cnnenews.com

cnnenews.com निश्पक्ष, सत्य र आधिकारिक सुचना, समाचार हाम्रो प्रतिबद्धता।

यी राष्ट्र निर्माणका अभियन्ता दुखिका साहारा तथा राष्ट्रिय कालाकार जोडीको लागि सम्मान स्वरुप एक लाइक गरौ यो पेजलाई l निश्पक्ष, सत्य र आधिकारिक सुचना, समाचार को लागि - ecnnnews.com अनलाइन समाचार सबै नेपालीहरु को लागि सम्पर्क ठेगाना : सुर्य चन्द - मोबाइल : +9779851043932 इमेल :[email protected]

04/11/2025
25/08/2025
https://cnnenews.com/literature/12249/
23/08/2025

https://cnnenews.com/literature/12249/

आमा–बाबा आमा– तिमीले कहिल्यै उड्न पायौ र ? त्यो निलो आकाश, जुन हेरिरह्यौ घरको झ्याल र छत बाट, जहाँ उड्थ्यो एउटा ठूलो...

08/08/2025
https://cnnenews.com/art-entertainment/12230/
06/08/2025

https://cnnenews.com/art-entertainment/12230/

काठमाडौँ। लोकप्रिय गायिका भावना आचार्यको ‘न त बने हिरोईन‘ तीज गीतको भिडियो सार्वजनिक भएको छ। नबिन पाण्डेको शब्द ...

काठमाडौंको सामाखुसीमा प्रहरीले खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा झापाका ३३ वर्षीय शंकर राजवंशी रहे...
31/07/2025

काठमाडौंको सामाखुसीमा प्रहरीले खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाका ३३ वर्षीय शंकर राजवंशी रहेका छन्, जसको डेराबाट लागुऔषध बरामद भयो।
प्रहरीले उनको डेराबाट १०९.२२ ग्राम खैरो हेरोइन, नगद, मोबाइल र डिजिटल तराजु बरामद गरेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ स्थित सामाखुसीबाट प्रहरीले लागुऔषध खैरो हेराइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेची नगरपालिका वडा नम्बर–१० घर भएर सामाखुसी टाउनप्लानिङ नजिक बस्दै आएका ३३ वर्षीय शंकर राजवंशी छन् ।

बुधवार साँझ प्रहरी प्रभाग नयाँ बसपार्कका इन्स्पेक्टर शरण विक्रम शाह नेतृत्वको टोलीले उनको डेरा खानतलासी गरेर १०९ दशमलव २२ ग्राम खैरो हेरोइन बरामद गरेको हो ।

आरोपीको साथबाट ९ थान मोबाइल र ८२ हजार नगद समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दले रातोपाटीलाई बताए । उनले भने, ‘उनको साथबाट ६ हजार भारतीय रुपैयाँ पनि बरामद गरिएको छ ।’

आरोपीले आफ्नो डेराको बेडमुनी लुकाएर राखेको अवस्थामा लागुऔषध जोख्न प्रयोग गरेको डिजिटल तराजु पनि प्रहरीले बरामद गरेको छ । आरोपीबारे प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।

अष्ट्रिलिया निवासी हरि अधिकारीद्वारा एनआरएनए आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणाJuly 12, 2025सिड्नी, अष्ट्रेलिया – १२ जुल...
14/07/2025

अष्ट्रिलिया निवासी हरि अधिकारीद्वारा एनआरएनए आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणा
July 12, 2025

सिड्नी, अष्ट्रेलिया – १२ जुलाई २०२५

सिड्नी निवासी, सामाजिक सेवामा सक्रिय तथा समर्पित व्यक्तित्व हरिकृष्ण अधिकारीले आगामी कार्यकाल NRNA ICC Member (2025–2027) पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

उनी विगत १९ वर्षदेखि अष्ट्रेलियामा स्थायी रूपमा बसोबास गर्दै, नेपाली समुदायका विविध गतिविधिमा निरन्तर सहभागी रहँदै आएका छन्। NRNA अभियानमा समेत निरन्तर क्रियाशील रहँदै आएका अधिकारीले अब ICC सदस्यको रूपमा अन्तर्राष्ट्रिय स्तरमा नेपाली डायस्पोराको हितमा योगदान दिन चाहेका छन्।

“एकता, पारदर्शिता र समावेशीतामा आधारित सेवा मेरो मूलधार हो” – हरिकृष्ण अधिकारी

उम्मेदवारी घोषणासँगै अधिकारीले उल्लेख गरे, “हामी अनुभवी र समर्पित टिमको साथमा, समुन्नत र एकीकृत नेपाली डायस्पोराको निर्माणमा जुटिरहेका छौं। हाम्रो सेवा साँचो सामुदायिक आवश्यकतामा आधारित हुनेछ, जसको मूलमा पारदर्शिता, समावेशी विकास र साझा प्रतिबद्धता हुनेछ।”

उनले एनआरएन अभियानलाई केवल संस्था होइन, विश्वभर रहेका नेपालीहरूबीचको आत्मीय सम्बन्ध र सहकार्यको माध्यमको रूपमा अघि बढाउने दृष्टिकोण राखेका छन्।

कार्ययोजना चाँडै सार्वजनिक हुने

उनले आगामी दिनमा आफ्नो टिमको स्पष्ट कार्ययोजना सार्वजनिक गर्ने जानकारी पनि दिएका छन्।
“हामी ठूला परिवर्तनहरू ल्याउन सक्छौं—तर त्यो तब सम्भव हुन्छ, जब हामी सबै मिलेर अघि बढ्छौं,” अधिकारीको भनाइ थियो।

उनी भोटको मिति सेभ गर्न सबैलाई आह्वान गर्दै, एनआरएन अभियानमा साथ र समर्थनको अपिल गरेका छन्।

10/07/2025

अज्ञान तिमिरांधश्च ज्ञानांजन शलाकया
चक्षुनमीलितम तस्मै श्री गुरवे नम ।

(सद्गुरुको कृपामा ईश्वरको साक्षात्कार सम्भव हुन्छ तर गुरु कृपाको अभावमा केही पनि सम्भव हुँदैन ।)

गुरु पूर्णिमा वेदव्यास (कृष्णद्वैपायन) को जन्म जयन्ती हो । व्यासलाई भगवानकै स्वरूप वा अवतार तथा गुरुका पनि गुरु मानिन्छ । वास्तवमा गुरुलाई ब्रह्मा, विष्णु र मेहेश्वरको स्थानदेखि साक्षात् परम्ब्रह्मको साक्षात्कार गराउने व्यक्तित्वका रूपमा हेर्ने हाम्रो आदर्श र सभ्य संस्कृति छ । गुरुको सम्मान हृदयबाट हुन्छ । अझै गर्वको कुरा नेपालको तनहुँ जिल्लामा चार वेदका ज्ञाता, वेदका व्याख्याता महर्षि व्यासजस्ता महान् ज्ञाताको जन्म भएको हो । यसर्थ व्यासको जन्मदिन अर्थात् असार महिनाको शुक्ल पक्षको पूर्णिमालाई गुरूपूर्णिमाका रूपमा मनाउने प्रचलन बसालीदै आएकाे हाे । त्यसैले गुरु पूर्णिमालाई 'व्यासजयन्ती ' पनि भन्ने गरिन्छ ।

‘गिरति अज्ञानं इति गुरुः’ अर्थात् “अज्ञानलाई हटाएर ज्ञान प्रदान गराउने व्यक्ति” लाई गुरुको संज्ञा दिइन्छ । आफंमा पूर्ण भई अरूलाई पथप्रदर्शन गर्नसक्ने खुबी गुरुमा हुन्छ । पूर्वीय प्राचीन परम्परालाई हेर्दा वशिष्ट ऋषि, व्यास महर्षि, वाल्मिकी या त द्रोणाचार्य आखिर सबै गुरुका स्थानमा उच्च रहे । देवताका गुरु बृहस्पति तथा राक्षसका गुरु शुक्राचार्यको नाम उत्तिकै सम्मानित छ । भगवान् रामले गुरु वशिष्ठको आज्ञालाई शिरोधार्य गर्थे, भगवान् कृष्ण पनि सान्दिपनि गुरुबाट दीक्षित थिए । पाण्डवजस्ता असल र सत्यवादीहरूले शत्रु बनेका कौरवको पक्षमा रहेर लड्ने गुरु द्रोणाचार्यलाई गरेको सम्मान शिष्यले गुरुको उच्च सम्मान गर्नुपर्ने दृष्टान्त प्रष्ट झल्किन्छ । अझ एकलव्यले गुरु द्रोणाचार्यको मूर्तिका अघि बसेर अर्जुन जत्तिकै सक्षम शिष्य बनेको कथा र गुरु दक्षिणामा दाँया हातको बूढीऔँला नै माग्दा औँला काटेर दिएको कथा हृदयस्पर्शी छ ।

वास्तवमा नेपाल कैयौँ तपस्विका ज्ञानले सिञ्चित पृथ्वीतलको पुण्यभूमिको रूपमा चिनिने सुन्दर, सुरम्य शान्त देश अवश्य हो । नेपाल आफैँमा ज्ञानी र ज्ञानदाताको जन्मथलो रहेछ । तनहुँको दमौली आसपासमा माता सत्यवती र पिता परासर ऋषिका पुत्र व्यासको प्राज्ञिक खुबीमा जीवनको सार छ, जगत्को रहस्य छ । असल आदर्श ज्ञानको अथाह भण्डार छ । व्यास एक्लैले रचेको अभूतपूर्व ज्ञान सागरमा विश्व दर्शनले बुझेर बुझ्न गाह्रो, खोजेर जान्न गाह्रो तर जान्दा सर्वश्व भेट्छ । अतः वेद–वेदान्तका ज्ञान सारले भरिपूर्ण अठार पुराण, उपनिषद्हरू लेखी विश्वमै प्राचीन हिन्दू दर्शन र हिन्दू साहित्यलाई उजागर गर्ने खुबी भएका व्यासको गुरुत्वलाई चिन्नु सिङ्गो जीवनको बोध गर्नु हो । भागवत् गीताको सारभित्र लुकेको रहस्य खोतल्नु र अपनाउनु मानव जीवनको सार्थकता रहेछ । परमात्मामा साक्षात्कार गर्न सिकाउने ज्ञान त्यहाँ दूधमा लुकेको घिउ जसरी अदृश्य रहेको बोध हुन्छ । तब त मोक्षको ढोका खोल्न अर्थात् परमानन्दको अनुभूति गर्न गुरुज्ञानको सहारा आवश्यक हुन्छ ।

गुरुको ज्ञानलाई पैसाले होइन, विवेकले किन्नुपर्छ । गुरूपूजासँग 'कबिरदास' को जयन्तीको विषय पनि एकसाथ गाँसिएको पाइन्छ । यसै दिनमा कबिरको जन्म भएको भन्ने जनविश्वास रहेको छ । कबिर वाणीमा अनन्य आत्मज्ञानका सारतत्व लुकेका छन्, जसलाई महापुरुषले दोहोर्‍याएर सर्वसाधारणमा प्रवाह गरिरहन्छन् ।

कैयौँ छद्मभेषी गुरुहरूले सोझा र आस्थावान् मानवका आस्था र विश्वासमा प्रहार गरेका लज्जास्पद घटनाले पीडाबोध हुन्छ । समाजका लागि सम्मानित नाम गुरुलाई आज शिक्षक, प्राध्यापक वा अन्य नाममा लिने गरिन्छ । वास्तवमा गुरुमा शिक्षार्थीका लागि पूजनीय उदाहरण बन्ने खुबी हुनु आवश्यक छ । असल गुरुको पहिचान गर्ने शिष्यको पनि उत्तिकै खाँचो छ ।
महर्षि व्यासको शुभजन्मोत्सवको रूपमा सदियौँदेखि मनाइँदै आइएको गुरुसम्बन्ध र शब्दशक्तिसँग ज्ञानको बहाव छ । वेदव्यास जसलाई स्वयम् भगवान् विष्णुको अवतार तथा अष्टचिरञ्जीवीमध्ये एक चिरञ्जीवी भनेर चिनिन्छ । व्यासलाई कृष्ण द्वैपायन पनि भनेर चिनिन्छ । द्वैपायन नाम गरेको पर्वतमा तपस्या गर्दै जाँदा कालो भएका हुनाले उनलाई कृष्ण (कालो) द्वैपायन भनिएको हो भन्ने गरिन्छ । व्यासलाई सबैले गुरु मान्ने आधार शिष्यबाट बनेको हो भनेर बुझ्न सकिन्छ । शिक्षा र दीक्षा दिने गुरुको शक्तिमा 'गुरुदेवो भवः' को भाव जागृत हुन्छ ।

जो आफू बल्छ उसले मात्रै अरूलाई बाल्न सक्छ । निभेको दियोले कसैको अन्धकारलाई हटाउने गफ त गर्ला तर यथार्थमा हटाउन सक्दैन । त्यसैले, गुरु सिद्धान्तमा होइन व्यवहारिक अनुभवबाट चिनिने शक्तिमा आधारित हुने रहेछन् । आखिर गुरु निगाहबाट सर्वसफलतालाई साकार पार्न सक्नेले ईश्वरको कृपा पाउँदो रहेछ । गुरुकै स्थानलाई नियाल्ने हो भने, राजा महाराजाहरूले राजगुरुलाई आपूmभन्दा माथिल्लो स्थानमा राखेर आज्ञा शिरोधार्य गरेका इतिहास धेरै पूराना होइनन् नै । यो कुनै कुलीन पद्धति नभएर सल्लाहकार र सहायताको उच्चतम् श्रद्धेय राज्य व्यवस्थाको वैज्ञानिक पद्धति थियो । किनकि, त्यहाँ शासक पनि स्वच्छ विचार भएका व्यक्तित्वको सहायतामा झुक्ने परिस्थिति रहन्थ्यो ।

आजका मान्छेको बुझाइमा गुरुको स्तर कस्तो छ ?

अलिकति आजको युगसम्म आइपुग्दा गुरुकुल शिक्षामा परिवर्तन आयो । गुरुलाई अध्यात्मसँग मात्र गाँस्नुपर्छ र भन्ने पनि भएको छ । कति लाभदायक जीवनका आहारविहार, अनुशासन, औषधोपचार, मानवीय भाव आज छुटेका छन् । यद्यपि कसैले जानेर, बुझेर त कतिले अरूले गरेको देखेर भए पनि गुरुको आदर गर्न सिकेका छौँ । वास्तवमा अज्ञानता हटाउने महान् खुबी एउटा असल र सबल गुरुमा हुन्छ ।

गुरुसँग शिष्यको नाम गाँसिन्छ । साथमा गुरूपूर्णिमालाई ‘टिचर्स डे’ भन्न थालिएको छ । अतः गुरुलाई शिक्षक, प्रोफेसर, लेक्चर, टिचरको नाममा पुकार्ने गरिन्छ । यद्यपि ज्ञानको गहिराइ र वास्तविकताको सारका आधारबाट नियाल्दा आज दिइएका ज्ञान र सिकाइभित्र जुन गुरु शक्ति र सामर्थय भाव हुनुपर्दथ्यो, त्योभन्दा नितान्त फरक विषयवस्तु आउँछन् । आधुनिकतासँग जोडिन पुगे । यद्यपि यहाँ न त गुरु शक्तिका रहस्य रह्यो न त जीवन र जगत्को वास्तविक रहस्य खोतलियो । यहाँ सिकाइएका दैनिक जीवनका ज्ञानमा गुरु शब्दसँगको व्यापकतालाई आंशिक जीवनको ज्ञानमा सीमित बनाउँदा भौतिकता नै सर्वेसर्वा बन्दै गएको छ । मानवीय जीवन र जगतको रहस्यले प्राचीन संस्कारका उपनाम पाएका छन् । नैतिकताले मकाउँदै जाँदा गुरु शब्दसँग मानिसलाई घृणा लाग्ने गरेका यथार्थ हामी सामु बढ्दो क्रममै छन् ।

शाब्दिक रहस्य खोतल्दा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश रहने गुरु शब्द आपैैँमा तेजिलो, सम्मानित र आदरभावमा सुसज्जित छ । कलिलो मस्तिष्कलाई कखरादेखि गहन सोचसँग जीवन र जगत्सम्म खोतलेर गुरुले सचेत मार्गमा लैजान्छन् । सनातन परम्पराबाट सिकिएको भावबोध होस् या त व्यावहारिक शिक्षा होस् आखिर गुरुको महिमा हरपल, हरक्षण उच्च स्थानमा रहेको हुन्छ । यो युग र समयमा बदलिने परिभाषा पनि त होइन । ज्ञानको ज्योति छर्ने खुबी भएका निःस्वार्थी ज्ञानी व्यक्ति मात्रै गुरु हुन् । अतः एउटा असल गुरु शिक्षार्थीको मार्गदर्शक रहेछ, अनुकरणीय व्यक्तित्व रहेछ अनि सबल जीवन दाता रहेछ ।

पाश्चात्य सिद्धान्ततिर पुग्दा ‘टिचर्स डे’ मनाउन थालिएछ । हाम्रै शैलीमा गुरुलाई सम्मान गर्नुपर्छ भन्ने भाव त्यतातिर पनि विकसित हुँदै गएकाे पाइन्छ । राम्रो कुरा हो । अरस्तु, प्लेटो, रुसो, हिल्डा टावा, पेस्तालोजीजस्ता दार्शनिकले नवीन शैक्षिक अवधारणा लिएर आए । बालमनोवैज्ञानिक शिक्षाले प्रश्रय पायो । वर्तमान युगसम्म हेर्दा दण्डरहित बालमैत्री शिक्षाले असल गुरुको कर्मलाई प्रतिबिम्बित गर्ने ज्ञान त तिनले दिए । प्याबलभ, स्किनर, थर्नडाइकजस्ता विद्वान्ले नवीन शिक्षण पद्धतिलाई जन्माए । यसर्थ असल शिक्षकलाई बहुल ज्ञानको खाँचो हुन्छ । अत्याधुनिकताको ज्ञानसँग दौडिनु आवश्यक हुन्छ । एउटा शिक्षक कला र विज्ञानले सजिएको अनुकरणीय व्यक्ति रहेछ । जसमा ज्ञान, गुण, कला, विज्ञानजस्ता क्षमता हुन्छन्, त्यही असल शिक्षक बन्न लायक हुन्छ । यसर्थ गुरु हुनु आफैँमा चुनौतिपूर्ण छ अनि बुझ्दा र जान्दा सौभाग्यशाली व्यक्ति नै गुरु हो ।

एउटा असल शिक्षकले पाइलटलाई पढाएको हुन्छ, इन्जिनियरलाई जन्माएको हुन्छ, समाजसेवीलाई सिकाएको हुन्छ, नेतालाई डोर्‍याएको हुन्छ अनि असल र सबल मानिस बनाएको हुन्छ । यसर्थ शिक्षकभन्दा ठूलो र महान् कर्म अरू हुन सक्दैन ।

'गुरु' शब्द त आजभोलि ड्राइभरलाई, सङ्गीत शिक्षकलाई, या त साथीभाइसँग गफमा बोलिने भाषासम्म प्रयोग हुने गरेकाे छ । हरेक पण्डितजीले गुरुको सम्मान पाएका हुन्छन् । यसरी हेर्दा आजभोलि भनिने गुरु शब्दको प्रयोग र विचारसँग यसको भावको तालमेल अर्थात् अर्थगत सम्मान रहेको बुझ्न सकिँदैन । वास्तवमा उत्तम मस्तिष्क र कला भएका व्यक्ति मात्र गुरु बन्न योग्य हुन्छन्, जसले आफू तरेर अरूलाई तार्न सक्दछ । आफू अज्ञानबाट उम्केर अरूलाई प्रकाश प्रदान गर्दछ । गुरुलाई ब्रह्मा, विष्णु र महेश्वर अर्थात् सृष्टि सिकाउने, जिउन सिकाउने र मृत्यु अर्थात् अन्तिम सत्यसम्म पुगेर जीवनको यथार्थ बोध गराउने संसार तार्ने व्यक्तिको रूपमा लिइन्छ ।

राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, रुचि र उत्साह, धैर्य र सहनशील, नैतिक र चरित्रवान्, प्रेम र सहानुभूतिले भरिपूर्ण आत्मविश्वासमा सबल व्यक्तिगत गुण असल शिक्षकमा हुनु आवश्यक मानिन्छ । सामाजिक गुणअन्तर्गत पक्षपातरहित, स्पष्ट वक्ता, मानवीय सम्बन्ध कायम राख्ने, सेवाभाव भएको, विनोदप्रिय, विनयशील, नेतृत्व क्षमता राख्ने र समुदायको ज्ञान भएको हुनुपर्ने हुन्छ । त्यस्तै गरेर विषयवस्तुको उच्च ज्ञान, शिक्षण पद्धति र विधि–प्रविधिको ज्ञान भएको, शिक्षण कौशल र बालमनोविज्ञान बुझ्ने, उत्तरदायित्व बोध गर्ने, जिज्ञासु तथा अध्ययनशील, नवीनतम खोजमा जागरुक हुने पेसागत गुणको समष्टि सामथ्र्यबाट एउटा असल शिक्षकको परिचय स्थापित हुन्छ । बालबालिकाको सर्वाङ्गीण विकासका लागि समर्पित व्यक्तिले गुरुको पदलाई ओगट्न सक्छ । भोजनको मीठासतामा भान्सेको ठूलो हात हुन्छ । यसर्थ गुरु केवल नाम र परिचयपत्र बोकेर पेसामा अल्झेर पेटको समस्या हल गर्न चाहने व्यक्ति नभएर शिक्षा र सिकारूप्रति सचेत महान् व्यक्ति रहेछन् । कुमालेले काँचो माटोलाई आकार दिए, मूर्तिकारले ढुङ्गोलाई कुँदेझै शिक्षकले कच्चा मान्छेलाई सच्चा मान्छेमा परिणत गर्न जान्नुपर्छ ।

आज गुरुका नाममा भइरहेका कलङ्क र लालची व्यापारिक प्रवृत्तिले सही र गलतको श्रेणी बनाउनु परेका तीता यथार्थ छन् । मद्यपान, धुमपानदेखि व्यावहारिक तुच्छ लिप्सामा पस्रेर गुरुको सम्मान ओगट्नेले आफूलाई दम्भी बनाउँछ । गुरुको उपनाम भिर्ने लोभीपापी प्रवृत्तिका कारण कपडा र बाहिरी रूपमा गुरुलाई तौलन थालिएका छ । कैयौँ छद्मभेषी गुरुहरूले सोझा र आस्थावान् मानवका आस्था र विश्वासमा प्रहार गरेका लज्जास्पद घटनाले पीडाबोध हुन्छ । समाजका लागि सम्मानित नाम गुरुलाई आज शिक्षक, प्राध्यापक वा अन्य नाममा लिने गरिन्छ । वास्तवमा गुरुमा शिक्षार्थीका लागि पूजनीय उदाहरण बन्ने खुबी हुनु आवश्यक छ । असल गुरुको पहिचान गर्ने शिष्यको पनि उत्तिकै खाँचो छ ।

https://cnnenews.com/art-entertainment/12178/
15/05/2025

https://cnnenews.com/art-entertainment/12178/

नेपाली संगीत र फिल्म क्षेत्रमा अतुलनीय योगदान पुर्याएका चर्चित हस्तिहरुलाई ग्लोबल स्टेजमा सम्मान गर्दै , नेपाल.....

https://cnnenews.com/news/12171/
11/05/2025

https://cnnenews.com/news/12171/

थाक्रे: प्रेमसागर फाउण्डेशन नेपाल जन भोजन कार्यक्रमले आफ्नो १६ औं वार्षिकोत्सब मनाएको छ। धादिङको थाक्रे गाउँपा.....

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when cnnenews.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to cnnenews.com:

Share

Category