Seto Press

Seto Press जे भए पनि लेख्न सुरु गर्नुहोस्। नल नचल्दासम्म पानी आउँदैन।

पाटन (ललितपुर), कात्तिक १० गते । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तरुणहरूलाई जुझारु भएर मुलुक, जनत...
27/10/2025

पाटन (ललितपुर), कात्तिक १० गते । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तरुणहरूलाई जुझारु भएर मुलुक, जनता र संविधानको रक्षाका लागि समर्पित हुन आग्रह गर्नुभएको छ । नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उहाँले नेपाल इतिहासकै प्रतिकूल अवस्थामा उभिएको र कांग्रेस पार्टीसमेत प्रतिकूल अवस्थामा रहेको उल्लेख गर्दै देश जोगाउन सङ्कल्पसहित अगाडि बढ्न आग्रह गर्नुभयो ।...

पाटन (ललितपुर), कात्तिक १० गते । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तरुणहरूलाई जुझारु भएर मु...

क्वालालम्पुर, कात्तिक १० गते । दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियान)ले डिसेम्बर महिनामा म्यान्मामा हुन लागेको आ...
27/10/2025

क्वालालम्पुर, कात्तिक १० गते । दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियान)ले डिसेम्बर महिनामा म्यान्मामा हुन लागेको आमनिर्वाचनमा पर्यवेक्षक नपठाउने निर्णय गरेको छ । कूटनीतिक स्रोतले सोमबार जानकारी दिँदै यस निर्णयले म्यान्माको सैन्य शासन (जुन्ता) ले अन्तर्राष्ट्रिय वैधता पाउने प्रयासमा ठूलो धक्का पुर्याएको बताएका छन् । म्यान्माका सैन्य प्रमुख मिन आङ ह्लाइङले डिसेम्बर २८ का लागि तोकिएको उक्त चुनावलाई सन् २०२१ मा गरिएको सैन्य कूबाट सुरु भएको गृहयुद्ध अन्त्यतर्फको ‘महत्वपूर्ण कदम’ का रूपमा चित्रण गर्नु भएको थियो । तर, आसियानका अध्यक्ष तथा मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सोमबार भएको बैठकमा पुनः ‘तत्काल युद्धविराम’ को आह्वान गर्नु भएको छ ।...

क्वालालम्पुर, कात्तिक १० गते । दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियान)ले डिसेम्बर महिनामा म्यान्मामा हु.....

एयर फोर्स वन, कात्तिक १० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सन् २०२८ को अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट...
27/10/2025

एयर फोर्स वन, कात्तिक १० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सन् २०२८ को अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति पदका लागि उम्मेदवार बन्ने इरादा नराख्ने स्पष्टरूपमा घोषणा गर्नु भएको छ । यो घोषणा उहाँका केही समर्थकले कार्यकाल सीमा हटाई ट्रम्पलाई निरन्तर शासन गर्न दिनुपर्ने सुझाव दिइरहेका बेला आएको हो । अमेरिकी संविधानले राष्ट्रपतिलाई अधिकतम दुई कार्यकालमा सीमित गरेको छ । राष्ट्रपति ट्रम्पले यस वर्ष जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गर्नु भएको हो ।...

एयर फोर्स वन, कात्तिक १० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सन् २०२८ को अमेरिकी राष्ट्रपति चुनावमा...

पाटन (ललितपुर), कातिक १० गते । ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने कात्तिक नाच आजदेखि प्रदर्शन हुँदैछ । विगत तीन सय ८...
27/10/2025

पाटन (ललितपुर), कातिक १० गते । ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने कात्तिक नाच आजदेखि प्रदर्शन हुँदैछ । विगत तीन सय ८५ वर्षदेखि हरेक वर्ष कात्तिक महिनामा प्रदर्शन हुँदै आएको ऐतिहासिक उक्त सञ्चालनका लागि यस वर्षको सबै तयारी पूरा भएको जनाइएको छ । आज साँझदेखि १९ गतेसम्म साँझ ७ बजेसम्म नियमित रूपमा नाच सञ्चालन हुने र त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिनुभयो । …...

पाटन (ललितपुर), कातिक १० गते । ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने कात्तिक नाच आजदेखि प्रदर्शन हुँदैछ । विगत ती...

अत्तरिया (कैलाली), कात्तिक १० गते । कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउखेती गर्...
27/10/2025

अत्तरिया (कैलाली), कात्तिक १० गते । कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउखेती गर्दै आउनुभएको छ । उहाँले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आउनुभएको हो । पाँच वर्षअघि रु. ६० हजार लगानीमा एउटा टनेलबाट च्याउखेती सुरु गरेका चौधरीले हाल दुई कट्ठा जग्गा भाडामा लिएर त्यसमा सातवटा टनेल बनाएर च्याउखेती गरिरहनुभएको छ । बाह्रै महिना च्याउ उत्पादन गर्दै आएका उहाँले त्यसबाट मनग्य आम्दानी गरिरहनुभएको छ । चौधरीले भन्नुभयो, “पहिले ज्ञान, सीप कम थियो । छ महिनामात्रै च्याउ उत्पादन गर्थे, बिस्तारै अनुभव पनि बढ्यो । हाल बाह्रै महिना उत्पादन गर्न थालेको छु । आम्दानी पनि राम्रै छ ।”...

अत्तरिया (कैलाली), कात्तिक १० गते । कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउ...

चितवन, कात्तिक १० गते ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्...
27/10/2025

चितवन, कात्तिक १० गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग उहाँले पछिल्लो समय देशमा उत्पन्न परिस्थितिलाई सहज बनाउन पनि निर्वाचनको विकल्प नभएकाले सबै त्यसमा होमिनुपर्नेमा जोड दिनुभयो । संयोजक दाहालले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले पार्टीको तल्लो तहसम्मका नेता कार्यकतालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइएको बताउनुभयो । उहाँले भन्नुभयो,...

चितवन, कात्तिक १० गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थिति...

सङ्खुवासभा । जेनजी आन्दोलनपछि उत्पन्न भएको सुरक्षा चुनौती र चाडपर्वको चहलपहललाई मध्यनजर गर्दै सङ्खुवासभामा संयुक्त सुरक्...
27/10/2025

सङ्खुवासभा । जेनजी आन्दोलनपछि उत्पन्न भएको सुरक्षा चुनौती र चाडपर्वको चहलपहललाई मध्यनजर गर्दै सङ्खुवासभामा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लाका मुख्य बजार क्षेत्रहरूमा एकसाथ पैदल तथा मोबाइल गस्ती थालेका हुन् । जिल्लाका खाँदबारी, तुम्लिङटार, चैनपुरलगायत बजार क्षेत्रमा विगत केही दिनयता संयुक्त टोलीको सक्रिय उपस्थिति देखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार पछिल्ला राजनीतिक गतिविधि, आन्दोलन र भिडभाडका कारण सुरक्षामा थप चुनौती देखिएकाले सहकार्यमा संयुक्त गस्ती निगरानी बढाइएको हो ।...

सङ्खुवासभा । जेनजी आन्दोलनपछि उत्पन्न भएको सुरक्षा चुनौती र चाडपर्वको चहलपहललाई मध्यनजर गर्दै सङ्खुवासभामा सं....

काठमाडौँ । उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा आज पनि तनावग्रस्त भएको छ ...
27/10/2025

काठमाडौँ । उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा आज पनि तनावग्रस्त भएको छ । अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठुलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरू भेला भएका छन् । उनीहरूले आज पनि अस्पताल परिसरमा ढुंगामुढासहित तोडफोड गरेका हुन् । प्रदर्शनकारीहरू ढुंगामुढासहित अस्पताल पुगेका थिए ।...

काठमाडौँ । उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा आज पनि तनावग्र....

काठमाडौँ, कात्तिक १० गते ।नवनियुक्त स्वास्थ्य तथा जनङ्ख्यामन्त्री डा.सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनी...
27/10/2025

काठमाडौँ, कात्तिक १० गते ।नवनियुक्त स्वास्थ्य तथा जनङ्ख्यामन्त्री डा.सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । सोमबार काठमाडौँको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरुसँगको भेटपछि उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले अब निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सम्बन्धित सबैलाई ध्यानाकर्षण गराउनुभयो । सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको मन्त्री गौतमको भनाइ छ ।...

काठमाडौँ, कात्तिक १० गते ।नवनियुक्त स्वास्थ्य तथा जनङ्ख्यामन्त्री डा.सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न...

काठमाडौँ, कात्तिक १० गते ।देशका ७५ जिल्लाबाट छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग निय...
27/10/2025

काठमाडौँ, कात्तिक १० गते ।देशका ७५ जिल्लाबाट छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याक अनुसार छ हजार ६६८ जनामा डेङ्गु पुष्टि भएको छ । सोही समयमा पाँच डेङ्गु सङ्क्रमितको मृत्यु भएको इडिसिडीका कीटजन्य शाखा प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार डोल्पा र मनाङ गरी दुई जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमण पुष्टि भएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढि बागमती प्रदेशमा पुष्टि भएको छ । बागमतीमा एक हजार ६४९ जनामा डेङ्गु पुष्टि भएको छ ।...

काठमाडौँ, कात्तिक १० गते ।देशका ७५ जिल्लाबाट छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा...

काठमाडौँ । पत्नी रबीलक्ष्मी चित्रकारको उपचारका लागि भारतमा रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल आज स्वदेश फर्कँदै छन् ।उ...
27/10/2025

काठमाडौँ । पत्नी रबीलक्ष्मी चित्रकारको उपचारका लागि भारतमा रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल आज स्वदेश फर्कँदै छन् ।उपचार जारी रहे पनि खनाल पार्टी बैठकका लागि स्वदेश फर्कन लागेका हुन् । खनाल निकट स्रोतका अनुसार उनी साँझ ६ बजे काठमाडौँ आउँदै छन् । नेकपा एकीकृत समाजवादीभित्र मतभेद बढ्दै गएपछि खनाल बैठकमा सहभागी हुन आज काठमाडौँ आउन लागेको नेताहरूले बताएका छन् ।...

काठमाडौँ । पत्नी रबीलक्ष्मी चित्रकारको उपचारका लागि भारतमा रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल आज स्वदेश फर्क...

कास्की । पर्यटकीय राजधानी पोखरामासमेत छठ पर्व धूमधामका साथ मनाउने तयारी गरिएको छ । सूर्य भगवानको उपासना गरिने यस पर्वमा ...
27/10/2025

कास्की । पर्यटकीय राजधानी पोखरामासमेत छठ पर्व धूमधामका साथ मनाउने तयारी गरिएको छ । सूर्य भगवानको उपासना गरिने यस पर्वमा नेपालको तराई तथा मधेशी समुदायका श्रद्धालुहरूका लागि पोखरामै चार प्रमुख स्थानमा छठ पूजा गर्ने व्यवस्था गरिएको हो । पेसा र व्यवसायका कारण पोखरामै बसोबास गरिरहेका तराई-मधेशका समुदायका श्रद्धालुहरूले पछिल्ला वर्षमा पोखरामै छठ पर्व मनाउँदै आएका छन् । पोखराको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), नारायण स्थान मन्दिर, सेती गण्डकी र काली खोलाको संगमस्थल र कमलपोखरीलाई पूजाका लागि विशेष रूपमा सजाइएको र वरपर सरसफाइ गरिएको नारायण स्थान मन्दिर पूजा समितिका उपाध्यक्ष विनोद गुप्ताले जानकारी दिए । चार वटै स्थानमा पूजा समिति गठन गरी सामूहिक पूजाको प्रबन्ध गरिएको छ ।...

कास्की । पर्यटकीय राजधानी पोखरामासमेत छठ पर्व धूमधामका साथ मनाउने तयारी गरिएको छ । सूर्य भगवानको उपासना गरिने यस...

Address

Madan Nagar, Balkhu
Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Seto Press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Seto Press:

Share