Troll kavre

Troll kavre troll kavre
(1)

📢 काभ्रेली दाजुभाइ तथा दिदीबहिनीहरूमा विशेष अनुरोध! 🙏
आउनुहोस्, हामीसँग जोडिनुहोस्!
तपाईंको वरपर, काभ्रे जिल्ला भित्र कुनै पनि नयाँ गतिविधि, ताजा समाचार वा अन्याय/अत्याचार विरुद्धको विद्रोह वा घटनाहरू भएका छन् भने हामीलाई messenger मा जानकारी दिनुहोस्।

“जसले सुरक्षा दिनुपर्ने थियो, उसैबाट बाल्यकालमै पीडा भोग्नुपर्‍यो।”ज्योति महतको अनुहारमा देखिने जलेका दाग उनका पीडाको एउ...
16/08/2026

“जसले सुरक्षा दिनुपर्ने थियो, उसैबाट बाल्यकालमै पीडा भोग्नुपर्‍यो।”

ज्योति महतको अनुहारमा देखिने जलेका दाग उनका पीडाको एउटा हिस्सा मात्र हुन्। उनी कक्षा १० मा अध्ययनरत हुँदादेखि आफ्नै बुबाबाट यौन दुर्व्यवहार भोग्नुपरेको र न्याय खोज्दा पनि आफन्त तथा समाजबाट अपेक्षित साथ नपाएको बताउँछिन्।

२०७९ सालमा ग्यास सिलिन्डर विस्फोट हुँदा उनको शरीरको करिब ४० प्रतिशत भाग जलेको थियो। उपचारका क्रममा उनले ६ दिनसम्म कोमामा रहनुपरेको थियो भने अनुहारमा पुनर्निर्माण उपचारसमेत गरिएको थियो। कठिन उपचार र लामो पीडाबीच पनि उनले जीवनप्रतिको संघर्ष छाडिनन्।

आज उनी आफ्नो सानो भाइको साथमा नयाँ जीवन अघि बढाउने प्रयासमा छिन्। थप उपचारका लागि करिब ६–७ लाख रुपैयाँ आवश्यक रहेको बताइएको छ।

ज्योतिको कथा केवल पीडाको कथा होइन, कठिन परिस्थितिका बीच पनि न्याय र सम्मानका लागि निरन्तर अघि बढिरहेकी एक संघर्षशील महिलाको कथा हो। उनको न्याय र उपचारका लागि आवश्यक सहयोग जुटाउन सम्बन्धित निकाय, समाज र सहयोगी हातहरू अघि बढ्नु आवश्यक छ।
News Sorce:- Social Media

“मैले शिलान्यास गरेको, मैले बनाइदिएको टनेल अस्ति उद्घाटन गरे… म हटे अर्कोले उद्घाटन गर्‍यो, ठीक छ। बालेन सरकार आएको ६ मह...
16/08/2026

“मैले शिलान्यास गरेको, मैले बनाइदिएको टनेल अस्ति उद्घाटन गरे… म हटे अर्कोले उद्घाटन गर्‍यो, ठीक छ। बालेन सरकार आएको ६ महिना भएको छैन, कति छिटो यत्रो सुरुङ बनाएर ‘ल हेर ! भनेर कोही कोही हल्ला गर्दैछन”

- पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली

एक विदेशी दीदी-जापानीको श्रीमती लेख्नुहुनछ:~   🇯🇵 ३२ वर्षपछि अन्ततः ५ वर्षको भिसा! 😭❤️लौ हेर्नुस्! जापानमा लगातार ३२ वर्...
15/08/2026

एक विदेशी दीदी-जापानीको श्रीमती लेख्नुहुनछ:~
🇯🇵 ३२ वर्षपछि अन्ततः ५ वर्षको भिसा! 😭❤️

लौ हेर्नुस्! जापानमा लगातार ३२ वर्षदेखि बस्दै आएको, अनि अन्ततः ५ वर्षको भिसा पाएँ! 😭🇯🇵

पहिले १ वर्ष → ३ वर्ष → अनि अहिले ५ वर्ष, अब सन् २०३१ सम्मको भिसा! 🎉🎊

Spouse of Japanese National — काम गर्न कुनै प्रतिबन्ध छैन।

भिसामा ५ वर्ष लेखिएको देख्दा त खुसीले लगभग बेहोस नै भएँ! 😂😭❤️

धन्यवाद जापान!
Arigato gozaimasu! 🇯🇵❤️

अझै १ वर्ष → ३ वर्ष → ५ वर्ष को यात्रामा पर्खिरहनुभएका सबैलाईहार नमान्नुहोस्, तपाईंको पालो पनि आउँछ! 💪🇯🇵
❤️
स्रोत:~the owntravel vlog

यो खबर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ, तर २२० करोड रुपैयाँ खर्च गरेको भन्ने दाबी पूर्ण रूपमा गलत र अफवाह मात्र हो...
10/08/2026

यो खबर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ, तर २२० करोड रुपैयाँ खर्च गरेको भन्ने दाबी पूर्ण रूपमा गलत र अफवाह मात्र हो। वास्तविकता यो भन्दा निकै फरक र सस्तो छ।
उनले जापानको एउटा प्रसिद्ध स्पेशल इफेक्ट्स कम्पनी Zeppet लाई अर्डर दिएर दुरुस्तै असली कुकुर (Border Collie जातको) जस्तो देखिने एउटा विशेष सूट बनाउन लगाएका हुन्

जापानमा आयुषा आर्याल टिकटक स्टारले आफ्नै जन्मदिने आमालाई 'सासू' बनाएर भिडियो बनाउँदै आजभोलि निकै भाइरल भइरहेकी छिन् । मन...
08/08/2026

जापानमा आयुषा आर्याल टिकटक स्टारले आफ्नै जन्मदिने आमालाई 'सासू' बनाएर भिडियो बनाउँदै आजभोलि निकै भाइरल भइरहेकी छिन् । मनोरञ्जनको नाममा जे पनि गर्न मिल्छ भन्ने सोच बढ्दै गएको देखिन्छ। भ्युज र पैसाका लागि जथाभावी बोलेको देख्न र सुन्न सकिन्छ।

आमा र छोरीबीचको अभिनय मात्रै भएको भए पनि त्यति ठूलो कुरा नहुन सक्थ्यो। तर यहाँ त नातिनीले आफ्नै हजुरआमालाई “तेरो बाउ” जस्ता असभ्य शब्द प्रयोग गर्दै बोलिरहेको पनि देखिन्छ। साना बालबालिकालाई यस्ता शब्द सिकाएर भिडियो बनाउन लगाउनु कत्तिको उचित हो?

भ्युज र पैसाभन्दा ठूलो कुरा बालबालिकाको संस्कार, व्यवहार र बोल्ने शैली हो। सामाजिक सञ्जालमा आउने हरेक सामग्रीले धेरै बालबालिकामा प्रभाव पार्न सक्छ। त्यसैले मनोरञ्जनका लागि भए पनि आफ्ना सन्तानलाई गलत भाषा र असभ्य व्यवहार सिकाउनु उचित होइन। भ्युज र पैसाको पछि लाग्दा कतै हामीले आफ्ना बालबालिकाको संस्कार त गुमाइरहेका छैनौँ?

थाई फाइटरलाइ जितेर सामाजिक सञ्जालमा छाएकी २७ वर्षीया मार्सल आर्ट्स खेलाडी रजिना विष्ट आर्थिक अभाव र राज्यको उपेक्षालाई प...
07/08/2026

थाई फाइटरलाइ जितेर सामाजिक सञ्जालमा छाएकी २७ वर्षीया मार्सल आर्ट्स खेलाडी रजिना विष्ट आर्थिक अभाव र राज्यको उपेक्षालाई पन्छाउँदै 'अमेजिङ मुवाँथाई वर्ल्ड फेस्टिभल'मा ऐतिहासिक रजत पदक जितिन्।

🚨 BREAKING NEWS: ४० वर्षीय भेट्रान गोलरक्षक भोजिन्हा चिलीको 'कोलो-कोलो' मा आवद्ध! ⚽🇨🇱🇨🇻विश्वकप २०२६ मा आफ्नो उत्कृष्ट प्...
06/08/2026

🚨 BREAKING NEWS: ४० वर्षीय भेट्रान गोलरक्षक भोजिन्हा चिलीको 'कोलो-कोलो' मा आवद्ध! ⚽🇨🇱🇨🇻
विश्वकप २०२६ मा आफ्नो उत्कृष्ट प्रदर्शनले सबैको मन जित्न सफल केप भर्डेका भेट्रान गोलरक्षक भोजिन्हा (Vozinha) चिलीको शीर्ष डिभिजन टोली कोलो-कोलो (Colo-Colo) मा आवद्ध भएका छन्।
सान्तियागो विमानस्थलमा ओर्लिंदा हजारौँ समर्थकहरूले उनलाई भव्य र अभूतपूर्व स्वागत गरेका थिए! 🔥
मुख्य आकर्षणहरू:
🔹 ६ महिनाको सम्झौता: प्रारम्भिक ६ महिनाको अनुबन्ध, जसलाई प्रदर्शनका आधारमा थप १ वर्ष बढाउन सकिने।
🔹 विशेष छुट: चिली फुटबल महासंघले नियम नै बदलेर उनलाई जर्सीमा आफ्नो चर्चित उपनाम "Vozinha" राख्न अनुमति दिएको छ।
🔹 विश्वकप हिरो: २०२६ विश्वकपमा स्पेनविरुद्धको खेलमा उत्कृष्ट 'सेभ' गर्दै केप भर्डेलाई नकआउट चरणसम्म पुर्‍याउन उनको ठूलो योगदान थियो।
४० वर्षको उमेरमा पनि उनको यो उर्जा र नयाँ चुनौती साँच्चै प्रेरणादायी छ! 👏✨

05/08/2026
 #जापान_जानेबेला_छोरो_भनेर_पठाए_तर_पछि_घर_आउदा_छोरी_फर्किन{ कति अचम्म छ है दुनियाँ )जापान आउँदा उनी छोरा भनेर जापान आएका...
04/08/2026

#जापान_जानेबेला_छोरो_भनेर_पठाए_तर_पछि_घर_आउदा_छोरी_फर्किन{ कति अचम्म छ है दुनियाँ )
जापान आउँदा उनी छोरा भनेर जापान आएका थिए। तर १२ वर्षपछि घर फर्किँदा उनी छोरी भनिन् । जस्मिन पौडेल जापानबाट १२ वर्षपछि छोरी बनेर नेपाल फर्किएपछि उनका बाबुले अनुहार समेत हेर्न मानेनन् ।

एक अन्तर्वार्तामा उनले भनेकी छन् जब म छोरि बनेर नेपाल फर्किए, शुरूमा त बुवाले मेरो अनुहार समेत हेर्न मान्नुभएन। त्यो बेला मलाई निकै पीडा भयो। सानैमा आमा गुमाइसकेकी थिएँ। हजुरआमाको मायाले म नेपाल फर्किए। छोराबाट छोरी बन्नुको कारण बोरे जस्मिन सुनाउँछिन्, सानैदेखि मेरो व्यवहार छोरीको जस्तो थियो तर म छोरा थिए। मलाई छोरी बन्न मन थियो। त्यो मेरो परिवार र समाजका लागि ठूलो लडाई थियो।

तर पनि मैले सबै कुराहरू जोत्दै आफूलाई छोरीमा परिणत गर्ने निर्णय गरे। म जापानमा बस्दा लिङ्ग परिवर्तन गरेर छोरी पढ्न मिल्ने कुरा थाहा पाएपछि मैले त्यसको प्रक्रिया सुरु गरेँ।
उपचार सुरु गर्दा म पाँच वर्षसम्म परिवारको सम्पर्कमा पनि आइन। उपचार गर्दा करिब ५० लाख जति खर्च भयो। त्यो सबै खर्च मैले कमाउँदै उपचारमा खर्च गर्दै गरे।

म अहिले निकै खुसी छु आफूलाई छोरीमा परिणत गर्न पाएर । म छिट्टै मिस युनिभर्सलमा पनि भाग लिने तयारीमा छु। यो लडाई मेरो मात्र होइन यो समाजमा भएका म जस्तै अन्य व्यक्तिको लडाई पनि हो। — with दिपु विस्व and 12 others.

जेन्जी अभियन्ता, समाजसेवी आदरणीय नर्गिस थापा ज्यूको चरित्रमाथि औंला उठाउनेहरूलाई एउटा कुरा स्पष्ट तिमीहरूको शब्दले वहाँक...
03/08/2026

जेन्जी अभियन्ता, समाजसेवी आदरणीय नर्गिस थापा ज्यूको चरित्रमाथि औंला उठाउनेहरूलाई एउटा कुरा स्पष्ट तिमीहरूको शब्दले वहाँको मूल्य घट्दैन। हामी सम्पूर्ण राष्ट्रवादीहरू वहाँको पक्षमा उभिएका छौं, कसैले पनि चरित्र हत्या गर्ने काम नगरोस्। झूट बोलेर उचाइ बढाउनेहरू, आफ्नो स्तर आफै देखाउँदैछन्। सत्य ढिलो आउँछ, तर आउँछ पक्कै। अनि त्यतिबेला, तिमीहरूकै मुख लाजले झुक्नेछ।

住所

Nepal
Kofu-shi, Yamanashi

電話番号

+9779861651525

ウェブサイト

アラート

Troll kavreがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

共有する