First Nepal First Nepali

First Nepal First Nepali Breaking news, important national updates, trending stories, news reels, and informative content. 24/7 news update

12/09/2026

माइतीघरमा आ'त्मदा'ह प्रयासअघि लक्ष्मीदेवी बस्नेतको भावुक भिडियो बयान: 'राज्यले आम नागरिक र सहिद परिवारको भावनाको अवमूल्यन गर्यो।'

UAE विरुद्ध Toss जितेर ब्याटिङ गर्दै नेपाल Acc Mens Premier Cup Final -2026 Nepal Vs UAE
12/09/2026

UAE विरुद्ध Toss जितेर ब्याटिङ गर्दै नेपाल
Acc Mens Premier Cup Final -2026
Nepal Vs UAE

त्रिशूली–मुग्लिन करिडोर: ६ वटा झोलुङ्गे पुल आगामी १० दिनभित्रै सञ्चालनमा ल्याइने बाढीका कारण त्रिशूली–मुग्लिन करिडोरमा क...
11/09/2026

त्रिशूली–मुग्लिन करिडोर: ६ वटा झोलुङ्गे पुल आगामी १० दिनभित्रै सञ्चालनमा ल्याइने
बाढीका कारण त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त बनेका झोलुङ्गे पुलहरूको मर्मत तथा पुनःनिर्माणलाई सरकारले तीव्र बनाएको छ।

मर्मत तथा पुनःनिर्माणको मुख्य स्थिति:
६ वटा पुल (१० दिनभित्र तयार): लठ्ठा सुरक्षित रहेका र मानिस हिँड्ने भाग (डेक) मात्र बगाएका ६ पुलको डेक उत्पादनका लागि भदौ २२ गते नै सम्झौता भइसकेको छ। आगामी १० दिनभित्र डेक जोडिनेछ।

१४ वटा पुल (१ महिनाभित्र): आंशिक क्षति भएका बाँकी १४ झोलुङ्गे पुल १ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याइने।

३३ वटा पुल (नयाँ पुनःनिर्माण): पूर्ण रूपमा नष्ट भएका ३३ पुलका लागि फलामे लठ्ठा र सामग्री खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान भइसकेको छ, जुन असोज ५ गते खोलिनेछ।

प्राविधिक खटाइयो: स्थानीय पूर्वाधार विकास विभागका प्राविधिकहरू हाल कार्यक्षेत्रमै खटिएर लठ्ठा तान्ने र व्यवस्थापन गर्ने काम गरिरहेका छन्।

(द्रुत क्षति मूल्याङ्कन प्रतिवेदन अनुसार रसुवादेखि मुग्लिनसम्म ६४ झोलुङ्गे पुल सञ्चालनमा थिए।)
source : PMO Nepal

रसुवा भोटेकोशी बाढी: पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड बजेट लाग्ने भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाश...
11/09/2026

रसुवा भोटेकोशी बाढी: पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड बजेट लाग्ने

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि कुल रु ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख आवश्यक पर्ने सरकारी प्रतिवेदनले देखाएको छ।

क्षेत्रगत क्षति र आवश्यक बजेटको मुख्य विवरण:

पूर्वाधार क्षेत्र (७५% हिस्सा): रु ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख

(७५९ मेगावाटका १३ जलविद्युत् र २४ मेगावाटका ५ सोलार प्लान्ट प्रभावित; ऊर्जा ग्रिडका लागि मात्रै रु ३ खर्ब ९० अर्ब ६२ करोड खर्च हुने)

यातायात पूर्वाधार: रु ७३ अर्ब ३४ करोड २९ लाख
(६९ किमी सडक खण्ड, ३३ मोटरेबल पुल र ५३ झोलुङ्गे पुल क्षतिग्रस्त)
सामाजिक क्षेत्र (आवास तथा भवन): रु १ खर्ब ३ अर्ब ५४ करोड ९९ लाख
(रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका ७,५७० निजी घर, १८ विद्यालय र ७ स्वास्थ्य संस्था प्रभावित)

उत्पादक क्षेत्र (कृषि, व्यापार र बैंकिङ): रु ५० अर्ब ७७ करोड ४९ लाख
(१,८०६ हेक्टर कृषि बाली, ४,८०० व्यापारिक प्रतिष्ठान र १७ बैंक शाखा प्रभावित)
नदी व्यवस्थापन तथा भग्नावशेष सफाई: रु ९५ अर्ब २६ करोड ८५ लाख

🏠 सबैभन्दा बढी प्रभावित: नुवाकोटको विदुर नगरपालिकामा मात्रै ३,०२६ घर क्षतिग्रस्त भएका छन्।

पुनर्निर्माणको दुई चरण:

अल्पकालीन (६ महिनाभित्र): रु ८ अर्ब ७३ करोड ५० लाख

दीर्घकालीन पुनःनिर्माण: रु ७ खर्ब १४ अर्ब ५८ करोड २ लाख

संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका जाने 🇳🇵🇺🇳संयुक्त राष्ट्र सङ्घको ८१औँ मह...
11/09/2026

संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका जाने 🇳🇵🇺🇳

संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण आज बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले भ्रमणको तालिका तय गरेको हो।

भ्रमण तालिका:

प्रस्थान: असोज ६ गते (अमेरिकातर्फ)
फर्ता: असोज १० गते (स्वदेश)

विश्वमञ्चमा नेपालको तर्फबाट प्रभावकारी उपस्थिति र प्रतिबद्धता प्रस्तुत गर्न प्रधानमन्त्रीको यो भ्रमण महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ।

***n

आईफोन डुओ सार्वजनिक, मूल्य ३ लाख ४ हजारदेखि ४ लाख ८६ हजारसम्म. The innovative foldable design of the iPhone Duo is stunn...
10/09/2026

आईफोन डुओ सार्वजनिक,
मूल्य ३ लाख ४ हजारदेखि ४ लाख ८६ हजारसम्म.
The innovative foldable design of the iPhone Duo is stunning, adaptable, and long-lasting, creating possibilities that are both completely new and wonderfully familiar.

09/09/2026

"यो आन्दोलन कुनै दल विशेषको पक्ष या विपक्षभन्दा पनि सरकार परिवर्तनको लागि मात्र होइन । परिवर्तन संस्कार परिवर्तनको निम्ति थियो, सरकारको शैली परिवर्तनको निम्ति थियो, सुशासनको निम्ति थियो, विधिहीनता र दण्डहीनताको अन्त्यको निम्ति थियो । आन्दोलनको मर्मअनुसार चल्न सकेको छौँ कि छैनाैँ त्यतातिर गम्भीर हुनुपर्ने आवश्यकता छ।"

09/09/2026

राहत कोषको सहयोग परिचालन गरेर आवासको व्यवस्था मिलाइयोस् : सांसद क्रान्तिशिखा धिताल

08/09/2026

माइतीघर मण्डला एक महिलाले आत्म*दाहा को प्रयास

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when First Nepal First Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to First Nepal First Nepali:

Shortcuts

Share