
24/05/2025
First Outbreak of Glanders in Sudurpaschim Province: सुदूरपश्चिम प्रदेशमा पहिलो पटक कैलाली जिल्लाको जानकी गाउँपालिकास्थित सञ्चालित ईटा भट्टामा राखिएका/पालिएका खच्चर/घोडामा ग्ल्यान्डर्स (Glanders) रोग देखा परेको छ। वि सं २०७८ मा नेपालमा पहिलो पटक देखा परेको यो रोग एक प्रकारको जीवाणुको कारण मुख्य रुपमा घोडा, खच्चर, गधा जस्ता घोडा जातीका पशुमा देखा पर्ने स्वासप्रस्वास सम्बन्धी संक्रामक तथा प्राणघातक रोग हो ӏ यो रोग देखापरेमा उच्च ज्वरो आउनका साथै नाक र आँखाबाट तरल पदार्थ बग्ने, फोक्सो लगायत श्वास प्रस्वास प्रणालीमा असर पर्ने, छालामा गिर्खाहरु देखिने र क्रमश: निको हुँदै तारा आकारको डामहरु रहने र समयमा उपचार नपाएमा मृत्यु समेत हुने गर्दछ ӏ यो रोग मानिसमा पनि सर्ने र समयमा उपचार नभएमा मानिसको मृत्यु सम्म हुन सक्ने जुनोटिक रोग भएकाले सबै सरोकारवालाहरुलाई समयमा सचेत हुन हार्दिक अनुरोध गरिन्छ। सुदूरपश्चिम प्रदेशको यो पहिलो केस निदान गर्न रिपोर्टिङ् तथा नमूना संकलन गर्ने कार्यमा सहयोग गर्ने Animal Nepal का प्राविधिकज्यूहरु प्रति हार्दिक आभार प्रकट गर्दछु ।