16/08/2026
व्यक्तिगत स्वार्थ छाडेर देश निर्माणमा लागौँ : केपी शर्मा ओली
दमक, साउन ३१ गते । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता–कार्यकर्तालाई पद र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा समर्पित हुन आह्वान गर्नुभएको छ। झापाको बिर्तामोडमा ‘मिसन पार्टी जागरण अभियान–२०८३’ को उद्घाटन गर्दै उहाँले राजनीतिमा व्यक्तिगत लाभभन्दा राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो। अध्यक्ष ओलीले आफू प्रधानमन्त्री वा पार्टी अध्यक्ष बन्ने उद्देश्यले राजनीतिमा नआएको स्पष्ट पार्नुभयो। देश निर्माणका लागि आदर्शको राजनीति गर्नुपर्ने उल्लेख गर्दै उहाँले "...