स्वागत छ हाम्रो पेजमा ! यो पेज Baideshik Rojgar App को आधिकारिक पेज हो । यो पेजमा आउने हरेक सूचना सत्य, तथ्य र विश्वसनीय हुनेछ । 
हामी नेपालबाट वैदेशिक रोजगारमा जान चाहने र बिभिन्न देशमा रोजगारी गरिरहेका लाखौँ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई विश्वसनीय, सटिक, र उपयोगी सूचना प्रदान गर्दैछौं । हाम्रो मुख्य उद्देश्य वैदेशिक रोजगारीको अवसर खोजिरहेका नेपालीहरुलाई आवश्यक जानकारी, सुझाव, र मार्गदर्शन उ
                    
                                            पलब्ध गराउनु हो, जसले उनीहरूको यात्रा सुरक्षित, सहज र सफल बनोस्।
हामी तपाईलाई वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण जानकारी, रोजगारीको अवसर, भिसा प्रक्रिया, सुरक्षा उपाय र अन्य आवश्यक जानकारीहरूको बारेमा निरन्तर अपडेट दिनेछौं । साथै, विदेशमा कार्यरत नेपाली श्रमिकहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्याहरू बुझ्न र समाधान गर्न समेत प्रयास गर्दछौं ।
हाम्रो पेज मार्फत तपाईले निम्न सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ:
१. नयाँ रोजगारका अवसरहरू: विभिन्न देशहरूमा उपलब्ध रोजगारीका अवसरहरूको बारेमा जानकारी दिनेछौं ।
२. भिसा र कागजी प्रक्रिया: वैदेशिक रोजगारका लागि आवश्यक कागजी प्रक्रिया र भिसा सम्बन्धी जानकारी दिने कोसिस गर्नेछौं ।
३. सुरक्षा र सचेतना: विदेशमा सुरक्षित र अधिकारसहित कार्य गर्नका लागि आवश्यक सुरक्षा उपायहरू र कानूनी सल्लाह दिनेछौं ।
४. समुदाय सहयोग: विदेशमा रहेका नेपाली समुदायसँग सञ्जाल बनाउने र समस्यामा परेका नेपाली श्रमिकहरूको सहयोग गर्ने प्रयास गर्नेछौं ।
५. ध्यानाकर्षण: वैदेशिक रोजगार सम्बन्धि बेथिति र अवैध क्रियाकलापको सम्बन्धमा नियमित सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनेछौं । 
हामी नेपाली श्रमिकहरूको अधिकार र सुरक्षाको लागि प्रतिबद्ध छौं । वैदेशिक रोजगारीमा जाने सबै नेपालीहरुलाई आवश्यक सूचना प्रदान गरेर उनीहरूको भविष्यलाई उज्ज्वल बनाउन हामी सधैं तत्पर छौं ।
हाम्रो पेजलाई फलो गर्नुहोस् र विदेशमा सुरक्षित र सफल जीवनयात्राको लागि आवश्यक सबै जानकारीहरू नियमित पाउनुहोस् ।