Nepal Network HD

Nepal Network HD News platform for sharing updates and raising marginalized voices.

16/09/2026

सुन्दर सुदूरपश्चिमको बझाङमा अमानवीय दृश्य

बझाङको चैनपुर बजार नजिकै पानकोट पुलबाट एक महिलाले कुकुरलाई सेती नदीमा बगाएको दृश्य सार्वजनिक भएको छ।

Video source: facebook

रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।
16/09/2026

रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।

16/09/2026

कृष्णभीरमा ट्रयाक खुल्यो, भोलिदेखि पूर्णरूपमा सवारी सञ्चालन हुने 🚗🛣️

बुटवल–पाल्पा सडकखण्डअन्तर्गत सिद्धबाबा क्षेत्रमा सडक माथिबाट एक्कासि खसेको ढुंगा गुडिरहेको कारमा ठोक्किँदा कारमा सवार ३ ...
15/09/2026

बुटवल–पाल्पा सडकखण्डअन्तर्गत सिद्धबाबा क्षेत्रमा सडक माथिबाट एक्कासि खसेको ढुंगा गुडिरहेको कारमा ठोक्किँदा कारमा सवार ३ जना घाइते भएका छन्। घटनापछि घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

15/09/2026

तामाकोसी नदीको सतह घटेपछि नदी किनारका बस्तीमा त्रास

मौरेलगायत नदी किनारका स्थानीय राति १०:३० बजेसम्म घरबाहिरै बसेका थिए। तामाकोसी–५ अन्तर्गत अडिट–१ र २ को काम केही समयका लागि स्थगित गरिएको बताइएको छ।

नदी थुनिएको आधिकारिक जानकारी नआए पनि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

🎥 भिडियो: Rajkumar Chaulagain


बाढीले क्षतिग्रस्त त्रिशूली–मुग्लिन करिडोरका झोलुंगे पुलको मर्मत तीव्रबाढीका कारण क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत तथा...
15/09/2026

बाढीले क्षतिग्रस्त त्रिशूली–मुग्लिन करिडोरका झोलुंगे पुलको मर्मत तीव्र

बाढीका कारण क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत तथा पुनःस्थापना कार्यलाई सरकारले तीव्रता दिएको छ। यात्रु तथा स्थानीयको आवागमन सहज बनाउन मर्मत कार्य अघि बढाइएको हो।

सभामुख डीपी अर्याल र विपक्षी दलका नेता भीष्मराज आङदेम्बेबीच भेटवार्ता भएको छ। भेटवार्तामा समसामयिक राजनीतिक विषय तथा संस...
15/09/2026

सभामुख डीपी अर्याल र विपक्षी दलका नेता भीष्मराज आङदेम्बेबीच भेटवार्ता भएको छ। भेटवार्तामा समसामयिक राजनीतिक विषय तथा संसद्को प्रभावकारी सञ्चालनबारे छलफल भएको जनाइएको छ।

15/09/2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २ करोड ७३ लाख रुपैयाँभन्दा बढी जम्मा

15/09/2026

काठमाडौँको गोठाटारमा तीज मनाइरहेका बेला घरभित्र चोरी गर्दै गरेको एक व्यक्ति रङ्गेहात पक्राउ परेका छ। स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

Global Youth Parliament का संस्थापक अध्यक्ष दिवाकर अर्याल लगायत युवा नेताहरूलाई उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसि...
15/09/2026

Global Youth Parliament का संस्थापक अध्यक्ष दिवाकर अर्याल लगायत युवा नेताहरूलाई उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङले पार्टीमा स्वागत गरेका छन्।

Address

1306 Longview Drive, Harrisburg. USA
Kathmandu
17111

Alerts

Be the first to know and let us send you an email when Nepal Network HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share