11/09/2026
ग्यासमा कालोबजारी गर्नेको ‘पाता फर्काउदै’ बाणिज्य विभाग:
बिपतको मौका छोपेर ग्यास २६ सयमा बेच्नेहरूलाई बाणिज्य विभागले कारबाही गरेको छ। काठमाडौं कागेश्वरी मनोहरा-६, चखडोलको अनिल किराना पसललाई मात्रै ३ लाख जरिबाना तिराएको छ।
एकै दिनमा २३ वटा फर्म/पसलमाथि कारबाही गर्दै ३ लाख ९० हजार जरिबाना असुलिएको छ।
यस्तै कारबाही निरन्तर भए पक्कै कालोबजारी रोकिनेछ।
जरिबानाको पैसा यातायात खर्चमा अनुदान दिएर पुरानै मूल्यमा ग्यास उपलब्ध गराए जनताले साँच्चै राहत पाउने थिए।