Hari TG

Hari TG I am doing so many things like video creators social media service and website development many more

22/09/2025

सिस्टमभन्दा बाहिरबाट आएको एउटा मन्त्रीले आएकै भोलिपल्ट त चाहेर पनि भ्रष्टाचार गर्न सक्दैन ! त्यो पनि भ्रष्टाचारबारे यति धेरै जनआबाज र निगरानी भएको बेला आफ्नो मन्त्रालय मातहतका कर्मचारी र संरचनासमेत नचिन्दै, सिङ्गो मन्त्रालय त छोड़म्, पल्लो कोठामा कुन शाखा र कुन हाकिम छ भन्नेसम्म थाहा नपाउँदै कसैले करोड़ रुपियाँ खाने भन्ने कुरो कसरी सम्भव हुन्छ र ?

पैसा जति आफ्नै अफिसको दराजमा हुने, मन्त्रीले चाबी बुझ्ने, खोल्ने र खाने जस्तो गरी समाचार आउने रहेछन् ।

हो, दलभित्रबाट, सिस्टमबाट, सेटिंगबाट आउनेले चाहिँ त्यस्तो गर्न सम्भव छ र हुँदै आएको पनि छ ।

ठेक्का नपर्ने ठेकेदारले मिडियामा अलिकति रकम खर्च गरेर पाँच अर्बको प्रोजेक्टमा पाँचै अर्ब भ्रष्टाचार भयो भन्ने खालको समाचार लेखाउने गरेको त सुनिएको थियो, कुर्सीमा नबस्दै यति करोड़ भ्रष्टाचार भन्ने पनि पढ्न पाइयो !

फेरि यस्तो खबर शेयर गर्नेचाहिँ सिस्टम कब्जा गरेका पुरानै नेता हुँदा रहेछन् । एक दुई महिना त धैर्य गर्नु नि !

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Hari TG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share