Verse & Voice by Bhaskar

Verse & Voice by Bhaskar Welcome to Bhaskar’s Literary Corner! Dive into poetry, book recommendations, and musings on life’s wonders.

Here, words come alive through recitals, insights, and the joy of discovery. Join me in exploring literature, stories, and ideas that inspire.

16/11/2024

मेरो चोक: भूपी शेरचन

#कविता

28/10/2024

बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको
खिया लागेका कलका पुर्जाहरू जस्तै
गणितका शुत्रहरू पनि साह्रै पुराना भइसके
रहर छैन मलाई बाँचिदिने
केवल इतिहास पानाहरूमा,
मैले त बाँच्नुपर्छ आउने दिनहरूमा
इतिहासको गतिलाई उछिनेर
इतिहासभन्दा बढी अरु केही भएर
त्यसैले बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको
फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ
बनिसकेको बाटामा हिँड्नभन्दा
बाटो बनाउँदै हिँड्न रहर लाग्छ।
इतिहासका ठेली होइन
एउटा कोदालो चाहिन्छ मेरो पाखुरालाई
योजना होइन
पैतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरालाई
र गर्नु छ भुक्तान जम्मै
धरतीले बोकाएका ऋणहरूको
बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको।

- हरिभक्त कटुवाल

#कविता

26/10/2024

यो दुई थोपा आँसु - हरिभक्त कटुवाल
#कविता

29/09/2024

न त शोहरत चाहिन्छ न त धन चाहिन्छ
मलाई जिउन केवल एउटा जीवन चाहिन्छ
किन पिउँछस् यति धेरै सोधिहाल्यौ साथी
यो सास चल्न पनि अलिकति इन्धन चाहिन्छ।

मलाई जिउन केवल एउटा जीवन चाहिन्छ

किन गराउँछन् निर्वाचन हरेकपल्ट उनीहरू?
बाबु लोकतन्त्रमा देश डुबाउन पनि सदन चाहिन्छ।

यो सास चल्न अलिकति इन्धन चाहिन्छ।

मैले परिस्थितिवस फुलबाट ढुङ्गा बन्नुपर्यो
के गर्ने साथी हावाले नउडाउन पनि वजन चाहिन्छ
आमा माइत जाँदा खोले पस्किँदै बाले भने
मिठो खान त बाबु भान्छामा चुराको छनछन चाहिन्छ।

न त शोहरत चाहिन्छ न त धन चाहिन्छ
मलाई जिउन केवल एउटा जीवन चाहिन्छ।

©सञ्जय पौडेल

#गजलवाचन

16/09/2024

Book: Buddhisagarkaa Kavita

Writer: Buddhisagar

Publisher: Fine Prints

I am not the original author of this poem; am simply sharing it through my recitation. All rights to the content remain with the author and the publisher. This recitation is intended to appreciate the work, while fully respecting their copyright.

#कवितावाचन #नेपाली #नेपाल #माया

... यसरी नै सधैं चियाको किटलीबाट एउटा सूर्य उदाउँछ, सधैं रक्सीको रित्तो गिलाँसमा एउटा सूर्य अस्ताउँछ ...               #...
12/09/2024

...
यसरी नै सधैं
चियाको किटलीबाट एउटा सूर्य उदाउँछ,
सधैं रक्सीको रित्तो गिलाँसमा एउटा सूर्य अस्ताउँछ ...
#वाचन #कविता #भूपीशेरचन

Check out Bhaskar Dhakal’s video.

Address

Koteshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Verse & Voice by Bhaskar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Verse & Voice by Bhaskar:

Share

Category