Barahathawa 08 - Tandi

Barahathawa 08 - Tandi हाम्रो गाउँ, हाम्रो पहिचान 🌿
संस्कृति, एकता र विकासको संगम — जहाँ सबै मिलेर भविष्य निर्माण गरिन्छ ❤️

आज बिहानै ९ बजेतिर सरसफाई गर्दै हामी तीनजना युवा जेन्जीले वडा कार्यालय लिएर मन्दिरसम्मको सबै सरसफाई गरियो अरु मान्छेले ग...
20/04/2026

आज बिहानै ९ बजेतिर सरसफाई गर्दै हामी तीनजना युवा जेन्जीले वडा कार्यालय लिएर मन्दिरसम्मको सबै सरसफाई गरियो अरु मान्छेले गर्न चाहनुहुन्छ भने शनिबार बिहान १० बजे सबैजना मन्दिरमा उपस्थित भइदिनुहोला कृपया हाम्रो वडाको मन्दिरको सबै ठाउँको सरसफाई राम्रोसँग होस्। धन्यवाद
~ Gobinda Baniya
Good job Youths👏🏻

नेपाल-भारत सिमा भन्सारमा १०० रुपैयाँ भन्दा  माथी कर निति खारेजको माग गर्दै मधेशका युवाहरु काठमाडौंको माइतीघरमा प्रदर्शन ...
18/04/2026

नेपाल-भारत सिमा भन्सारमा १०० रुपैयाँ भन्दा माथी कर निति खारेजको माग गर्दै मधेशका युवाहरु काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

मान्छेले परेर सिक्ने हो — असाध्यै सफल स्टकब्रोकर क्रिस गार्डनरले जम्मा हाइस्कूलसम्म पढेका थिए । एक समय उनको आर्थिक अवस्थ...
18/04/2026

मान्छेले परेर सिक्ने हो — असाध्यै सफल स्टकब्रोकर क्रिस गार्डनरले जम्मा हाइस्कूलसम्म पढेका थिए । एक समय उनको आर्थिक अवस्था यति दयनीय थियो कि उनलाई जसरी पनि एउटा आर्थिक आधार चाहिएको थियो । उनले एक दिन साथी मार्फत ब्रोकर कम्पनिमा स्टकब्रोकरको भ्याकेन्सी खुलेको थाहा पाए । उनि त्यहाँ गए, तर उनलाई शेयर मार्केट सम्बन्धी केही थाहा थिएन । अन्तर्वार्ताको दौरान उनले अरू धेरै केही भनेनन् बस यती भने, 'आज मलाई केही थाहा छैन, तर म त्यो टाइपको मान्छे हो जसले चाह्यो भने जे पनि सिक्न सक्छ ।' नभन्दै स्टक ब्रोकर सम्बन्धि शुन्य ज्ञान भएको क्रीस गार्डनरले यति मेहेनत गरे कि अरू सबैलाई पछी पाएर उनि एक्लो मात्र त्यो पदको लागि छनौट हुन सफल भए ।

गृहमन्त्री सुधन गुरुङले अहिले रातभर पनि कानुनका किताब पढिरहेको खबर सुन्दा मलाई उनै क्रिस गार्डनरको सम्झना आयो । मानिसले जानेरै कोही पनि आएको हुँदैन । सबैको पृष्ठभूमि त्यो नहुन पनि सक्छ । तर जो व्यक्ति भित्र तीव्र इच्छ, उत्साह र परिस्थितिजन्य बाध्यतामा हुन्छ उसले सिकेरै छोड्छ । गैरेरै छोड्छ ।

र, सुधन गुरुङ त्यही परेर र गरेर सिक्दै छन् भन्ने मेरो विश्वास छ ।

18/04/2026

Inspire Series
EP. 03, Sushant KC,
Singer | Musician | Song Writer | Entrepreneur


18/04/2026

Inspire Series
EP. 02, Dr. Om Murti Anil,
Cardiologist | Author | Social Advocate

18/04/2026

Inspire Series
EP. 01, Anupama Sangraula, Chartered Accountant | Content Creator.

बोलेनन् बोलेनन् मात्र भनेको सुनिन्थ्यो, सुन्नेहरुले त बोल्ने मात्र होइन प्रोफेसनल अनि फरक पार्टीको या बिपक्षि भन्ने कुनै...
18/04/2026

बोलेनन् बोलेनन् मात्र भनेको सुनिन्थ्यो, सुन्नेहरुले त बोल्ने मात्र होइन प्रोफेसनल अनि फरक पार्टीको या बिपक्षि भन्ने कुनै जेस्चर देखिएन भनेर तारिफ नै गरेको देखियो। के परेछ कुरा?

हामीले भोट हाल्दा प्रायः ठूलो पदका नेता र चर्चित अनुहारहरूलाई मात्र ध्यान दिन्छौं, तर वास्तवमा हाम्रो दैनिक जीवनमा सबैभन...
18/04/2026

हामीले भोट हाल्दा प्रायः ठूलो पदका नेता र चर्चित अनुहारहरूलाई मात्र ध्यान दिन्छौं, तर वास्तवमा हाम्रो दैनिक जीवनमा सबैभन्दा बढी प्रभाव पार्ने पद भनेको वडाध्यक्ष (Ward Chairperson) हो। वडाध्यक्ष नै नागरिकसँग सबैभन्दा नजिक रहने जनप्रतिनिधि हुन्, जसले हाम्रो टोल–समुदायका साना–ठूला समस्याहरू प्रत्यक्ष रूपमा देख्ने, बुझ्ने र समाधान गर्ने जिम्मेवारी लिएका हुन्छन्।

हाम्रो घरअगाडिको बाटो बिग्रिएको छ भने, खानेपानीको समस्या छ भने, सरसफाइ राम्रो छैन भने, बत्तीको समस्या छ भने—यी सबै विषयमा तुरुन्तै पहल गर्ने व्यक्ति वडाध्यक्ष नै हुन्। कुनै आपत्‌कालीन अवस्था परेमा पनि सबैभन्दा पहिले नागरिकले पुग्ने ढोका वडाको कार्यालय नै हो। त्यसैले वडाध्यक्ष केवल एक पद होइन, यो हाम्रो दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको जिम्मेवारी हो।

हामीले चुनावमा भोट हाल्दा पार्टी, नाता–सम्बन्ध वा भावनामा बगेर होइन, उम्मेदवारको कार्यक्षमता, इमानदारी, उत्तरदायित्व र जनताप्रतिको प्रतिबद्धता हेरेर निर्णय गर्नुपर्छ। राम्रो वडाध्यक्षले आफ्नो वडालाई नमुना बनाउन सक्छ, विकासका कामहरूलाई तीव्रता दिन सक्छ र नागरिकको विश्वास जित्न सक्छ।

त्यसैले यसपटक भोट हाल्दा सचेत बनौं, सोचौं र सही व्यक्तिलाई छानौं। किनकि सही वडाध्यक्ष छान्नु भनेको आफ्नो घर, टोल र भविष्य सुरक्षित बनाउनु हो। 🇳🇵

22/02/2026

आफ्नो पार्टीको नेताको बारेमा प्रश्न उठ्दा आफुले फैसला सुनाउन नहुने रे सभापति ज्युले, तर रवि लामिछानेको केसमा त सिधै प्रमाण देखाउँदै सहकारी ठग भन्दै फैसला दिने न्यायाधीश तपाई नै है?
No-More काँग्रेस ‼️⛔️
Think Nation. Vote Wisely🙏🔔

Address

Barahathawa, Sarlahi
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Barahathawa 08 - Tandi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share