06/06/2026
के सुकुम्बासी यो देशको नागरिक होइन? हामीले दुईवटा फारम भराएका छौँ, एउटा रातो र एउटा सेतो। सेतो फारम भर्नुको मतलब हुन्छ— म पैसा तिरेर जग्गा किन्न चाहन्छु भनेर हामीले सेतो फारम भराएका छौँ। के अव्यवस्थित बसोवासीहरू अपराधी हुन्? राज्यले यो अपराधीकरणको नजरले हेरेर जुन किसिमको हर्कत गर्दैछ, यसले नेपाली नागरिकलाई अझै दुखित तुल्याएको छ।