
31/08/2025
युरिक एसिड भएका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?
----------------------------------------------------------
युरिक एसिड बाथरोगको एक प्रकार हो । युरिक एसिड भएका बिरामीलाई चिकित्सकले गेडागुडी नखान सुझाव दिन्छन् ।
तर के सबै गेडागुडी खान नमिल्ने हो ? वरिष्ठ बाथरोग विशेषज्ञ डा. दीपा शाहका अनुसार युरिक एसिड भएका बिरामीले प्युरिन प्रोटिन भएका गेडागुडी खान हुँदैन । सबै गेडागुडी असुरक्षित हुन्छन् भन्ने भ्रम कतिपयमा भएको उहाँको भनाइ छ । सबभन्दा अचुक औषधि पानी हुने उहाँ बताउनुहुन्छ । हरेक दुई घण्टाको अन्तरमा पानी पिउनु युरिक एसिड भएका बिरामीलाई फाइदाजनक हुने उहाँको भनाइ छ ।