर उद्धारमा खटिरहेका रास्वपा सांसद तथा इन्जिनियर श्रीराम न्यौपाने भन्छन् - "त्रिशुली–३ ‘ए’ मा प्रयोग गरिएक...
16/09/2026

सुरुदेखि निरन्तर उद्धारमा खटिरहेका रास्वपा सांसद तथा इन्जिनियर श्रीराम न्यौपाने भन्छन् - "त्रिशुली–३ ‘ए’ मा प्रयोग गरिएको जस्तै Water Jet प्रविधिबाट उद्धार टोली माथिल्लो भागको लेदो पन्छाउँदै सुरुङको १५० मिटर भित्र पुगिसकेको जानकारी प्राप्त भएको छ। उद्धारमा खटिनु हुने सबैप्रति सम्मान व्यक्त गर्दछु। आज सुखद खबर आउने विश्वास छ।

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चा सकुशल फेला, एक महिला पक्राउजनकपुरधाम, भदौ ३० –धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई...
15/09/2026

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चा सकुशल फेला, एक महिला पक्राउ
जनकपुरधाम, भदौ ३० –
धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।

यही भदौ १८ गते अपहरणमा परेका धनुषाको बिदेह नगरपालिका–६ कमलेश महतोको १५ महिने छोरा सिद्धान्त महतोलाई गए राति सोही नगरपालिका–१ स्थित दशगज्जा क्षेत्रबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका–९ पुनितादेवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो । बच्चा अपहरणमा परेको सूचना पाए लग्तैबाट तालिम प्राप्त कुकुरसहित प्रहरीको टोलीले खोजतलाश अनुसन्धान गर्दै जाँदा बच्चा राखेको ठाउँमा प्रहरी पुगेपछि बच्चालाई छोडेर भाग्न खोज्दा ती महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सकुशल उद्धार गरिएका बच्चालाई अभिभावकको जिम्मा लगाइएको छ भने पक्राउ परेकी महिलामाथि अपहरण, शरीर बन्धक, मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी अभियोगमा मुद्दा दर्ता गराइ थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

तनहुँको व्यास नगरपालिका ४ र ५ स्थित मादी नदीमा निर्माणको अन्तिम चरणमा पुगेको चार लेनको आर्क पुल । रासस
15/09/2026

तनहुँको व्यास नगरपालिका ४ र ५ स्थित मादी नदीमा निर्माणको अन्तिम चरणमा पुगेको चार लेनको आर्क पुल । रासस

बालेनको त्यतिबेलाको विवादित निर्णय, अहिले दूरदर्शी साबित हुँदै!हिजो राती जडीबुटीस्थित मनोहरा खोलामा आएको भयंकर बाढीले तट...
15/09/2026

बालेनको त्यतिबेलाको विवादित निर्णय, अहिले दूरदर्शी साबित हुँदै!

हिजो राती जडीबुटीस्थित मनोहरा खोलामा आएको भयंकर बाढीले तटीय क्षेत्र जलमग्न बनाएपछि, जोखिमयुक्त क्षेत्रमा रहेको सुकुम्बासी बस्ती हटाउने प्रधानमन्त्री बालेन शाहको पुरानो निर्णय फेरि चर्चामा आएको छ। त्यतिबेला बाढी र डुबानबाट नागरिकलाई जोगाउने भन्दै गरिएको उक्त निर्णयको चर्को आलोचना भएको थियो।

तर अहिले त्यही क्षेत्रमा बाढी पस्दा धेरै भूभाग जलमग्न भएपछि, त्यतिबेला हटाइएका बस्तीका नागरिक सम्भावित ठूलो जोखिमबाट जोगिएको भन्दै सामाजिक सञ्जालमा बालेनको निर्णयलाई दूरदर्शी कदमका रूपमा चर्चा गरिएको छ।

तीजको अवसरमा श्री पशुपतिनाथ मन्दिरमा करिव ५ लाख जनाले दर्शन गरेका छन् ।
15/09/2026

तीजको अवसरमा श्री पशुपतिनाथ मन्दिरमा करिव ५ लाख जनाले दर्शन गरेका छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।
15/09/2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।

भोटेकोशी बाढीपछि त्रासमा छन् त्रिशूली किनारका बासिन्दाचितवन, ३० भदौ -यही भदौ १० गते आएको भोटेकोशी बाढी पछि त्रिशूली नदी ...
15/09/2026

भोटेकोशी बाढीपछि त्रासमा छन् त्रिशूली किनारका बासिन्दा
चितवन, ३० भदौ -
यही भदौ १० गते आएको भोटेकोशी बाढी पछि त्रिशूली नदी किनारमा बसोबास गर्नेहरु चिन्तित देखिएका छन् ।

उनीहरुलाई कुनै पनि बेला त्रिशूली नदीमा बाढीको वहाब आएर नोक्सान पुर्याउने चिन्ता बढेको छ । इच्छाकामना गाउँपालिका–५ त्रिशूली किनारमा बसोबास गर्दै आएकी सानी गौचन अहिले आफूहरु असुरक्षित रहेको महसुस गर्छिन् । आफ्नो उमेरको ४५ वर्ष यही बिताएकी उनी भोटेकोशी बाढीपछि झस्कन थालेकी छन् । उनले भनिन्, “बाढी देखेका थियौ । यस्तो विनाशकारी देखेका थिएनौँ । त्यो दिन सम्झदा अझै पनि मनमा अत्यास लाग्छ । पानी पर्दासमेत फेरि घर छोड्नुपर्ने हो की भन्ने डरले सताइ रहेको छ । ”

मुग्लिन बजारमा बिगत ४५ वर्षदेखि आमा होटल चलाउँदै आएकी कोपिला गौचन वर्षात् हुन थालेपछि कामदारदेखि सबैलाई सुरक्षित गर्न थालेको बताउँछिन् । यही भदौ १० गतेदेखि उनले न फोन अफ गर्न सकेकी छन्, न त रातिमा राम्रोसँग निदाएकी छन् । उनले भनिन्, “कतै फोन गरेर घर छोड बाढी आउँदै छ की भन्ने सूचना आउँछ की भन्ने डर छ ।” अझै आफूहरु असुरक्षित रहेको महसुस आफूलाई भएको उनले बताइन् ।

अहिले खोला सुसाउँदा त्रासमा बस्नुपर्ने बाध्यता रहेको उनले गुनासो गरिन् । अझै चिन्तामा बस्नुपरेको बताउँदै उनले अब केही राहत हुन्छ की भन्ने लागेको बताइन् । उनले थपिन्, “पुख्र्यौली काम छोड्नुभएन अझै हामी सुरक्षित छौँ जस्तो लाग्दैन ।”

स्याङ्जा स्थायी ठेगाना भई बिगत ३२ वर्षदेखि मुग्लिन नजिकै व्यवसाय गर्दै आएका सेख अलाउदीन मियालाई अहिले पानीको आवाज सुनेपछि आफूले राखेका सामग्रीतर्फ ध्यान जान्छ । नुवाकोटमा रहेकी छोरी वेखबर भएपछि आफू त्यस्तै हुने हो की भन्ने चिन्ताले उनलाई सताइ रहेको छ । खोलामा पानीको बहाव बढ्दै गर्दा कुनै चिन्ता नहुने भए पनि भदौ १० गतेको भोटेकोशी बाढीपछि उनलाई रातमा राम्रो गरी निन्द्रा लाग्न छाडेको छ ।

साना बालबालिका लिएर बस्नुपर्ने त्यहीमाथि त्रिशूलीको डर उनले दुःखेसो सुनाए । अचानक आएको बाढीले त्रिशूली किनारमा व्यवसाय गर्न डर हुन लागेको उनले गुनासो गरे ।

त्रिशूलीमा ‘र्‍याफ्टिङ’ गर्न आएकालाई खाना खाजा खुवाउँदै आएका नारायण श्रेष्ठ व्यवसाय छोड्ने की के गर्ने भन्ने दोधारमा छन् । सँगै व्यवसाय गरेका साथीहरुले छाडेर गएपछि आफू दोधारमा रहेको बताउँदै उनले विनाशकारी बाढीपछि व्यवसाय र आफ्नो जीवन नै जोखिम बढेको बताए । उनले भने, “बाढीसँग डर होइन विनाशकारी बाढीसँग अझै हामीलाई डर छ ।” पृथ्वी राजमार्गमा रहेको विनय गेष्ट हाउस तथा खाजा घरका सञ्चालक उनले वर्षात सुरु भएपछि हामीलाई त्रास बढ्ने भन्दै अब के गर्ने सोचमा रहेको बताए ।

अहिले पृथ्वि राजमार्गअन्तर्गत त्रिशूली किनारमा रहेका यस्ता व्यवसायी तथा परिवार त्रासमा दिन र रात बिताउन बाध्य छन् । अब फेरि समस्या आउँदा के गर्ने भन्ने चिन्ता उनीहरुमा थपिएको छ । रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनको देवघाटमा आएर यो नदी कालिगण्डकीमा मिसिएपछि नारायणी बन्छ । त्रिशूली नदी गहिरो छ । नदीका किनारमा मानव बस्तीसँगै बजारहरु रहेका छन् । ती बस्ती पुराना हुन् । बिगतका वर्षहरुमा पनि बाढी आउने भए पनि यस वर्ष निकै ठूलो बाढी आएपछि ती तीन जिल्लामा ठूलो जनधनको क्षति भएको छ । क्षति हुन नपाएका बस्ती र बजार क्षेत्रका बासिन्दामा त्रास कायम रहेको हो । - रासस

धनुषामा अपहरित १५ महिने बालकको ११ दिनपछि सकुशल उद्धार, एक महिला पक्राउ
15/09/2026

धनुषामा अपहरित १५ महिने बालकको ११ दिनपछि सकुशल उद्धार, एक महिला पक्राउ

कृष्णभीरमा असोज १ गतेदेखि यातायात सञ्चालनको तयारीनारायणगढ (चितवन),भदौ ३० –पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर ...
15/09/2026

कृष्णभीरमा असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ (चितवन),भदौ ३० –
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ । आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारीसाधन परीक्षणका रूपमा आवतजावत गराइएको थियो । परीक्षण सफल भएपछि नियमित सवारीसाधन सञ्चालनका गर्न तीव्रता दिइएको हो ।

नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँका अनुसार आज ११औँ दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ ।

उहाँले भन्नुभयो, “सम्भवतः असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेका छौँ ।”, उहाँका अनुसार निर्माणको पहिलो चरणमा ९ देखि १० दिनसम्म ११–१२ उपकरण परिचालन गरिएको थियो । अहिले काम अन्तिम चरणमा पुगेकाले करिब ४०–५० जना दक्ष तथा अदक्ष मजदुर परिचालन गरिएको छ । आवश्यकताअनुसार ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच–छ वटा हेभी इक्युपमेन्ट प्रयोग भइरहेका छन् ।

हाल नयाँ ट्याकमा नदीको गेग्रान प्रयोग गरी ग्राभेलिङ भइरहेको छ । सडकको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई बेरेर माथि टिक ड्रेन निर्माण गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । सब–बेसको अन्तिम तह निर्माण भएपछि सडक यातायात सञ्चालनका लागि तयार हुने उहाँको भनाइ छ । करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक र नालीसहित करिब साढे सात मिटरको संरचना निर्माण गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो खण्ड अलिकति जोखिम छ । थप पहिरो नआएमा तोकिएको समयमै यातायात सञ्चालन हुन्छ ।” नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्ड का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रले आइतबार नयाँ ट्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको बताउनुभयो । उहाँले परीक्षणका लागि मात्र आइतबार केही सवारीसाधन पास गराइएको र अहिले नयाँ ट्याक पूर्णरूपमा बन्द रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो , “सर्वसाधारण नयाँ ट्याक खुला गरिएको भ्रममा नपर्नुहोला । परीक्षणका लागि मात्र केही हिँजो सवारीसाधन पास गराइएको हो”, थप समस्या नआएमा असोज १ गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्याकबाट नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । - रासस

सरकारले भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक तथा पुललाई असोजभित्रै सञ्चालनमा ल्याउने गरी पुनःनिर्माणको काम अघि बढाएको जनाएको...
14/09/2026

सरकारले भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक तथा पुललाई असोजभित्रै सञ्चालनमा ल्याउने गरी पुनःनिर्माणको काम अघि बढाएको जनाएको छ ।

Address

Kathmandu
Kathmandu

Telephone

+9779855077262

Website

Alerts

Be the first to know and let us send you an email when Chitwan Aaja HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chitwan Aaja HD:

Shortcuts

Share